मानसिक र मनोसामाजिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक सन्देश

कोरोना भाइरसले निम्ताएको यस विसम परिस्थितिमा बालबालिकाहरुलाई मनमा डर, त्रास, तनाव, पठन पाठन गर्न मन नलाग्ने, दिक्कदारीपन, अन्यौलता तथा मनमा अनेकौं प्रश्न आइरहने हुन सक्छ । जुन स्वभाविक पनि हो । तर यसले गर्दा उनीहरुको दैनिक जीवनमा कठिनाई भै समस्या भएमा मानसिक स्वास्थ्य तथा मनोपरामर्श सहयोगको लागी मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१८५०८० मा सर्म्पक गरी विज्ञहरुको सहयोग लिन सक्नुहुनेछ ।

सीबीएमसंगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासँघ नेपाल, सप्रोस नेपाल र सीएमसी नेपालद्धारा जनहितमा जारी सन्देश

 

नमस्ते, धेरै दिनपछि भेट भयो तिमिलाइ कस्तो छ ?

नमस्ते, के भन्नु खै! दिनभर घरभित्र बस्नुपर्छ, त्यसैले होला मलाई त कस्तो मन भारी भए जस्तो लाग्छ । दिमागमा धेरैकुरा खेल्ने गरेको छ । एक दमै डर र चिन्ता लागिरहन्छ ।

ए हो र , अहीलेको यो महामारीको अवस्थामा मन भारी हुन मनमा धेरै कुराहरु खेल्ने डर, चिन्ता लाग्ने प्राय धेरैलाई हुने गरेको छ, यसले आफ्नो दैनिक गर्ने कामलाइ नै असर गरो भने चाहीँ नजिकैको मनोपरामर्शकर्ता संग सहयोग लिइहाल्नु पर्छ है । अथवा यसको लागि सी.एम.सी नेपालको पैसा नलाग्ने फोन १६६००१८५०८० मा फोन गरेर मनोपरामर्शकर्ता संग सहयोग लिन पनि सकिन्छ । विश्वास गर तिम्रा सबै कुरा गोप्य रहन्छन् है!

सीबीएमसंगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासँघ नेपाल, सीएम्सी नेपाल र सप्रोस नेपालद्वारा जनहितमा जारी ।