१७ औं मुनिश्वर स्मृति दिवस सम्पन्न !

पुष २, २०७७

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका भुतपूर्व अध्यक्ष मुनिश्वर पाण्डे ज्युको १७ औं मुनिश्वर स्मृति दिवसको अवसरमा अपाङ्गताको क्षेत्रमा योगदान गर्नु हुने वर्गिय महासंघहरु विभिन्न अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्थाहरुको प्रतिनिधिहरु बिच स्वर्गिय पाण्डे ज्युप्रति हार्दिक श्रद्धा सुमन गरियो । भेलामा वहाँको धर्म पत्नी तथा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष श्री निर्मला धितालज्यु, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्र लाल शर्मा लगायत उपस्थित सम्पूर्णले मुनिश्वर स्मृति दिवसको दिनमा दिवंगत पाण्डे ज्युलाई श्रद्धांजली अर्पण गर्नु भएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्र लाल शर्मा ज्युको अध्यक्षतामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेत ज्युले कार्यक्रम संचालन गर्नु भएको थियो । स्वर्गीय मुनिश्वर पाण्डेको सम्झनामा एक मिनेट मौनधारण गरी उहाँको फोटोमा माल्यार्पण गर्दै शुरु भएको कार्यक्रममा मन्तब्य राख्ने क्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले स्वर्गीय अध्यक्ष मुनिश्वर पाण्डेले अपाङ्गताको क्षेत्रमा पुर्याएको योगदनका जति चर्चा गरे पनि कम हुन्छ भनी मन्तब्य राख्नु भएको थियो ।  कार्यक्रममा Independent Living Center का अध्यक्ष गणेश के सी ज्युले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, “मुनिश्वर ज्युले अपाङ्गता अभियानलाई अघि बढाउने ठुलो सपना देख्नु भएको थियो र वहाँको कुशल नेतृत्वले  गर्दा अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारका सवालमा धेरै उपलब्धिहरु हासिल गरेका छौं । उहाँको निडर, कुशल नेतृत्वद्धारा गरिएका कार्यहरुबाट  भावी पुस्तालाइ पनि प्रेरणा मिलोस् भन्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।”

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका भुतपुर्व केन्द्रिय सचिव तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका भुतपुर्व अध्यक्ष  मुकुन्दहरि दहाल ज्युले मुनिश्वर पाण्डेज्यु एक गौरव व्यक्तित्व रहेको र वहाँले अपाङ्गता अधिकार प्राप्तिका लागि दिनुभएको खेल्नुभएको भूमिका अविश्मरणिय छ । उहाँबाट सिकेका कुराहरुलाई दस्तावेजीकरण गर्न पाए अझै राम्रो हुने बताउनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघका भुतपुर्व महासचिव राम प्रसाद ढुंगाना ज्युले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मुनिश्वर ज्यु एक आटिला व्यक्ति जस्ले अधिकार स्थापित गराउन एकजुट भई काम गर्न प्रेरणा दिएको बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघका भुतपुर्व महासचिव किरण शिल्पाकार ज्युले १७ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाइ  DPI मा चिनाउने कुशल नेतृत्व  भनि सबैलाइ सम्झाउनु भयो ।

त्यसै गरी अपाङ्गता महिला अधिकारकर्मी र मुनिश्वर ज्युका धर्म पत्नी, निर्मला धिताल ज्युले दिवंगत पाण्डे ज्युको मार्गदर्शनलाई दर्साउन कागजात निकै महतवपूर्ण रहेको र संस्थागत रुपमा मुनेश्वर पाण्डेले पुर्याउनु भएको योगदानलाई स्थायी खालको संरचना बनाउन र दिगो राख्न सबैको संलग्नताको लागि आग्रह गर्नुभयो ।

महासंघका अध्यक्ष मित्र लाल शर्मा ज्युले कार्यक्रमलाई समापन गर्दै उपस्थित सम्पुर्णलाई समृद्द र कुशल अपाङ्गता अभियानमा अग्रसर हुन १७ औं मुनेश्वर स्मृति दिवसको अवसरमा आह्वान गर्नुभयो ।