स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय र डब्लु.एच. ओ.,यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेसनलको साझेदारीमा अपाङ्गता भएका व्यक्तिको ३० औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य र पुनर्स्थापनासंग सम्बन्धित ऐनकानुन/नीतिको संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति, कार्यक्रम, बजेटमा सबै तहमा स्वास्थ्य र पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, प्रदेश स्वास्थ्य आपतकालीन संचालन केन्द्र प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिर,साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला २०७८ पौष १ र २ गते (१६ र १७ डिसेम्बर २०२१) काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १३ महिला सहित ३२ जनाको सहभागिता रहेको थियो भने अपाङ्गता भएका व्यक्तिहरुको ८ जनाको सहभागिता जनाउनु भएको थियो ।
उक्त कार्यशालामा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यवस्थापन शाखाका प्रमुख डा. रबिन्द्र बास्कोटा ज्यूले स्वास्थ्य तथा पुनर्स्थापनाको संग सम्बन्धित कानुनि ब्यबस्था, कार्यान्वयन आवस्था र अबको प्रथामिकता बारेमा प्रस्तुति राख्नु भएको थियो भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको उप-सचिब जमुना मिश्र ज्युले मन्त्रालयबाट पुनर्स्थापनाका सवालमा भएका कार्यक्रमको जानकारी, अवस्था र मन्त्रालयको तर्फबाट बन्दै गरेका नीतिगत ब्यबस्थाका बारेमा बारे प्रस्तुत गर्नु भएको थियोl त्यसैगरी पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिरका यमनाथ मैनालीले अहिले नेपालमा सहायक सामग्रीको बिधमान अवस्था र उपलब्धता संगसंगै अब तिनै तहको सरकारले पुनर्स्थापनाको सवाल सम्बोधनका लागि सुझाब पेश गर्नु भएको थियो l त्यसैगरी उक्त कार्यक्रममा वर्गीय संस्थाहरुका प्रतिनिधिहरुका तर्फबाट समेत स्वास्थ्य र पुनर्स्थापनाको सवाल, चुनौतीबारे राय प्रस्तुत भएको थियो l
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूको अध्यक्ष्यता र उपाध्यक्ष रमा ढकालको संचालनमा सम्पन्न उक्त कार्यशालामा महासंघका कार्यक्रम संयोजक सन्दिप बिक र किशोर रिजालद्वारा पुनर्स्थापनाको सवालमा महासंघको चासोको बिषयमा प्रस्तुतीकरण रहेको थियो । उक्त कार्यशालाको समापन समारोहमा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवडा ज्यूले प्राप्त सुझावहरुलाई अब आगामी दिनमा समावेश गर्ने प्रतिवद्धता सहित आगामी दिनमा पनि पुनर्स्थापनाको सवालमा महासंघसँग निरन्तर समन्वय तथा सहकार्य गर्ने बताउनुभयो । कार्यशालाको अन्तमा सबै सहभागीहरुको सुझाब लाई समेट्दै १० बुंदे प्रतिबद्दता घोषणा सहित कार्यक्रम समापन भएको थियो l