विषय: १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस कार्यक्रमको निमन्त्रणा सम्बन्धमा
श्री ………………….
विषय: १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस कार्यक्रमको निमन्त्रणा सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोष, स्पाइनल इन्जरी संघ नेपाल र अपाङ्गताको क्षेत्रमा कार्य गर्ने राष्ट्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा मार्च १, २०२३ (२०७९ फागुन १७ ) गतेका दिन यस वर्षको १५ औं अन्तर्राष्ट्रिय व्हिलचियर दिवस “उपयुक्त ह्विलचेयर, सुरक्षित र पहुँचयुक्त आवागमन, हाम्रो अधिकार, Appropriate Wheelchair Safety and Accessible Mobility our Rights” भन्ने नाराका साथ र्याली सहितको आयोजना गरी मनाउने कार्यक्रम रहेकोले उक्त कार्यक्रममा यहांहरुको गरिमामय उपस्थितीका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम
मिति: २०७९ फागुन १७ गते १ मार्च २०२३
स्थान: भृकुटीमण्डप, काठमाडौं
समय: विहान ७:३० बजे ।निमन्त्रणा पत्र
र्याली कार्यक्रम: भृकुटीमण्डप,भद्रकाली शहिदगेट,नेपाल वायुसेवा निगम,वीर अस्पताल,रत्नपार्क,पुरानो बसपार्क हुंदै पुन: भृकुटीमण्डप समापन ।
(सुगम भट्टराई)
महासचिव