इन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले कोरोना भाइरसको संक्रमणको महामारीको प्रतिकारलाई अपाङ्गता समावेशी बनाउन गरेका मुख्य सिफारिसहरू

(नोटः यो नेपाली अनुवाद राष्ट्रिय अपाङ्ग महासंघ  नेपालले कोभिड १९ विरूद्धको अभियानलाई अपाङ्गता समावेशी बनाउन अन्तर्राष्ट्रिय निकायहरू गरेका प्रयासहरू, तयार पारेका सुझाव, जानकारी सिफारिसहरूबाट सबै अपाङ्गता भएका व्यक्ति तथा स्थानीय सरोरकारवालाहरू लाभान्वित हुन भन्ने उद्देश्यले गरेको हो ।)

मार्च १९, २०२०

इन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी..) ले कोरोना भाइरसको संक्रमणको महामारीको प्रतिकारलाई अपाङ्गता समावेशी बनाउन गरेका मुख्य सिफारिसहरू

  • अपाङ्गता भएका व्यक्तिहरूले, संक्रमण हुन नदिने उपायहरू, सार्वजनिक प्रतिबन्ध सम्बन्धि योजना, उपलब्ध सेवा सुविधाहरूको बारेमा अपाङ्गताको बिविधता अनुसार विभिन्न पहुँचयुक्त ढाँचामा सूचना पाउनु पर्छ ।
  • खास प्रकारको इम्पियरमेन्ट[1] (Impairment) भएका व्यक्तिहरूका लागि थप सुरक्षाका उपायहरू अपनाइनुपर्छ ।
  • सबै पूर्वतयारी र प्रतिकारका योजनाहरू समावेशी हुनुपर्छ र अपाङ्गता भएका महिलाका लागि पहुँचयुक्त हुनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिको लागि (अपाङ्गता भएकै आधारमा) गरिने कुनै पनि छुट्टै संस्थागत व्यवस्थापन र परित्याग स्वीकार गरिनेछैन ।
  • क्वारेन्टाइनको अवधिमा सहयोग सेवा, व्यक्तिगत सहयोगी, भौतिक पहुँच र संचारमा पहुँच सुनिश्चित गरिनुपर्छ ।
  • सार्वजनिक प्रतिबन्ध (बन्दाबन्दी) लगाउँदा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई पनि समान आधारमा अन्य सरह ध्यान दिइनुपर्छ ।
  • अपाङ्गता भएकै आधारमा कोभिड १९ को संक्रमणको कारण देखाएर पाउनुपर्ने सेवा सुविधाहरूबाट बञ्चित गर्न पाइँदैन
  • अपाङ्गता भएका व्यक्तिका संस्थाहरूले अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारमा जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् वा खेल्नु पर्छ ।
  • अपाङ्गता भएका व्यक्तिका संस्थाले कोभिड १९ को संक्रमणको विरूद्धमा अपाङ्गता समावेशी प्रतिकार्यको लागि जनवकालत गर्न सक्छन वा गर्नुपर्छ ।

माथि उल्लेखित विभिन्न सिफारिसहरूलाइ कसरी कार्यान्वयन गर्ने ?

१. अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना र सरसफाइ वा स्वच्छतामा (Hygiene) पहुँच प्राप्त गर्न अवरोध हुने, वातावरण सँगको भौतिक सम्पर्क र सेवा दिने व्यक्तिसँगको सम्पर्कमा विश्वास गर्नुपर्ने, खास इम्पियरमेन्ट भएका व्यक्तिहरूमा स्वासप्रस्वासको समस्या हुने हुनाले कोभिड १९ को उच्च जोखिममा रहेका छन्

सिफारिस () अपाङ्गता भएका व्यक्तिहरूले, संक्रमण हुन नदिने उपायहरू, सार्वजनिक प्रतिबन्ध (बन्दाबन्दी) सम्बन्धि योजना, उपलब्ध सेवा सुविधाहरूको बारेमा अपाङ्गताको बिविधता अनुसार विभिन्न पहुँचयुक्त ढाँचामा सूचना पाउनु पर्छ ।

  • आम संचार माध्यमहरूले क्लोज क्यापसनिङ, साङ्केतिक भाषा, हाइ कन्ट्रास्ट र ठूलो छापा अक्षरहरूलाई समावेश गरेर सूचना प्रवाह गर्नुपर्छ ।
  • दृष्टीविहीन व्यक्ति र अन्य छापा अक्षर पढ्न अवरोध हुने व्यक्तिका लागि डिजिटल संचारमाध्यमहरूले पहुँचयुक्त ढाँचामा सूचनाहरू प्रवाह गर्नुपर्छ ।
  • सबै सूचनाहरू सरल भाषामा हुनुपर्छ ।
  • सार्वजनिक सूचनाहरू पहुँचयुक्त बनाउन अझै बाँकी रहेको अवस्था भएमा दृष्टिविहीन व्यक्तिहरूको लागि बैकल्पिक फोन लाइनहरू र बहिरा तथा सुस्त श्रवण व्यक्तिहरूको लागि इमेल ठेगाना अस्थायी उपाय हुन सक्छ ।
  • कोभिड १९ को प्रतिकार्यमा काम गर्ने बेलामा आकस्मिक कक्ष वा स्वास्थ्य सेवा दिने स्थानहरूमा काम गर्ने सांकेतिक भाषा दोभाषेहरूलाई, स्वास्थ्य कर्मीहरूलाई नै दिइने स्वास्थ्य सम्बन्धी सुरक्षाका सुविधाहरू उपलब्ध गराउनुपर्छ ।
  • पहुँचयुक्तत बनाउने अधिकतम प्रयासको रूपमा सांकेतिक भाषा दोभाषेको लागि पारदर्शी मास्क उपलब्ध गराउने प्रयास गर्नुपर्छ ताकी बहिरा व्यक्तिले दोभाषेको अनुहारको हाउभाउ र ओठको चाल मार्फत गरिने अभिव्यक्ति देख्न सकोस् ।
  • टाढा वा परबाट गरिने सांकेतिक अभिव्यक्तिहरू श्रवणदृष्टिविहीन व्यक्ति लगायत सबैका लागि पहुँचयुक्त नहुन सक्छन् । त्यसैले यसको समाधानको लागि यस क्षेत्रमा काम गर्ने विज्ञ वा त्यस्ता व्यक्तिहरूको प्रतिनिधित्व गर्ने संस्थासँग परामर्श लिनुपर्छ ।

सिफारिस () खास प्रकारको  इम्पियरमेन्ट (Impairment) भएका व्यक्तिहरूका लागि थप सुरक्षाका उपायहरू अपनाइनुपर्छ ।  

  • अपाङ्गता भएका व्यक्तिका लागि र हिँडडुलमा समस्या हुने व्यक्तिका लागि प्रवेश गर्ने ढोकाहरू, र्याम्पको समाउने बार, भर्याङ्को समाउने बार, ढोकाका समाउने नवहरू (ह्याण्डल) हरु संक्रमणमुक्त राख्नुपर्छ ।
  • व्यक्तिको इम्पियरमेन्टको कारणले यदि कसैमा स्वासप्रस्वास सम्बन्धी समस्या वा अन्य कुनै स्वास्थ्य सम्बन्धी गुनासोहरू भएर संक्रमणको उच्च जोखिम छ भने त्यस्तो समुहका अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण सुरक्षित तरिकाले गरिनुपर्छ र संक्रमण हुन नदिन कडा रोकथामका उपायहरू अपनाउनुपर्छ ।
  • कोभिड १९ को संक्रमणले ल्याउने अभाव र कतै सिमित भएर बस्नको लागि अपनाउनुपर्ने उपायहरूको कारणले व्यक्तिमा डर र चिन्ताको अवस्था सृजना हुन सक्छ र खास गरेर मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि यो जटिल हुन सक्छ । यस्तो अवस्थामा ऐक्यवद्धताको प्रदर्शन र सामुदायिक सहयोग निकै महत्वपूर्ण हुन सक्छ ।

सिफारिस () तिब्र गतिमा जनचेतना र प्रतिकार्यमा संलग्न कर्मचारीहरूका लागि तालिम अत्यावश्यक छ ।

  • सरकारी अधिकारी, सेवा प्रदान गर्नेहरू र आकस्मिक अवस्थाको प्रतिकार गर्नेहरू सबै अपाङ्गता भएका व्यक्तिका अधिकारको विषयमा तालिमप्राप्त हुनुपर्छ र व्यक्तिमा भएको इम्पियरमेन्टको कारणले कसैमा कुनै स्वास प्रस्वास सम्बन्धी समस्या छ भने त्यसबाट हुने जोखिमको बारेमा जानकार हुनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिलाइ सहयोग गर्नुपर्ने विषयहरू सूरक्षा सम्बन्धी अभियानको एउटा अंग हुनुपर्छ ।

सिफारिस () सबै पूर्वतयारी र प्रतिकार्यका योजनाहरू समावेशी हुनुपर्छ र अपाङ्गता भएका महिलाका लागि पहुँचयुक्त हुनुपर्छ ।

  • महिलाहरूलाई सहयोग पुग्नेगरी बनाइएका सबै योजनाहरू समावेशी हुनुपर्छ र अपाङ्गता भएका महिलाको लागि पहुँचयुक्त हुनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोग पुर्याउने कार्यक्रमहरू लैंगिक दृष्टिकोणले समावेशी हुनुपर्छ ।

 

२. क्वारेन्टिनको कार्यान्वयन गर्दा अथवा त्यस्तै प्रकारका प्रतिबन्धात्मक कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिने सेवाहरू अवरूद्ध हुन सक्छन् र यस्तो वेलामा अपाङ्गता भएका व्यक्तिका अधिकारहरू जस्तै खाना, स्वास्थ्य सम्बन्धी हेरचाह, पिउने पानी तथा सरसफाइ, संचार लाई वेवास्ता गरिन सक्छ जसले उनीहरूलाई अरूवाट अलग्याउछ र संस्थागत व्यवस्थापन (Institutionalization) तर्फ लैजान्छ ।

सिफारिस () अपाङ्गताको लागि (अपाङ्गता भएकै आधारमा) गरिने कुनै पनि छुट्टै संस्थागत व्यवस्थापन र परित्याग स्वीकार गरिनेछैन ।

  • क्वारेन्टाइनको प्रकृयाको परिणामस्वरूप अपाङ्गता भएका व्यक्तिलाइ (अपाङ्गता भएको हो भन्ने वाहानामा) मात्र छुट्टै संस्थामा लगेर लामो समयसम्म राखिनुहुँदैन, अन्य व्यक्ति सरह नै व्यवहार गरिनुपर्छ ।
  • सामाजिक सेवाहरूमा हुने अवरोधहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सकेसम्म कम भन्दा कम प्रभाव पर्नुपर्छ र यसको कारणले उनीहरू पछाडी छोडीनु हुँदैन ।
  • क्वारेन्टाइनमा रहेको अवस्थामा पारिवारिक सहयोग र सामाजिक नेटवर्कलाई अन्य सेवा र नेटवर्कहरूले प्रतिस्थापन गरिनुपर्छ ।

सिफारस () क्वारेन्टाइनको अवधिमा सहयोग सेवा, व्यक्तिगत सहयोगी, भौतिक पहुँच र संचारमा पहुँच सुनिश्चित गरिनुपर्छ ।

  • क्वारेन्टाइनमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको दोभाषे र सहयोग सेवामा पहुँच सुनिश्चित हुनुपर्छ चाहे त्यो बाहिरबाट प्रदान गरिसयोस वा व्यक्तिको परिवार वा सामाजिक नेटवर्कबाट ।
  • क्वारेन्टाइनको अवस्थामा दुवै पक्षहरूको सहमति अनुसार व्यक्तिगत सहयोगी, सहयोगी कार्यकर्ताहरू वा दोभाषेहरूले उनीहरूलाइ साथ दिनुपर्छ र उनीहरू सबैले सुरक्षाका उपायहरू अपनाउनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिमा भाइरसको संक्रमण नहोस् भनेर व्यक्तिगत सहयोगी, सहयोग गर्ने कार्यकर्ताहरू वा दोभाषेहरूले कोभिड १९ को संक्रमण भएको नभएको स्वतःस्फुर्त परीक्षण गराउनुपर्छ ।
  • दुरबाट गरिने सेवा वा दिइने शिक्षा अपाङ्गता भएका व्यक्ति वा कामदारहरूका लागि समान रूपमा पहुँचयुक्त हुनुपर्छ ।

सिफारिस () सार्वजनिक प्रतिबन्ध (बन्दाबन्दी) लगाउँदा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई पनि समान आधारमा अन्य सरह ध्यान दिइनुपर्छ ।

  • सार्वजनिक रूपमा प्रतिबन्धात्मक उपायहरू अपनाउँदा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका दैनिक जीवन चलाउन चाहिने आवश्यक चीजहरू र खाद्य सामग्री (यदि कुनै विशेष पोषणयुक्त चिजको जरूरी छ भने पनि), आवास सुविधा, स्वास्थ्योपचार, घरमा वा विद्यालयमा चाहिने सहयोग र रोजगारी तथा यातायातमा पहुँच पुर्याउन सहयोग उपलब्ध गराउनुपर्छ ।
  • व्यावसायहरू बन्द गराउँदा यसको असर अपाङ्गता भएका व्यक्तिहरूमा ठूलो मात्रामा पर्छ भन्ने कुरालाई मनन गरि यस्तो अवस्थामा उनीहरूका लागि विशेष व्यवस्थाहरू गर्नुपर्छ । जस्तैः अष्ट्रेलिमामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सुपर मार्केटहरू खोल्ने निश्चित घण्टा तोकिएको छ ।
  • संक्रमणबाट जोगिनको लागि अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउनेहरू सँग व्यक्तिगत सुरक्षा उपकरण (Personal Protective Equipment) हुनु जरूरी हुन्छ । उसले स्वतस्फुर्त रूपमा आफूलाई जाँच गराएको हुनुपर्छ ।
  • खानेकुरा तथा स्वच्छता र पोषणयुक्त उपभोग्य सामग्रीको अभावको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरू यस्तो अभावको अवस्थामा उक्त वस्तुहरूमा पहुँच पाउन नसक्ने पहिलो समुह अपाङ्गता भएका व्यक्तिहरू हुन्छन् भन्ने कुरालाइ मध्यनजर गरि उनीहरू यस्तो अवस्थामा पछाडी नपरून भनेर उपयुक्त उपायहरू अबलम्बन गर्नुपर्छ ।
  • सिमान्तकृत समुदायलाई सहयोग गर्न गरिने कुनै पनि कार्यक्रमहरू अपाङ्गता समावेशी हुनुपर्छ जस्तै उदाहरणको लागि यदि अपाङ्गता भएका व्यक्तिहरूले आफूलाइ दैनिक रूपमा चाहिने सामग्रीहरू खरिद गर्न जाने कुरामै विभिन्न अवरोधहरूको कारण पहुँच छैन भने उनीहरूलाई नगद दिएर कुनै अर्थ हुँदैन ।

३. जब कोभिड १९ को संक्रमण भएका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य सेवा लिन खोज्दा अतिरिक्त अवरोधहरूको सामना गर्छन् र स्वास्थ्यकर्मीहरूबाट हुन सक्ने विभेदको सामना गर्नुपर्ने हुन्छ

सिफारिस () : कोभिड १९ को संक्रमणबाट प्रभावित व्यक्तिलाइ अपाङ्गता भएकै आधारमा प्राथमिकताबाट बाहिर पार्न मिल्दैन

  • स्वास्थ्य सम्बन्धी सार्वजनिक रूपमा गरिने संचार वा सन्देशहरू मर्यादित र विभेदरहित हुनुपर्छ ।
  • स्वास्थोपचार गर्ने वा सेवा दिने स्वास्थ्यकर्मीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको समान मर्यादा र अपाङ्गताको आधारमा हुन सक्ने विभेदहरू हुन नदिने बारेमा प्रशिक्षण दिइनुपर्छ ।
  • संक्रमितहरूको संख्या द्रुत गतिमा बढीरहेको अवस्थालाइ स्वीकार गरेर जब अस्पतालमा विरामी भर्ना गर्नुपर्ने हुन्छ त्यस्तो अवस्थामा अपाङ्गता भएका व्यक्तिहरू पछाडी नछोडिउन भन्ने वा उनीहरूलाई प्रणालिगत रूपमै प्राथमिकतामा नपार्ने जस्ता कामहरू नहुन भन्ने सुनिश्चित गर्न स्वास्थ्य कर्मीहरूमा चाँडो चाँडो जनचेतना जगाउनुपर्छ ।
  • रोगका विभिन्न चरणहरूको बारेमा र यो सँग सम्बन्धित कुनै पनि प्रकृयाहरूको बारेमा अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँचयुक्त ढाँचा, साधन वा विधिबाट संचार गरिनुपर्छ ।

४. राष्ट्रिय तथा स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिका संस्थाहरूले यस्तो अवस्थामा तत्काल कसरी काम गर्ने भन्ने विषयमा र अवस्थालाई कसरी सम्हाल्ने भन्ने विषयमा जानकारी नहुन सक्छ । त्यसैले अपाङ्गता भएका व्यक्तिका संस्थाका लागि केहि सुझावहरू

सिफारिस () : अपाङ्गता भएका व्यक्ति र तीनका परिवारमा अपाङ्गता भएका व्यक्तिका संस्थाहरूले खेल्न सक्ने र खेल्नुपर्ने केहि मुख्य भूमिकाहरू । 

  • कोभिड १९ सँग सम्बन्धित निर्देशनहरू स्थानीय भाषामा विभिन्न पहुँचयुक्त ढाँचामा तयार गर्ने; यसमा कृपया आइ.डी.ए. र यसका सदस्य संस्थाले तयार गरेका सामग्रीहरू हेर्नुहोला ।
  • दौँतरी सहयोग संजाल निर्माण गर्ने र क्वारेन्टिनमा रहेकाहरूलाई सहजीकरण गर्ने
  • प्रतिकार्यमा संलग्न व्यक्तिहरूका लागि अपाङ्गता समावेशी सम्बन्धी तालिमको आयोजना गर्ने ।
  • हरेक क्षेत्रमा रहेका पहुँचयुक्त स्वास्थ्य सेवाहरू र अत्यावश्यक सेवा प्रदायकहरूको सूची तयार गरी अध्यावधिक गर्ने

सिफारिस (): अपाङ्गता भएका व्यक्तिका संस्थाले कोभिड १९ विरूद्धको प्रतिकार्यलाई अपाङ्गता समावेशी बनाउन जनवकातल गर्न सक्छ र गर्नुपर्छ । 

  • देहायबमोजिम गर्न स्वतःस्फूर्त तरिकाले स्वास्थ्य प्रणाली, राष्ट्रिय संचारहरू, विपद् व्यवस्थापन मुख्यालय, शैक्षिक निकायहरू लगायत सबै सम्बन्धित निकायसँग पहुँच स्थापित गर्ने ।
  • महामारी र प्रतिकार्य योजनाले अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी व्यापक रूपमा प्रभाव पारेको हुन्छ भन्ने विषयमा सचेत गराउन,
  • अपाङ्गता भएका व्यक्तिका अवरोधहरूलाई सम्बोधन गर्न पहिले नै गरिसकिएका अभ्यासहरूलाई अथवा विशिष्ट प्रकारका उपायहरू उपलब्ध गराउन,
  • उपलब्ध साधन र क्षमताको आधारमा राष्ट्रिय र स्थानीय आकस्मिक प्रतिकार्यमा योगदान गर्ने,

 

कोभिड १९ र प्रतिकार्यको विषयमा नियमित अध्यावधिक सूचनाहरूको लागि आइ.डी.. को वेवसाइट http://www.internationaldisabilityalliance.org/covid-19 भ्रमण गर्नुहोला ।

 

[1] यहाँ इम्पियरमेन्ट भन्नाले व्यक्तिमा आएको शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धी क्षती, विचलन वा अवस्था हो ।

डाउनलोड PDF लिङ्क