लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!
मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी रोजगार गर्न पनि ईच्छुक छिन । उनी एक विवाहित महिला हुन् तर उनको श्रीमान वेरोजगार छन् रात दिन जाड रक्सी खाएर उनलाई कुट्ने पिट्ने र जागिर खान नदिने कुरा गर्छ । शारिरिक अपाङ्गता एकातिर छदैछ अर्को तिर श्रीमानको हिंसाले तहस नहस बनेको उनलाई घरमा अन्य सदस्यहरुले भने सहयोग गरिरहेको देखिन्छ विशेष गरी सासुआमाले । बुहारीलाई रात दिन कुटेको पिटेको देखेर न्याय समितिमा उजुरी गर्न जान्छन ।
लैङ्गिक हिसां विरुद्ध आवाज उठाऔ, हिसां आफु पनि नसहौ र अरुलाई पनि हुन नदिउँ भन्ने सन्देशका साथ यस समावेशी भिडियो बनाईएको हो
<iframe width=”642″ height=”361″ src=”https://www.youtube.com/embed/bGBXv7sWQ3M” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>