अपाङ्गता मैत्री सरसफाइ अभियान

मोरङ जिल्लाको जाँते गाविस (पहिलेको ) खुला दिशामुक्त गाविस घोषणा भइसकेको भए पनि त्यहाँका झण्डै ६ प्रतिशत परिवारले शौचालय बनाउन सकेका थिएनन् । खुला क्षेत्रमा दिशापिशाब गर्ने गरेको पाइन्थ्यो । स्थानीयस्तरका खानेपानी र सरसफाइसम्बन्धी काम गर्ने संस्था समेत सक्रिय नभएको अवस्था थियो । पानी शुध्दीकरण गरेर खाने चलन छदै थिएन भन्दा पनि हुन्थ्यो । फोहर…

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा सरकारले गरी दिने, कार्य योजना पारित

४ जेठ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा अबदेखि सरकार आफैंले गरि दिने भएको छ । अपाङ्गता भएका व्यक्तिको मात्र नभई उसको स्याहारसुसार गर्ने परिवारका अन्य सदस्यको समेत स्वास्थ्य बिमाको प्रिमियम सरकारले नै तिरिदिने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो व्यवस्था अब आउने ‘राष्ट्रिय स्वास्थ्य बिमा विधेयक ०७४’ मा समेटिन लागेको हो…

मानसिक स्वास्थ्य समस्याको भ्रम र यथार्थ

जानकारी लक्ष्मण नाथ मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिए तापनि यसको प्रवर्द्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै…

स्वास्थ्य सेवामा अपाङ्गता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजना

अपाङ्गता सम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको, अन्तरिम संविधान, २०६३, अन्तरिम योजनामा अपाङ्गताका सवाल र अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका बारे उल्लेख गरी नेपालले अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा काम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रतिबद्दता जनाएको छ । यी प्रतिबद्दताहरुलाई व्यावहारिकरुपले लागू गर्दै पूरा गर्न नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरु विरुद्ध हुने भेदभाव अन्त्य र उनीहरुको उत्थान,…

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौती

स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो । कुनै पनि देशको आर्थिक विकासको अवस्था त्यस देशको स्वास्थ्यको अवस्थालाई हेरेर विश्लेषण गर्न सकिन्छ । यसर्थ, प्रत्येक नागरिकको स्वास्थ्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । यही तथ्यलाई हृदयङ्गम गरेर होला, नेपालको संविधान (२०७२) ले धारा ३५ मा स्वास्थसम्बन्धी हक अन्तर्गत उपधारा १ मा’ प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य…

प्रभावकारी कार्यान्वयनको अपेक्षामा अपाङ्गता र स्वास्थ्य सम्बन्धी नीतिगत व्यवस्था

नेपालको संविधान (२०७२), स्वास्थ्य नीति – २०७२, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी १० वर्षे नीति, रणनीति तथा कार्ययोजना – २०७४ लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुमा समेत स्पष्ट र महत्वपूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी विविध सवाल समावेश गरी अघि दिन निकै नै महत्वपूर्ण हुने प्रायः पक्कापक्की छ । कुनै विषयमा कानुन तथा नीतिहरु बन्नु…

क्षेत्रीय तहमा

इस्क्यापका सदस्यहरूले आफ्ना सामाजिक विकाससँग सम्बन्धित समिति वा सोसरहका निकायका नियमित सत्र वा बैठकमा इन्च्योन रणनीति र मन्त्रीस्तरीय घोषणापत्र कार्यान्वयनको प्रगति, चुनौती र राम्रा अभ्यासबारेमा छलफल गर्नेछन् । यस्ता बैठक वा सत्रमा नागरिक समाजका संस्थाहरूको सहभागितालाई अभिप्रेरित गरिनेछ । अपाङ्ता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त क्षेत्रीय दशक, सन् २०१३-२०२२ का लागि क्षेत्रीय कार्यदल गठन गरिनेछ…

उपक्षेत्रीय तहमा

एसोसिएसन अफ साउथ इष्ट एसियन नेशन, इकोनोमिक को-अपरेशन अर्गनाइजेशन, दि प्यासेफिक आइल्याण्ड फोरम एण्ड र साउथ एसियन एसोसिएसन फर रिजनल को-अपरेशन जस्ता उपक्षेत्रीय अन्तर सरकारी निकायहरूले आफ्ना कार्यादेशहरूमा अपाङ्गता समावेशी नीति र कार्यक्रमहरूलाई समावेश गरी इन्च्योन रणनीति र मन्त्रीस्तरीय घोषणापत्र कार्यान्वयनलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ । इस्क्यापको सचिवालयले अपाङ्गता भएका व्यक्तिहरूको एसिया तथा…

राष्ट्रियस्तरमा अपानाइने विधि

अपाङ्गताको सवालमा काम गर्न सबै सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुनेगरी राष्ट्रियस्तरको समन्वय गर्ने संयन्त्र निर्माण गर्ने । यसभन्दा पहिलेका एसिया तथा प्रशान्त क्षेत्रका दशकहरूमा पनि विभिन्न देशमा यस्ता संयन्त्र गठन भएका छन् । ती निकायले यो रणनीति कार्यान्वयनका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने दायित्व लिनुपर्छ । अपाङ्गतासम्बन्धी राष्ट्रियस्तरको समन्वय गर्ने संयन्त्रको सहयोगमा देशको तथ्याङ्कसम्बन्धी काम…

दशौँ अपेक्षित परिणाम : क्षेत्रीय, अन्तरक्षेत्रीय र उपक्षेत्रीय सहकार्यको विकास गर्ने

एसिया प्रशान्त क्षेत्रका लागि विगतका दुई दशकमा गरिएका कामको अनुभवले विशेष गरेर राम्रा अभ्यास र सिकाइहरूको आदान प्रदान र नयाँ आविष्कार गरिएका कुराहरूको आदान प्रदानमार्फत क्षेत्रीय, अन्तरक्षेत्रीय र उपक्षेत्रीयस्तरको सहकार्यको महत्वलाई दर्शाएको छ । सन् २०११ को डिसेम्बरमा अनुदान प्रभावकारितामा चौथो उच्चस्तरीय मञ्चले अवलम्बन गरेको “प्रभावकारी विकास सहकार्यका लागि बुसान साझेदारी” ले प्रभावकारी विकासका लागि…