‘मलाई गणना गर, समावेश गर’ अभियानको परिचय

Count Me, Include Me अर्थात् ‘मलाई गणना गर, समावेश गर’ अभियान अपाङ्गता भएका युवाको सक्रियता र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको समन्वयमा राष्ट्रियरूपमा सुरु गरिएको छ । देशका सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र पहुँच स्थापित गराउनु यस अभियानको प्रमुख उद्देश्य रहेको छ । मुलुकका सबै स्थानीय, प्रादेशिक र केन्द्र सरकारका साथै तिनका मातहत सबै…

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस

“मलाई गणना गर, समावेश गर” भन्ने नाराको साथ मङ्सिर १७ अर्थात डिसेम्बर ३ तारिकका दिन अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना एवं राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संयोजकत्वमा सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँबाट सुरु गर्नुभएको करिब दुई हजार जना…

अब हाम्रो पनि गणना हुनुपर्छ

संसारमै अपाङ्गता अधिकारको अभियान धेरै पुरानो भएको छैन । संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पनि मानव अधिकार हो भन्ने महशुस गरेर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि २७ वर्षमात्रै पुग्दैछ । अझ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) त २००६ मा मात्रै विकास भएको हो । त्यसकारणले नै अपाङ्गताका क्षेत्रमा संसारभरि…

अपाङ्गता मैत्री सरसफाइ अभियान

मोरङ जिल्लाको जाँते गाविस (पहिलेको ) खुला दिशामुक्त गाविस घोषणा भइसकेको भए पनि त्यहाँका झण्डै ६ प्रतिशत परिवारले शौचालय बनाउन सकेका थिएनन् । खुला क्षेत्रमा दिशापिशाब गर्ने गरेको पाइन्थ्यो । स्थानीयस्तरका खानेपानी र सरसफाइसम्बन्धी काम गर्ने संस्था समेत सक्रिय नभएको अवस्था थियो । पानी शुध्दीकरण गरेर खाने चलन छदै थिएन भन्दा पनि हुन्थ्यो । फोहर…

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा सरकारले गरी दिने, कार्य योजना पारित

४ जेठ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा अबदेखि सरकार आफैंले गरि दिने भएको छ । अपाङ्गता भएका व्यक्तिको मात्र नभई उसको स्याहारसुसार गर्ने परिवारका अन्य सदस्यको समेत स्वास्थ्य बिमाको प्रिमियम सरकारले नै तिरिदिने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो व्यवस्था अब आउने ‘राष्ट्रिय स्वास्थ्य बिमा विधेयक ०७४’ मा समेटिन लागेको हो…

मानसिक स्वास्थ्य समस्याको भ्रम र यथार्थ

जानकारी लक्ष्मण नाथ मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिए तापनि यसको प्रवर्द्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै…

स्वास्थ्य सेवामा अपाङ्गता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजना

अपाङ्गता सम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको, अन्तरिम संविधान, २०६३, अन्तरिम योजनामा अपाङ्गताका सवाल र अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका बारे उल्लेख गरी नेपालले अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा काम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रतिबद्दता जनाएको छ । यी प्रतिबद्दताहरुलाई व्यावहारिकरुपले लागू गर्दै पूरा गर्न नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरु विरुद्ध हुने भेदभाव अन्त्य र उनीहरुको उत्थान,…

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौती

स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो । कुनै पनि देशको आर्थिक विकासको अवस्था त्यस देशको स्वास्थ्यको अवस्थालाई हेरेर विश्लेषण गर्न सकिन्छ । यसर्थ, प्रत्येक नागरिकको स्वास्थ्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । यही तथ्यलाई हृदयङ्गम गरेर होला, नेपालको संविधान (२०७२) ले धारा ३५ मा स्वास्थसम्बन्धी हक अन्तर्गत उपधारा १ मा’ प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य…

प्रभावकारी कार्यान्वयनको अपेक्षामा अपाङ्गता र स्वास्थ्य सम्बन्धी नीतिगत व्यवस्था

नेपालको संविधान (२०७२), स्वास्थ्य नीति – २०७२, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी १० वर्षे नीति, रणनीति तथा कार्ययोजना – २०७४ लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुमा समेत स्पष्ट र महत्वपूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी विविध सवाल समावेश गरी अघि दिन निकै नै महत्वपूर्ण हुने प्रायः पक्कापक्की छ । कुनै विषयमा कानुन तथा नीतिहरु बन्नु…