थोरियम रिडर भनेको के हो?
थोरियम रिडर पहुँचयुक्त डिजिटल ई-पुस्तक पढ्ने सफ्टवेयर हो । यसलाई विशेष गरी दृष्टि र छापा अक्षर पढ्न कठिनाइ भएका व्यक्तिहरूलाई डिजिटल पुस्तक पढ्न उपयोगी हुने गरी तयार गरिएको हो ।
मुख्य विशेषताहरू
• पुस्तक व्यवस्थापन
तपाईँले आफ्नो सबै डिजिटल पुस्तकहरूलाई एकै ठाउँमा व्यवस्थित गरेर पढ्न सक्नुहुन्छ ।
• आफ्नो अनुकूलता अनुरूप पढ्ने विकल्प
प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार अक्षरको आकार बढाउन/घटाउन, फन्ट/लाइन स्पेसिङ र रङ्ग संयोजन मिलाउन सक्छन् । यसका अलावा, रातको समयमा पढ्नका लागि ‘डार्क मोड’ र ‘सेपिया मोड’ पनि उपलब्ध छ ।
• बुक मार्क, नोट र हाई लाइट
प्रयोगकर्ताहरूले पुस्तक पढ्दा महत्त्वपूर्ण अंशलाई बुक मार्क गर्न, नोट/टिपोट गर्न र हाई लाइट गर्न सक्छन् ।
• स्क्रिन रिडरसँग कम्प्याटिबल
NVDA र JAWS जस्ता स्क्रिन रिडरहरूको प्रयोग गरी पुस्तक पढ्न सकिन्छ ।
• डिजिटल पुस्तकलाई मल्टिपल फर्म्याटमा पढ्ने विकल्प
EPUB 2, EPUB 3, PDF, DAISY, LPF लगायतका ढाँचामा सजिलै पढ्न सकिन्छ ।
• पुस्तकलाई पढ्ने र सुन्ने सुविधा
यस सफ्टवेयरबाट पुस्तक पढ्न मात्र नभई सो पुस्तकलाई आवाजमा सुन्ने (Read Aloud) सुविधा पनि प्रयोग गर्न सकिन्छ । अडियो बुक सुन्नेहरूको लागि यो अझ उपयोगी छ ।
आफ्नो डिजिटल पढाइलाई सहज, सुरक्षित र सबैका लागि पहुँचयुक्त बनाउन थोरियम रिडर उत्कृष्ट विकल्प हो । आफ्नो पुस्तक वा अडियो बुक सङ्ग्रहलाई व्यवस्थित राख्न चाहने, पुस्तकलाई आवाजमा पढ्न चाहने वा आधुनिक तरिकाले ई-पुस्तक पढ्न चाहने सबैका लागि यो सफ्टवेयर उपयोगी बन्न सक्छ ।
थोरियम रिडर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
यस सफ्टवेयरमार्फत डिजिटल पुस्तक पढ्नका लागि निम्न किबोर्ड कमाण्डहरूको प्रयोग गर्न सकिन्छ ।
– AudioNext: CTRL+Digit3
– AudioPlayPause:CTRL+Digit2
– AudioPrevious:CTRL+Digit1
– AudioStop:CTRL+Digit4
– CloseReader:CTRL+KeyW
– FocusMain:CTRL+F10
– FocusReaderGotoPage:SHIFTCTRL+KeyP
– FocusReaderNavigation:CTRL+KeyN
– FocusReaderSettings:CTRL+KeyS
– FocusSearch:CTRL+KeyF
– FocusToolbar:CTRL+KeyT
– NavigateNextChapter:SHIFTCTRLALT+ArrowRight
– NavigateNextChapterAlt:CTRL+PageDown
– NavigateNextOPDSPage:SHIFTCTRL+ArrowRight
– NavigateNextOPDSPageAlt:SHIFTCTRL+Period
– NavigateNextPage:ArrowRight
– NavigateNextPageAlt:CTRL+Period
– NavigatePreviousChapter:SHIFTCTRLALT+ArrowLeft
– NavigatePreviousChapterAlt:CTRL+PageUp
– NavigatePreviousOPDSPage:SHIFTCTRL+ArrowLeft
– NavigatePreviousOPDSPageAlt:SHIFTCTRL+Comma
– NavigatePreviousPage:ArrowLeft
– NavigatePreviousPageAlt:CTRL+Comma
– NavigateToBegin:CTRL+Home
– NavigateToEnd:CTRL+End
– OpenReaderInfo:CTRL+KeyI
– SearchNext:F3
– SearchNextAlt:CTRL+KeyG
– SearchPrevious:SHIFT+F3
– SearchPreviousAlt:SHIFTCTRL+KeyG
– ToggleBookmark:CTRL+KeyB
– ToggleReaderFullscreen:CTRL+F11