विश्व सुनाई दिवस

मिति २०७६/११/२० (३ मार्च २०२०)

प्रेश बिज्ञप्ती

आज बिश्वभर  “Hearing for life. Don’t let  hearing loss limit you”  “जीवनको लागि सुनाइ । श्रवणशक्ति कमीको कारण आफूलाई सिमित नराखौँ ।” भन्ने मुल नाराका साथ १३ औ विश्व सुनाई दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । यस अभियानलाई सन् २००७ मा विश्व स्वास्थ्य संगठन (WHO) को दृष्टिबिहीनता  र सुनाइ सम्बन्धी समस्या रोकथाम सम्बन्धी कार्यालय (Office of Prevention of Blindness and Deafness) द्वारा  शुरु गरिएको विश्व सुनाई दिवस नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनले दृष्टि र सुनाइ सम्बन्धी समस्याहरुको रोकथाम तथा जनचेतना फैलाउन  प्रत्येक वर्ष अभियान नै संचालन गर्दै आएको छ ।

यस वर्ष १३ औ विश्व सुनाई दिवस मनाइ रहदा नेपालमा दैनिक संचारका विधि, सुचना सञ्चारका प्रविधि र  प्रणालीहरू सुनाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त नहुँदा उनीहरूका लागि दैनिक संचारमा हुने अवरोधका कारण सामान्य जीवन कष्टकर र सहभागिता विहिन हुन पुगेको छ भने दुरदराजमा रहने व्यक्तिहरूको अवस्था थप कठिन छ ।  अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ र अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना एव सञ्चार सेवा निर्देशिका २०६९ ले सुनाइसम्बन्धी अपाङ्गता भएका ब्यक्तिका लागि सांकेतिक भाषाको प्रचार प्रसार, दोभाषेको व्यवस्था, नोट टेकर, रियल टाइम क्याप्सनिङ जस्ता कुराहरूको व्यवस्था गर्नुपर्ने प्रावधानहरू उल्लेख गरेको हुनाले सो को कार्यान्वयनमा सबै सरोकारवालाको ध्यान जान जरुरी छ ।

संचारमा हुने अवरोधको कारण सुनाइ सम्बन्धी अपाङ्गता भएका ब्यक्तिले अन्य सरह प्राप्त गर्नुपर्ने सेबा सुविधामा पहुँचमात्र प्रभावित भएको छैन सहभागिताको अधिकार समेत हनन भएको छ । तसर्थ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासंधीमा भएका व्यवस्था, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका व्यवस्था र पहुँचयुक्तता सम्बन्धी मापदण्डहरूमा उल्लेख भएका प्रावधानहरूको कार्यान्वयन गरी  सुनाइ सम्बन्धी अपाङ्गता भएका ब्यक्तिहरुलाइ सबै मानवअधिकार, अवसर र सेवा सुविधामा पहुँच प्राप्त गर्ने बातावरण सृजना गर्नेतर्फ कृयाशील हुन यस १३ औँ सुनाइ दिवसेल सबै सरोकारवालाहरूमा प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

 

 

………………
राजु बस्नेत
महासचिव

PDF फर्म्याटमा डाउनलोड गर्नुहोस्