ह्विलचियर दिवस

मिति २०७६/११/१८ (१ मार्च २०२०)

प्रेश बिज्ञप्ती

आज बिश्वभर “समावेशीतामा एकसाथ” भन्ने मुल नाराका साथ १२ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवस बिभिन्न कार्यक्रम साथ मनाइदैछ । सन् २००८ मा बेलायतबाट शुरु भएको ह्विलचियर दिवसनेपालमा भने १ मार्च २०११ देखी मनाइदै आएको छ । प्रत्यक्ष वा परोक्ष रुपमा यस्ता दिवसहरुले सम्बन्धित वर्ग समुदायको बारेमा आम जनसमुदायमा जनचेतना फैलाउन योगदान गरिरहेको हुन्छ । देशभर ह्विलचियर प्रयोगकर्ताहरुको भरपर्दो एकिन तथ्याकं छैन भनेराज्यबाटलक्षित बिशिष्टिकृत कार्यक्रमहरु तर्जुमा हुन सकिरहेकाछैनन् । न्युनतम आवश्यकताहरुको पहिचान लागि स्पष्ट नीति नभइसकेको सन्दर्भमाशारीरिक अपाङ्गता भित्र ह्विलचियर प्रयोगकर्ताहरुकोबिविधता र बिशिष्ठिकृत आवश्यकताहरुका बारेमा बहस हुनु आजको आवश्यकता हो ।

समावेशितामा एकसाथ भन्ने मुल नाराका साथ  १२ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मनाइरहदा नेपालमा भने काठमाण्डौ, पोखरा, बिराटनगर जस्ता प्रमुख शहर र सामाजिक संरचनाहरु समेत पहुँचयुक्त नहुँदा दैनिक जीवन कष्टकर छ भने गाउँका दुरदराजको अवस्था झनै कठिन छ ।  अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना एव सञ्चार सेवा निर्देशिका २०६९ र स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेखित अपाङ्गता भएका ब्यक्तिका लागि बिशिष्ठिकृत ब्यवस्थाहरुको कार्यान्वयन नहुँदा समावेशी चरित्रको संविधान र ह्विलचियर दिवसको मुल नाराको मर्म पुरा हुन सकिरहेको छैन ।

अपाङ्गता भएका ब्यक्तिले प्राप्त गर्ने सेवाहरु जसले उनीहरुको जीवनमा सकरात्मक रुपमा प्रत्यक्ष प्रभाव पार्छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐनको मर्म अनुसारको अपाङ्गता अधिकार नियमावली, ब्यक्तिगत सहयोगी सेवा जस्ता नीति तथा कार्यक्रमका माध्यमबाट राज्य अगाडी बढे मात्र समावेशीतामा एकसाथ भन्ने नाराले सार्थकता पाउनेछ ।

 

………………
राजु बस्नेत
महासचिव

wheelchair day press release