Similar Posts

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • स्थानीय तहको निर्वाचनमा अपाङ्ता भएका ब्यक्तिहरुका सवाल सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण

    राष्ट्रिय अपाङ्ग महासँघ नेपालकी उपाध्यक्ष श्री टीका दहालको नेतृत्वमा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूको प्रतिनिधी मण्डलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय अयोद्दी…

  • कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    पहिलोपटक प्रकाशित मितिः २०७९/०७/२४ कर्मचारी आवश्यकता सम्बन्धी सूचना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत अपाङ्गता अधिकार प्रवर्धन शाखामा सांकेतिक भाषा दोभाषेको रूपमा…

  •  १३ औं विश्व अटिजम जागरण दिवस सम्बन्धी प्रेस बिज्ञप्ती

    आज “बयस्कता उन्मुख रुपान्तरण” भन्ने मुल नाराका साथ २ अप्रिल २०२० लाई १३ औं विश्व अटिजम जागरण दिवसको रुपमा मनाईंदैछ । अटिजम भएका ब्यक्तिमा सामाजिक ब्यवहार, संचारमा एउटै प्रकृया दोहोरिने गर्दछ ।  WHO का अनुसा जन्मिएका शिशुहरु मध्ये १ प्रतिशतलाई अटिजम (Autism Spectrum disorder) को लक्षण देखिन्छ ।  बालिक भन्दा बालकहरुलाई अटिजमको सम्भावना बढी हुने गर्दछ ।  पहिचान, पुनर्स्थापन तथा परामर्श, नियमित थेरापि र हेरचाहको अभावमा अटिजम भएका व्यक्तिहरु स्वास्थ्य, शिक्षा र समुदायमा पूर्ण र सार्थक सहभागीतामा बाधा पुग्दछ अन्तत: उनीहरुलाई बोझको रुपमा हेरिन्छ ।

  • राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सवाल विषयक अन्तरकृया कार्यक्रम

    “मेरो गणना मेरो सहभागीता” भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र केन्द्रीय तथ्याकं बिभागको संयुक्त अयोजनामा माइराइट नेपालको सहयोगमा राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गताका भएका व्यक्तिहरूको सवाल  बिषयमा छलफल बृहत अन्तर्कृया कार्यक्रम  भर्चुअल माध्यमबाट मिति २६ भाद्र २०७७  मा सम्पन्न भएको थियो ।  केन्द्रिय तथाङ्क विभागबाट महानिर्देशक श्री नेविन लाल श्रेष्ठ ज्यूको अध्यक्षता संचालित यस बृहत अन्तर्कृया कार्यक्रममा विभागका कर्मचारी, युएनफपीए, युएनका प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय, प्रादेशिक पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा कर्मचारी, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष, दश वर्गीय स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र अपाङ्गता क्षेत्रमा सक्रिय रूपमा कार्यरत अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरु र पत्रकारहरु गरी १३९ जनाको सक्रिय सहभागितामा रहेको थियो ।

  • महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीद्वारा अपाङ्गता अधिकार विधेयक चाँडै पास गराउन पहल गर्ने प्रतिवद्धता

    मिति २०७३ साल माघ १९ गते राष्ट्रिय अपाङ्ग महासंघको नेपालको नेतृत्वमा अपाङ्गता अधिकारको क्षेत्रमा काम गरिरहेका राष्ट्रिय स्तरका अन्य संस्थाका प्रतिनिधिहरू सहित गएको…