कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशन मिति : २०७९/०९/२७ गते अन्तिम दरखास्त पेश गर्ने समय :२०७९/१०/०४ गते
पद : पैरवी अभियानकर्ता (Advocacy Campaigner)
सङ्ख्या : १ (एक) जना
कोशिश, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र शोभालय समावेशी समाज – नेपालको संयुक्त साझेदारीमा न्यून प्रतिनिधित्व भएका अपाङ्गताका वर्ग (Under-represented Disability Groups) बिषेशगरी (मनोसामाजिक अपाङ्गता, अटिजम्, बौद्धिक अपाङ्गता, श्रवणदृष्टिविहीन) को अधिकारको सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (UNCRPD) को धारा १२ को कानुनी क्षमता तथा सहयोगी सहितको निर्णय पद्धति सम्बन्धी व्यवस्थाको कार्यान्वयनलाई तीव्रता दिन सञ्चालित परियोजनाको दोस्रो चरण जनवरी १, २०२३ देखि ३१ डिसेम्बर २०२३ सम्मको लागि निम्नानुसारको देहायबमोजिमको पदका लागि योग्यता पुगेका व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ ।
शैक्षिक/वाञ्छनीय योग्यता
- मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम प्रवीणता प्रमाणपत्र तह (+२) उत्तीर्ण ।
- कम्प्युटरको Office Package (micro-soft word, excel, power point, English Nepali typing and email internet) सम्बन्धि दक्षता भएको भएको ।
पैरवी अभियानकर्ताका लागि आवश्यक कार्य अनुभव :
- सरोकारवाला निकायहरू, मन्त्रालयहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाहरूसँग समन्वय, फलोअप, पत्राचार तथा इमेल गर्न/लेख्न सक्ने ।
- पैरवीका लागि आवश्यक ज्ञान सीप भएको ।
- परियोजनाका साझेदार संस्थाहरू (Consortium partners) सँग समन्वय गर्न सक्ने ।
- परियोजनासँग सम्बन्धित नियमित बैठक, कार्यशाला गर्नको लागि स्थान, सहभागीहरू जुटाउन आवश्यक समन्वय गर्न सक्ने ।
- न्यून प्रतिनिधित्वमा रहेका अपाङ्गता समूहहरूले भोगिरहेका कानुनी विभेदहरूलाई हटाउनको लागि भुक्तभोगीहरूसँग समन्वय गरी मन्त्रालयहरूमा पैरवी गर्न परियोजना अधिकृतलाई सहयोग गर्न सक्ने ।
- सम्पन्न गतिविधिहरूमा सहभागीहरूको तथ्याङ्कहरूको विवरणहरू तयार गर्न सक्ने ।
- परियोजनाको सम्पन्न गतिविधिहरूको संक्षिप्त जानकारी कोशिशको आफ्नै पत्रिका/समाचारपत्रका लागि तयार गर्न सक्ने ।
- आफूले गरेका कामहरूको दस्तावेजीकरण, तथा (नेपाली तथा अंग्रजी दुबै भाषमा राम्ररी प्रतिवेदन तयार गर्न सक्ने ।
- सिकेका राम्रा अभ्यास तथा सिकाईहरुलाई परियोजना अधिकृतसँग मिलेर तयार गर्न सक्ने ।
नोट :
- सेवा सुविधा : परियोजनाको नियमानुसार हुनेछ ।
- दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले ७ दिन कार्यालय समय सम्म (यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट) ।
- परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता ।
आवश्यक कागजातहरू: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरूको प्रतिलिपि सहित तपसिलमा उल्लेखित कोशिशको केन्द्रीय कार्यालय, कुसुन्ती ललितपुरमा बुझाउनुपर्नेछ ।
- प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक परीक्षामा समावेश गराइनेछ । रीत नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
- अटिजम्, डेफब्लाइन्ड, बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष ग्राह्यता दिइनेछ ।