मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति
मिति २०८१/०९/२७ गते
मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० पाँचौँ संसोधन २०७४ अनुसार मिति २०८१ पौष १२ र १३ गते किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसर भित्रको अडिटोरियम हलमा सम्पन्न महासंघको २२ औँ वार्षिक साधारण सभा सम्बन्धमा विभिन्न छापा, विद्युतिय सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा केहि जिम्मेवार व्यक्तिहरूबाटै प्रकाशित र प्रसारित तथ्यहिन र भ्रामक समाचारहरू प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ ।
महासंघको विधान अनुरूप प्रक्रिया पुर्याइ सम्पन्न साधारण सभामा प्रतिनिधीहरूको कतिपय विषयहरूमा फरक मत हुनु स्वभाविक हो । यसलाई महासंघले संधै सकारात्मक रूपमा लिन्छ तर लोकतन्त्रमा असन्तुष्टि र फरक विचार व्यक्त गर्दा लोकतान्त्रिक विधिको समेत ख्याल नगरि विधान र प्रक्रिया विपरित गरिएका यस्ता क्रियाकलापहरूले सिङ्गो महासंघको गरिमा र समग्र अपाङ्गता आन्दोलन प्रति आम सरोकारवालाहरूमा नकारात्मक सन्देश प्रबाह हुने कुरामा हामि सबै सचेत रहनु पर्दछ ।
असन्तुष्टि, असहमति र वैचारिक भिन्नतालाई आपसि सम्बाद, छलफल र समझदारि बाट समाधानका उपायहरू निकाल्नु पर्नेमा महासंघका केहि पदाधिकारिहरू, सदस्यहरू तथा प्रतिनिधिहरूले आफ्नो पदिय जिम्मेवारि र मर्यादालाई समेत भुलेर केहि गलत सोच भएका सिमित व्यक्तिहरूको पछि लागि महासंघको मान मर्दन हुने गरि छापा, विद्युतिय सञ्चार माध्यम र सामाजिक सञ्जालहरूको दुरुपयोग गरि प्रकासित तथा प्रसारित सबै समाचार र जानकारिहरू आधारहिन, तथ्यहिन र भ्रामक रहेको कुरा हामि यसै विज्ञप्ति मार्फत सम्बद्ध सबैमा जानकारि गराउन चाहन्छौं ।
यसबाट महासंघका सदस्य संस्थाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरू, सुभचिन्तकहरू लगायत आम जन-समुदायहरूमा कत्ति पनि विचलित र दिगभ्रमित नहुन हामि हार्दिक अपिल गर्दछौं । महासंघको वर्तमान नेतृत्व अग्रजले देखाएको पथ अवलम्बन गर्दै, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिको अभियानमा यहाँहरूसंगै निरन्तर रूपमा लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छौं ।
महासंघको विधान, प्रक्रिया, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै, महासंघको गरिमालाई उच्च राख्न सबै पक्षहरुलाई सम्बाद, वार्ता र सहकार्यका लागि महासंघ सदैव तत्पर रहेको कुरा यसै विज्ञप्ति मार्फत जानकारि गराउन चाहन्छौं ।
प्रेस विज्ञप्तिमा हस्ताक्षरकर्ता
क्र.स पद नाम/थर
१ अध्यक्ष देवीदत्त आचार्य
२ महासचिव सुगम भट्टराइ
३ कोषाध्यक्ष कुमार रेग्मी
४ सदस्य शिला थापा
५ सदस्य रमेश पोखरेल
६ सदस्य सुनिल कुमार यादव
७ सदस्य प्रशान्त डंगोल
८ सदस्य शिला घिमिरे
९ सदस्य जानुका रोक्का
१० सदस्य शोभा कार्की
११ सदस्य दिल कुमारी देवकोटा
१२ सदस्य इच्छा केसी
१३ सदस्य सन्तोष केसी
१४ सदस्य सत्यदेवी वाग्ले
१५ सदस्य ममता पौडेल
१६ सदस्य पुष्पराज रिमाल
१७ सदस्य मन्जु खनाल
१८ सदस्य सरीता थापामगर
१९ सदस्य अम्बर गुरुङ
२० सदस्य सुनिता तमाङ्ग
२१ सदस्य सीता विश्वकर्मा
२२ सदस्य रामकृष्ण न्यौपाने
२३ सदस्य नेत्र प्रसाद सापकोटा
आमन्त्रित सदस्य
१ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा
२ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारी
३ कर्णाली प्रदेश अध्यक्ष विष्णु प्रसाद शर्मा
आमन्त्रित सदस्य
१ अनुशासन आयोग सदस्य कुमार खत्री पौडेल