सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति
च न १९२/०७६/०७७
मिति २०७७/२/१३
अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो । उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ । साथै सामाजिक सुरक्षा भत्ताको निरन्तरता र स्थायी समाधानका बारेमा आम अपाङ्गता भएका ब्यक्तिहरुको चासोप्रति विशेष सचेत हुँदै ,
क) सामाजिक सुरक्षा भत्ताको निरन्तरताको लागि सरकारलाई निर्देशन गर्ने प्रतिनिधि सभा महिला तथा सामाजिक समिति, कानुन न्याय तथा मावअधिकार समिति आन्तरिक पहल गरि अभिभावकत्व गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, कानून न्याय तथा संसदीय ब्यवस्था मन्त्री, गृह मन्त्री प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सांसद ज्यूहरुप्रति आभार तथा धन्यबाद व्यक्त गर्दछौँ ।
ख) सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि सरकारको ध्यानाकर्षण गराउनु हुने सरकारको प्रमुख प्रतिपक्ष दल, अन्य दलहरू तथा यो विषयसँग केन्द्रित भएर राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई नियमित जनवकालतका कामहरूलाइ सघाउने र यस अभियानमा ऐक्यवद्धता जनाउने सबै सदस्य संस्था, अधिकारकर्मी, नागरिक समाज आम अपाङगता भएका र नभएका सबै ब्यक्तिहरुको प्रति आभार तथा धन्यबाद व्यक्त गर्दछौँ ।
ग) राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि सरकारको प्रतिवद्धतालाई सम्मान गर्दै अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्तको निरन्तरताका लागि सामाजिक सुरक्षा ऐन २०७५ बाधक बनेको हुँदा उक्त ऐन संशोधन गरी स्थायी समाधान नभए सम्मका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल निरन्तर पैरवी गरिरहने प्रतिवद्धता गर्दछ ।
धन्यबाद ।
………..
राजु बस्नेत
महासचिव