कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध (सांकेतिक भाषा भिडियो)

हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ । तसर्थ यसको संक्रमणबाट बच्नको लागि  राष्ट्रिय अपाङ्ग महासंघ नेपालले भिडियो तयार गरेको छ । यस भिडियोलाई सबैको लागि पहुँचयुक्त बनाउने उद्देश्यले सांकेतिक भाषा र क्याप्सनिङ् पनि गरेको छ । भिडियोमा दिइएको सुझाव बमोजिम गर्न र गराउन अपाङ्गता भएका व्यक्ति, परिवारका सदस्य लगायत सम्बन्धित सबैमा अनुरोध गर्दछ ।