“रूपान्तरण” पत्रिका E-Pub मा

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले प्रत्येक चौमासिकमा प्रकाशन गर्ने आफ्नो मुख पत्र “रूपान्तरण” पत्रिकाको वर्ष २८ प्रथम अङ्क E-Pub संस्करणमा समेत प्रकाशित गरेको छ । यस अङ्कमा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकार र पहिचानका लागि गरेका सङ्घर्ष र सफलताका प्रेरणादायी कथाहरू समेटिएको छ ।
महासङ्घले आम पाठकहरूको सहज पहुँचका लागि यस अङ्कलाई विभिन्न डिजिटल फर्म्याटमा उपलब्ध गराएको छ । पाठकहरूले आफ्नो अनुकूलताअनुसार माइक्रोसफ्ट वर्ड, पीडीएफ र ई-पब फर्म्याटमा डाउनलोड गरी अध्ययन गर्न सक्नेछन् ।
रुपान्तरण पत्रिकालाई E-Pub मा पढ्नका लागि यो फाइल डाउनलोड गर्नुहोला ।
Thorium Reader कसरी प्रयोग गर्ने भन्ने बारे बुझ्नका लागि तलको लिङ्कमा जानुहोला ।