राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको सदस्य संघसंस्था नवीकरण तथा आबद्धता सम्बन्धी सुचना
मिति: २०८१ मङ्सिर ४
श्री अध्यक्ष ज्यू,
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
बागमती प्रदेशका सम्पूर्ण सदस्य संघसंस्थाहरू,
विषय: सदस्य संघसंस्था नवीकरण तथा आबद्धता सम्बन्धमा।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको २०८१ कात्तिक २९ गते बेनीघाट रोराङ गाउँपालिका ७, रिभर बिच रिसोर्ट धादिङमा बसेको कार्यसमितिको बैठकले २०८१ पौष ५ र ६ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको छैठौं औँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशन गर्ने निर्णय गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौँ संशोधन २०७४) अनुसार आगामी वार्षिक साधारण सभा तथा प्रदेश अधिवेशनमा आर्थिक वर्ष २०८१।०८२ सम्म राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा नवीकरण भएका सदस्य संस्थाहरूले मात्र साधारण सभा तथा प्रदेश अधिवेशनमा भाग लिन पाउने भएको हुँदा २०८१ मङ्सिर २० गतेसम्म सम्पूर्ण सदस्य संस्थाहरूले सदस्यता नवीकरण गर्नुहुन र नयाँ आबद्धता लिन चाहने संघ संस्थाहरूलाई समेत नियमानुसार आबद्धताका लागि हार्दिक अनुरोध गर्दछौ।
संस्था नवीकरणका लागि आवश्यक पर्ने कागजातहरू
- संस्थाको लेटर प्याडमा छाँप सहितको निवेदन,
- सम्बन्धित जिल्ला प्रशासनमा दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि।
- समाज कल्याण परिवदमा आबद्ध तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि।
- अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि।
- गत साधारण सभाको निर्णयको प्रतिलिपि।
- महासंघमा संस्था नविकरणको लागि संस्थाको कार्यसमितिले गरेको निर्णयको प्रतिलिपी।
- अनुसूची २ मा तोकिएको ढाँचामा सदस्य संस्थाको वर्तमान कार्यसमितिको नामावली।
- अनुसूची ३ मा तोकिएको ढाँचामा सदस्य संस्थाको वर्तमान साधारण सदस्यहरूको नामावली।
- नवीकरण शुल्क राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश वा सङ्घीय कार्यालयले तोकेको खातामा तोकिएको बराबरको रकम जम्मा गरेको बैङ्क भौचरको प्रतिलिपि।
नयाँ आवद्धता लिन चाहने संस्थाको लागि आवश्यक कागजातहरू:
- महासंघमा संस्था आवद्धताको लागि अनुरोध गरी संस्थाको लेटर प्याडमा छाँप सहितको निवेदन,
- जिल्ला प्रसाशन कार्यालयमा संस्था दर्ता भएको र चालु आर्थिक वर्षसम्म नवीकरण भएको प्रमाणको प्रतिलिपी।
- समाज कल्याण परिषदमा आबद्धता तथा नवीकरण भएको प्रमाणको प्रतिलिपी।
- संस्थाको विधानको प्रतिलिपी।
- संस्थाको कम्तिमा विगत दुई वर्षको प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपी।
- अनुसूची ५ मा राखिएको ढाँचामा संस्थाको वर्तमान कार्यसमितिको नामावली।
- अनुसूची ६ मा राखिएको ढाँचामा संस्थाको साधारण सदस्यहरुको नामावली।
- महासंघमा संस्था आवद्धताको लागि संस्थाको कार्यसमितिले गरेको निर्णयको प्रतिलिपी।
- नवीकरण शुल्क राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश वा सङ्घीय कार्यालयले तोकेको खातामा तोकिएको बराबरको रकम जम्मा गरेको बैङ्क भौचरको प्रतिलिपि।
नोटः अनुसुची २,३ र ५,६ यसै साथ संलग्न गरिएको छ।
थप जानकारीका लागि सम्पर्क: ०५७-५२४६५१, ५९११९१
……………
सचिव
पर्बत राज विष्ट
पत्रको स्क्यान कपि: