तेस्रो अपेक्षित परिणाम : भौतिक संरचना, सार्वजनिक यातायात, ज्ञान, सूचना र सञ्चारमा पहुँच बढाउने

समावेशी समाजभित्र अपाङ्गता भएका व्यक्तिहरूका अधिकार उपलब्ध गराउन भौतिक संरचनाहरू, सार्वजनिक यातायातको उपयोग, सूचना तथा ज्ञान र सञ्चारमा समान पहुँच पुर्‍याउने कुरा एउटा महत्वपूर्ण पूर्वशर्त हो । बाटोघाटो, सार्वजनिक स्थल, खेल्ने ठाउँ, पार्क, बजार, विद्यालय, सरकारी भवन र कार्यालयदेखि मानिसहरूले दैनिकरूपमा विभिन्न प्रयोजनका लागि उपयोग गर्ने सबै भौतिक संरचनालगायत सार्वजनिक यातायात, सूचना तथा सञ्चारका साधन,…

दोस्रो अपेक्षित परिणाम : राजनीतिक प्रक्रियाहरू र निर्णय प्रक्रियाहरूमा सहभागिता प्रवर्द्धन गर्ने

राजनीतिक गतिविधि र निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताले उनीहरूलाई अन्य विभिन्न अधिकारको उपयोगमा ठूलो योगदान गर्दछ । यस अपेक्षित परिणाम अन्तर्गत हासिल गर्न खोजिएको परिणाम अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह मतदानमा सहभागी हुन पाउने र निर्वाचित हुन पाउने अधिकार हो । आगामी १० वर्षमा अपाङ्गता भएका महिला र युवालगायत व्यापकमात्रामा विभिन्न वर्ग र समूहका…

पहिलो अपेक्षित परिणाम : गरिबी घटाउने र काम र रोजगारीको अवसरलाई बलियो बनाउने

आगामी १० वर्षमा गरिबीको अवस्थामा रहेका अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको गरिबी हटाउन पर्याप्त काम र त्यसमा प्रगति हुनैपर्छ । समान पहुँच नभएका कारण अपाङ्गता भएका व्यक्तिहरूले श्रम बजारबाट फाइदा पाउन सकेका छैनन् । अपाङ्गता नभएका व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूको आफैं कमाउने खालका आर्थिक गतिविधिहरूमा सहभागिता सारै थोरै छ । शिक्षा, तालिम, राम्रो…

इन्च्योन रणनीतिका सिद्धान्त र मुख्य नीतिगत मार्गनिर्देशन

इन्च्योन रणनीतिका सिद्धान्त यो रणनीति अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ का आधारमा तयार गरिएको हुनाले महासन्धिका जे सिद्धान्त छन्, यसका पनि तिनै हुन्, जुन माथि महासन्धिको सरल संस्करणमा व्याख्या गरिसकिएको छ । इन्च्योन रणनीतिका मुख्य नीतिगत मार्गनिर्देशन १.   अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न र उनीहरूले सबै अधिकार पाएको सुनिश्चित गर्न आवश्यक पर्ने…

इन्च्योन रणनीति:छोटो परिचय

यो रणनीति सन् २०१२ मा संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (Economic and Social Commission for Asia and Pacific – ESCAP) ले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूलाई एसिया प्रशान्त (प्यासेफिक) क्षेत्रका देशहरूमा प्रभावकारीरूपमा लागू गराउने उद्देश्यका साथ निर्माण गरी कार्यान्वयनमा ल्याएको १० वर्षे रणनीति हो । यो रणनीति सन् २०१३ देखि २०२२…

एसिया तथा प्रशान्त क्षेत्रका सरकारी प्रतिनिधिहरूले गरेका प्रतिबद्धता

१.   एसिया तथा प्रशान्त क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूलाई वास्तविक व्यवहारमा उतार्न इन्च्योन रणनीति- २०१३-२०२२ लाई अवलम्बन गर्ने र आ-आफ्ना देशमा लागू गर्ने, २.   अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका अधिकार दिलाउन, त्यसको प्रवर्द्धन गर्न र अपाङ्गताको सवाललाई विकासका विभिन्न सवालमा समावेश गराउन सरकारको केन्द्रीय भूमिका स्पष्ट पार्ने, ३.   यो घोषणापत्र कार्यान्वयनका लागि प्रतिबद्ध हुने र…

संयुक्त घोषणापत्र

गणतन्त्र कोरियाको इन्च्योन शहरमा सन् २०१२ को अक्टुवर २९ देखि नोभेम्बर २ सम्म आयोजना गरिएको अपाङ्गता भएका व्यक्तिहरूको एसिया प्रशान्त क्षेत्रीय दशक २००३ – २०१२ को कार्यान्वयनको अन्तिम समीक्षा बैठकमा भेला भएका एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (यु.एन. स्क्याप) का सदस्य र सह-सदस्य देशका प्रतिनिधिहरूले सन् २०१३ देखि २०२२ सम्मका…