Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

दोस्रो अपेक्षित परिणाम : राजनीतिक प्रक्रियाहरू र निर्णय प्रक्रियाहरूमा सहभागिता प्रवर्द्धन गर्ने

November 29, 2019

राजनीतिक गतिविधि र निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताले उनीहरूलाई अन्य विभिन्न अधिकारको उपयोगमा ठूलो योगदान गर्दछ । यस अपेक्षित परिणाम अन्तर्गत हासिल गर्न खोजिएको परिणाम अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह मतदानमा सहभागी हुन पाउने र निर्वाचित हुन पाउने अधिकार हो । आगामी १० वर्षमा अपाङ्गता भएका महिला र युवालगायत व्यापकमात्रामा विभिन्न वर्ग र समूहका अपाङ्गता भएका व्यक्तिहरू राजनीतिक प्रक्रियाहरू र सबै तहका निर्णय प्रक्रियामा सहभागी भएको हुनुपर्नेछ । अपाङ्गता भएका व्यक्तिलाई समाजको समान सदस्यका हैसियतमा आफ्ना अधिकारहरू उपयोग गर्न, जिम्मेवारी पूरा गर्नका साथै विभिन्न निर्णयमा सहभागी हुन सक्षम बनाउन आवश्यक पर्ने प्रविधिमा विकास गर्नुपर्नेछ । यस्तो सुधारका लागि सरकारका न्याय दिने निकाय, विभिन्न काम गर्ने निकाय, नीति-निर्माण गर्ने निकाय, मन्त्रालय आदिमा अपाङ्गता भएका व्यक्तिले पनि समान पहुँच पाउन सक्नेगरी सहज वातावरण बनाउन आवश्यक व्यवस्था गर्नुपर्नेछ ।

प्रगति मापन गर्ने सूचक

मुख्य सूचक

२.१   संसद् वा त्यसैको समानान्तर नीति र कानुनहरू बनाउने निकाय (विधायिका) मा प्रतिनिधित्व गर्ने अपाङ्गता भएका व्यक्तिहरूको संख्या ।

२.२   देशको अपाङ्गतासम्बन्धी विषयहरूमा समन्वय गर्ने निकायमा प्रतिनिधित्व गर्ने अपाङ्गता भएका व्यक्तिहरूको संख्या ।

२.३   देशका महिला सशक्तीकरण र लैंगिक समानताका लागि काम गर्ने संयन्त्रहरूमा प्रतिनिधित्व गर्ने अपाङ्गता भएका महिलाको संख्या ।

२.४   देशको राष्ट्रिय राजधानीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि गोप्य मतदान सुनिश्चित गर्न अपनाइएका उपायहरू र मतदानस्थलसम्म पुग्न र मतदान गर्न सहज बनाइएका मतदान केन्द्रहरूको संख्या ।

सहायक सूचक

२.५   राष्ट्रियस्तरको मन्त्रिपरिषद‍्मा प्रतिनिधित्व गर्ने अपाङ्गता भएका व्यक्तिहरूको संख्या ।

२.६   सर्वोच्च अदालतमा न्यायाधीशको पदमा रहेर काम गर्नेमध्ये अपाङ्गता भएका व्यक्तिहरूको संख्या ।

२.७   देशको निर्वाचनका कामहरू गराउने निकायहरूका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई समेत सहज र पहुँचयुक्त हुनेगरी निर्वाचनका प्रक्रियाहरू बनाई सञ्चालन गर्न आवश्यक पर्ने ऐन, नियम र कानुनहरूको उपलब्धता ।

आगामी १० वर्षमा प्राप्त गरिने लक्ष्य

लक्ष २. (क):सरकारका विभिन्न निर्णय गर्ने निकायमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने ।

लक्ष २. (ख): राजनीतिक प्रक्रियाहरू (जस्तैः मतदान गर्ने अथवा भोट दिने, चुनावमा उठ्ने र चुनाव लड्ने, कुनै विचारको समर्थन गर्ने, दलमा आबद्ध हुने, राजनीतिक सभा/सम्मेलनमा भाग लिने आदि) मा अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई सशक्त बनाउन उपयुक्त अनुकूल वातावरण निर्माण गर्ने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search