Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

एसिया तथा प्रशान्त क्षेत्रका सरकारी प्रतिनिधिहरूले गरेका प्रतिबद्धता

November 29, 2019

१.   एसिया तथा प्रशान्त क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूलाई वास्तविक व्यवहारमा उतार्न इन्च्योन रणनीति- २०१३-२०२२ लाई अवलम्बन गर्ने र आ-आफ्ना देशमा लागू गर्ने,

२.   अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका अधिकार दिलाउन, त्यसको प्रवर्द्धन गर्न र अपाङ्गताको सवाललाई विकासका विभिन्न सवालमा समावेश गराउन सरकारको केन्द्रीय भूमिका स्पष्ट पार्ने,

३.   यो घोषणापत्र कार्यान्वयनका लागि प्रतिबद्ध हुने र इन्च्योन रणनीतिमा उल्लेखित लक्ष्य र अपेक्षित उपलब्धिहरू हासिल गर्न काम केन्द्रित (Action oriented) योजनाहरू कार्यान्वयन गर्ने,

४.   यो घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनमा तल उल्लेखितलगायतका सरोकारवालाहरूलाई समेत साझेदारी गर्न र संलग्न हुन आह्वान गर्ने –

क.  अपाङ्गता समावेशी विकासमा उपक्षेत्रीय सहकार्य विकास गर्न दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन, आर्थिक साझेदार संगठनहरू (Economic Cooperation Organizations), प्यासेफिक आइल्याण्डस् फोरम, सार्कलगायतका उपक्षेत्रीय अन्तर सरकारी निकायहरू,

ख.  आफ्ना नीति र कार्यक्रमहरूलाई समावेशी बनाउन विभिन्न विकास साझेदार निकायहरू,

ग.   एसिया प्रशान्त क्षेत्रमा अपाङ्गता समावेशी विकासमा प्रविधि र आर्थिक सहयोग अभिवृद्धि गर्न एसियाली विकास वैंक र विश्व बैंक,

घ.   एसिया तथा प्रशान्त क्षेत्रमा अपाङ्गता समावेशी विकासलाई संयुक्तरूपमा सघाउन राष्ट्रसंघीय निकायहरू, कार्यक्रमहरू र इस्क्याप,

ङ.   अपाङ्गता समावेशी विकासको निरन्तर अनुगमन तथा मूल्याङ्कनका लागि नागरिक समाजका संस्थाहरू, विशेष गरेर अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका र उनीहरूका लागि सञ्चालन भएका सङ्घ संस्था,

च.  इन्च्योन रणनीति कार्यान्वयनसँग सम्बन्धित निर्णय प्रक्रियाहरूमा प्रभावकारी सहभागिता जनाउन अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संस्था,

छ.  अपाङ्गता समावेशी व्यावसायिक अभ्यासहरू गर्न विभिन्न निजी क्षेत्रका सङ्घ संस्था ।

५. स्क्यापका कार्यकारी सचिवलाई देहायबमोजिम अनुरोध गर्ने-

क.  इन्च्योन रणनीति र यस घोषणापत्रको सदस्य तथा सहसदस्य देशहरूमा प्रभावकारी कार्यान्वयन गराउन विशेष प्राथमिकता दिने,

ख.  यो घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनका लागि विभिन्न सरोकारवालासँग सम्पर्कमा रहने र उनीहरूलाई उत्प्रेरित गर्ने,

ग.   सरकारी निकायहरूको उच्चस्तरीय बैठकबाट आएका यी उपलब्धिलाई स्क्यापको ६९ औँ सत्रमा अनुमोदनका लागि पेश गर्ने ,

घ.   सरकारी निकायहरूको उच्चस्तरीय बैठकबाट आएका यी उपलब्धिलाई साधारणसभाको अध्यक्षमार्फत २३ सेप्टेम्बर २०१३ मा आयोजना हुने सहस्राब्दी विकास लक्ष्य र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्य अन्तर्राष्ट्रिय विकास लक्ष्यहरूसँग सम्बन्धित विभिन्न देशका सरकारी निकायहरूको उच्चस्तरीय बैठकमा यस उच्चस्तरीय बैठकबाट आएका उपलब्धिहरूलाई साधारणसभाका अध्यक्षमार्फत पेश गर्ने,

ङ.   एसिया तथा प्रशान्त क्षेत्रमा इन्च्योन रणनीति कार्यान्वयनको प्रगति विवरण हरेक तीन तीन वर्षमा स्क्यापमा पेश गर्ने,

च.  इन्च्योन रणनीति कार्यान्वयनका लागि मार्गचित्र तयार गर्ने ।

६. एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको दशक- २०१३-२०२२ को मध्यतिर (२०१७ मा) इन्च्योन रणनीति कार्यान्वयनको मध्यावधि समीक्षा गर्न र २०२२ मा समापन गर्ने कार्यक्रम राख्न स्क्यापमा सिफारिस गर्ने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search