अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणमा सोधिने प्रश्नावलीमा सरोकारवाला निकायहरूसँग छलफल कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले UNDP सँगको साझेदारीमा सञ्चालन गरिरहेको (अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क  विश्लेषण र सर्वे) परियोजनाको  कार्यक्रम अन्तर्गत  काठमाडौँमा  फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणका लागि तयार पारेको  प्रारम्भिक  प्रश्नावलीमा    सरोकारवाला निकायहरूसँग सुझाव लिएको छ । हालसम्म सम्पन्न भएका राष्ट्रिय जनगणनाबाट अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क आउन…

विश्व सामाजिक मञ्चको कार्यक्रममा “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्र सम्पन्न

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ World Social Forum अर्थात विश्व सामाजिक मन्चको चौथो दिनको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा विभिन्न सत्र सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, अपाङ्गता अधिकार र विकासका लागि कृयाशील नेपाल (ADRAD) तथा Handicap International को साझेदारीमा  “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्रमा अपाङ्गता…

अपाङ्गता समावेशी विकास सम्बन्धि २ दिने अभिमुखीकरण सम्पन्न

मिति: २०८० फाल्गुन १ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) को आयोजना र द एशिया फाउन्डेसनको आर्थिक सहयोगमा संचालित स्थानीय  सरकार सबलीकरण परियोजना अन्तर्गत १५ वटा साझेदारी संस्थाका कर्माचारिहरुलाई अपाङ्गता समावेशी विकास बिषयक अभिमुखीकरण मिति २०८० साल माघ २९ र फागुन १ गते गरि २ दिनसम्म संचालन गरियो । उक्त अभिमुखीकरणमा ३२ जनाको सहभागिता रहेको…

विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal) मा सहभागिताका लागि अपिल

वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्ने ‘विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal)’ को १६औं संस्करण यही फागुन ३ देखि ७ गते सम्म काठमाडौंमा हुँदैछ । वैकल्पिक विश्वबारे बहस हुने मञ्च सम्बद्ध कार्यक्रमका रूपमा फागुन २ गते संसदीय मञ्च र फागुन ५ गते अन्तरमहादेशीय युवा सम्मेलन पनि आयोजना हुन गईरहेको छ ।…

अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८०

नेपाल सरकारले हालसालै अनुमोदन गरेको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८० अध्यन गर्न यँहा रहेको लिंकमा जानु होला अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०८०- Word File  अपाङ्गता-भएका-व्यक्ति-सम्बन्धी-राष्ट्रिय-नीति-२०८०- Pdf Format  

अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्कमा सुझाव संकलन

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले  यही पुस १४ र १५ गते युएनडिपीको आर्थिक सहयोगमा  “अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्कमा सुझाव लिनको लागि कार्यशाला नेपालगंञ्जमा सम्पन्न भएको छ। उक्त कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूको छेत्रमा  काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अपाङ्गताको विविधताका आधारमा वर्गीकरण पनि वृद्धि हुँदै गएको तर  तथ्याङ्क लिने क्रममा  राज्यले अपाङ्गताको विविधतालाई संवोधन गर्न…

ध्यानाकर्षण सम्बन्धमा

मिति: २०८०/०९/२२ गते श्री………………………………….. बिषय :ध्यानाकर्षण सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बि.स.२०५० सालमा स्थापना भई देश भरिका अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार प्राप्तिका लागि अनवरत रुपमा लागिरहेको व्यहोरा जानकारी गराउन चाहन्छौं । आफ्नो स्थापना काल देखि छाता संस्थाको रुपमा रहेर सम्पुर्ण अपाङ्गता भएको व्यक्तिहरुको सामाजिक तथा राजनीतिक अधिकार सुनिस्चित गर्न पहलकदमी लिइरहेको…

प्रेस विज्ञप्ति

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय महिला उपाध्यक्ष र केहि प्रदेश अध्यक्षहरुको संलग्नतामा महासंघले प्रकृयागत रुपमा गर्दै आएका गतिविधिहरुमा फरक मत राखी  वि. सं. २०८० साल पौष ८ गते महासंघकै कार्यालय भृकुटीमण्डप काठमाडौंमा पत्रकार सम्मेलन गरि विना पुर्व सुचना उक्त दिन देखि नै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्यालय भृकुटीमण्डप, परियोजना कार्यालय रातोपुल र सुदुर पश्चिम प्रदेशको कार्यालयमा आकस्मिक रुपमा ताला लगाइएको थियो जुन यहि पौष ११ गते असन्तुष्ट पक्ष र महासंघका पदाधिकारी तथा सदस्यहरु विच छलफल भै आपसी समझदारीमा ताला खोलिएको व्यहोरा सम्बद्ध सरोकारवाला पक्षहरुलाई जानकारी गराईन्छ ।

अपाङ्गता भएका व्यक्तिहरुको लागि बनेको ऐन अधिकारमुखी बन्दै

“अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ र पहिलो संशोधन (२०७५) मा रहेका विध्यमान ऐनमा भएको व्यवस्थाहरुमा राज्यको प्रतिवध्दता अनुसार परिमार्जन गर्नु पर्ने भएको हुदा उक्त कानूनलाई संशोधन र एकीकरण गर्ने कार्य प्रारम्भ गरिएको छ।” अपाङ्गता भएका व्यक्ति विरुद्ध हुने सबै प्रकार भेदभाव अन्त्य गरी उनीहरुले पाउने जन्म सिद्ध अधिकारको प्रत्याभूति  गर्न तथा अपाङ्गता भएका…

अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस हर्ष उल्लासका साथ शुभकामना कार्यक्रम मनाईयो

  मिति: १८ मंसिर २०८० “United in action to rescue and achieve the SDGs for, with and by person with disabilities.” तथा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” नारा सहित अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ…