Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

पहिलो अपेक्षित परिणाम : गरिबी घटाउने र काम र रोजगारीको अवसरलाई बलियो बनाउने

November 29, 2019

आगामी १० वर्षमा गरिबीको अवस्थामा रहेका अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको गरिबी हटाउन पर्याप्त काम र त्यसमा प्रगति हुनैपर्छ । समान पहुँच नभएका कारण अपाङ्गता भएका व्यक्तिहरूले श्रम बजारबाट फाइदा पाउन सकेका छैनन् । अपाङ्गता नभएका व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूको आफैं कमाउने खालका आर्थिक गतिविधिहरूमा सहभागिता सारै थोरै छ । शिक्षा, तालिम, राम्रो काम र त्यो कामलाई कायम राखिरहने सहयोगहरूले गरिबी कम गर्न ठूलो मद्दत गर्छ । तसर्थ, जो काम गर्न सक्छ वा चाहन्छ, उसलाई पर्याप्त संरक्षण र सहयोगी सामग्री तथा उपकरणहरूमार्फत पर्याप्त सहयोग गरिनुपर्छ । त्यसका लागि श्रम बजार चाहिँ अपाङ्गता भएका व्यक्तिहरूका लागि मैत्रीपूर्ण र आवश्यकता अनुसार उनीहरूलाई उपयुक्त वातावरण दिन सक्ने हुनुपर्छ । अपाङ्गता भएका व्यक्ति र तिनका परिवारलाई गरिबीबाट मुक्त गर्दा देशको समावेशी र दिगो विकासलाई सघाउ पुग्छ ।

प्रगति मापन गर्ने सूचक

लक्ष्यहरूमा भएको प्रगतिलाई मापन गर्न मुख्य र सहायक गरी दुई प्रकारका सूचक निर्धारण गरिएको छ ।

मुख्य सूचक

१.१   विश्व बैंकले अध्यावधिक गरे अनुसार अन्य व्यक्तिको तुलनामा अन्तर्राष्ट्रिय गरिबीको रेखामुनि रहेका र दिनको १.२५ डलरभन्दा कम खर्चमा जीविका चलाइरहेका अपाङ्गता भएका व्यक्तिहरूको अनुपात ।

१.२   अन्य व्यक्तिको तुलनामा रोजगारीमा अपाङ्ता भएका व्यक्तिहरूको सहभागिताको अनुपात ।

१.३   अन्य व्यक्तिको तुलनामा सरकारले लगानी गरेर सञ्चालन गरेका व्यावसायिक तालिम र रोजगारी प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिताको अनुपात ।

सहायक सूचक

१.४   देशभित्र गरिबीको रेखामुनि रहेर जीवनयापन गरिरहेका अपाङ्गता भएका व्यक्तिहरूको अनुपात ।

आगामी १० वर्षमा प्राप्त गरिने लक्ष्य

लक्ष्य १. (क) : अपाङ्गता भएका व्यक्तिहरूलाई चरम गरिबीको अवस्थाबाट मुक्त गर्ने ।

लक्ष्य १. (ख) : काम गर्ने उमेर भएका, काम गर्न चाहने वा सक्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि काम र रोजगारी वृद्धि गर्ने ।

लक्ष्य १. (ग) : सरकारले लगानी गर्ने व्यावसायिक तालिम र अन्य रोजगारीमा सहयोग पुग्नेखालका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search