Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

इन्च्योन रणनीति:छोटो परिचय

November 29, 2019

यो रणनीति सन् २०१२ मा संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (Economic and Social Commission for Asia and Pacific – ESCAP) ले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूलाई एसिया प्रशान्त (प्यासेफिक) क्षेत्रका देशहरूमा प्रभावकारीरूपमा लागू गराउने उद्देश्यका साथ निर्माण गरी कार्यान्वयनमा ल्याएको १० वर्षे रणनीति हो । यो रणनीति सन् २०१३ देखि २०२२ सम्मका लागि निर्माण गरिएको हो ।

एसिया तथा प्रशान्त क्षेत्र अन्तर्गत पर्ने देशहरूका सरकार प्रमुख, नागरिक समाजका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधि र राष्ट्रसंघका निकायहरू समेत संलग्न भई सन् २०१२ को २९ अक्टुबरदेखि २ नोभेम्बरसम्म दक्षिण कोरियाको इन्च्योन भन्ने नगरमा सम्मेलन आयोजना गरियो । त्यही अवसरमा कोरिया सरकारको आतिथ्यमा इस्क्यापले एसिया प्रशान्त क्षेत्रका सरकारबीच उच्चस्तरीय बैठक आयोजना गर्‍याे । त्यो बैठकमा इस्क्यापले सन् २००३ देखि २०१२ का लागि घोषणा गरेको अपाङ्गता भएका व्यक्तिहरूको दोस्रो दशकको गहन समीक्षा गरियो । समीक्षामा सन् २००३ देखि २०१२ को दशकमा यस क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र संवर्ध्दनका लागि गरिएका काम र उपलब्धिहरूको मूल्याङ्कन गरियो । यसै समीक्षा र मूल्याङ्कनको निष्कर्षका आधारमा सन् २०१३ देखि २०२२ सालसम्मका लागि अपाङ्गता भएका व्यक्तिका “अधिकारहरूलाई वास्तविक व्यवहारमा उतार्ने” अर्थात “Make the Rights Real” प्रतिबद्धतासहित नयाँ रणनीति जारी गरियो । इस्क्यापले यो रणनीति दक्षिण कोरियाको इन्च्योन भन्ने शहरबाट जारी गरेको हुनाले यसलाई इन्च्योन रणनीति पनि भन्ने गरिन्छ ।

यस क्षेत्रका विभिन्न देशका सरकार प्रमुख र नागरिक समाजका संस्थाहरूसँग दुई वर्षसम्म विभिन्न चरणमा लामो छलफल र परामर्श गरी तयार गरिएको यस रणनीतिमा १० वटा वृहत अपेक्षित परिणाम, २७ वटा विशिष्ट लक्ष्य र ६२ वटा सूचक छन् । यो रणनीति अपाङ्गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिमा आधारित भएर बनाइएको छ । यो रणनीति एसिया तथा प्रशान्त क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरू र त्यसमा पनि गरिबीको अवस्थामा बाँचिरहेका अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेर जारी गरिएको हो । यसै क्षेत्रमा पर्ने देश भएको र ESCAP को सदस्यका हैसियतमा नेपालले पनि यस रणनीतिको कार्यान्वयनका लागि लिखित प्रतिबध्दता जनाएको छ ।

के हो इस्क्याप ?

Economic and Social Commission for Asia and Pacific (ESCAP) अर्थात एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग संयुक्त राष्ट्रसंघको एउटा निकाय हो । यो निकाय एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि काम गर्न गठन गरिएको हो । एसिया तथा प्रशान्त क्षेत्रमा पर्ने ५३ वटा देश इस्क्यापका सदस्य छन् भने अन्य ९ वटा यसका आबध्द सदस्य (Associate Members) छन् ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search