Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

संयुक्त घोषणापत्र

November 29, 2019

गणतन्त्र कोरियाको इन्च्योन शहरमा सन् २०१२ को अक्टुवर २९ देखि नोभेम्बर २ सम्म आयोजना गरिएको अपाङ्गता भएका व्यक्तिहरूको एसिया प्रशान्त क्षेत्रीय दशक २००३ – २०१२ को कार्यान्वयनको अन्तिम समीक्षा बैठकमा भेला भएका एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (यु.एन. स्क्याप) का सदस्य र सह-सदस्य देशका प्रतिनिधिहरूले सन् २०१३ देखि २०२२ सम्मका लागि निम्न अनुसारका हालसम्म भएका विषयवस्तु, तथ्य, घोषणापत्र, दस्तावेज वा प्रतिबद्धताहरूलाई आत्मसात, स्वागत र पुनःस्मरण र सम्मान गर्दै गरेका प्रतिबद्धता यस्ता छन्-

आत्मसात, स्वागत, सम्मान र पुनःस्मरण गरिएका विषय, तथ्य, घोषणापत्र, प्रतिबद्धताः

  • अपाङ्गतासम्बन्धी विश्व कार्ययोजना- १९८२,
  • अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरणसम्बन्धी राष्ट्रसंघीय प्रामाणिक नियमहरू- १९९३,
  • अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि- २००६,
  • राष्ट्रसङ्घको सहस्राब्दी विकास लक्ष्यसम्बन्धी प्रतिबद्धता र कार्यक्रम,
  • सहस्राब्दी विकास लक्ष्य तथा अन्य अन्तर्राष्ट्रिय विकास लक्ष्यहरूमा अपाङ्गताका सवालहरू समावेश गराई अपाङ्गता भएका व्यक्तिहरूलाई त्यस्ता विकास कार्यक्रमहरूबाट लाभान्वित गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सदस्य राष्ट्र तथा सरकार प्रमुखहरूको बैठक २३ सेप्टेम्बर २०१३ मा राख्न गरिएको निर्णय,
  • १० सेप्टेम्बर २०१२ मा जारी (रिजोलुसन ६६/२९०) मानवीय सुरक्षासम्बन्धी साझा समझदारी,
  • अपाङ्गता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त क्षेत्रीय दशक- १९९३- २००२ (रिजोलुसन ४८/३, २३ अप्रिल १९९२),
  • एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका लागि अवरोधमुक्त र समावेशी समाज प्रवर्द्धनसम्बन्धी प्रतिबद्धता (रिजोलुसन ५८/४, २२ मे २००२),
  • एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका लागि अवरोधमुक्त र समावेशी समाज निर्माणको लागि तयार पारिएको विवाको सहस्राब्दी कार्ययोजना कार्यान्वयनका लागि गरिएको प्रतिबद्धता (रिजोलुसन ५९/३, ४ सेप्टेम्वर २००३),
  • एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका लागि अवरोधमुक्त र समावेशी समाज निर्माणका लागि तयार पारिएको विवाको सहस्राब्दी कार्ययोजना कार्यान्वयनको क्षेत्रीयस्तरमा कार्यान्वयन र विवाको प्लस फाइवलाई कार्यान्वयन गर्न गरिएको प्रतिबद्धता (रिजोलुसन ६४/८, ३० अप्रिल २००८),
  • युएन स्क्यापको १९ मे २०१० मा अपाङ्गता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त क्षेत्रीय दशक- २००३-२०१२ को समीक्षाका लागि उच्चस्तरीय सरकारी बैठकको तयारीका लागि गरिएको प्रतिबद्धता (रिजोलुसन 66/II),
  • युएन स्क्यापले २३ मे २०१२ मा अपाङ्गता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त क्षेत्रीय दशकको समीक्षा बैठक आयोजना गर्न गरेको घोषणा (रिजोलुसन ६८/७),
  • अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन २०११ ले उल्लेख गरेको विवरण अनुसार संसारको जनसंख्याको १५ प्रतिशत मानिसमा कुनै न कुनै रूपमा अपाङ्गता रहेको तथ्य,
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यान्वयन गरिएका दुईवटा एसिया तथा प्रशान्त क्षेत्रीय दशकमा त्यस क्षेत्रका सदस्य तथा सहसदस्य राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, समावेशी विकासमा केन्द्रित भई गरेका नीतिगत र संस्थागत प्रतिबद्धताका कारण अपाङ्गताको अधिकारमुखी अवधारणालाई संस्थागत गर्न भएका उपलब्धिहरू,
  • एसिया तथा प्रशान्त क्षेत्रमा अपाङ्गताको सवालमा जनचेतनाको विकासमा नागरिक समाजको र खास गरेर अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था र अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गरिरहेका संस्थाहरूको प्रयासबाट भएका उपलब्धिहरू
  • ५ अगष्ट २०१० मा पोर्ट भिल्लामा अयोजित प्यासेफिक आइल्याण्डका नेतृत्वहरूको ४१ ‌‍औ‍ँ मञ्च र त्यसले अपाङ्गतासम्बन्धी प्रशान्त क्षेत्रीय रणनीतिमा गरेको बलियो सहयोग,
  • दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन (आशियान) का सदस्य राष्ट्रहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता र भूमिका सशक्तीकरणका लागि १७ नोभेम्बर २०११ मा अवलम्बन गरिएको बाली घोषणापत्र,
  • १ डिसेम्बर २०११ मा अनुदान प्रभावकारितासम्बन्धी चौथो उच्चस्तरीय मञ्चले अवलम्बन गरेको बुसान साझेदारी,
  • ८ जुन २०१२ मा बेइजिङमा अवलम्बन गरिएको अपाङ्गता समावेशी विकासका लागि बेइजिङ घोषणापत्र,
  • सन् २०१०मा विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले संयुक्तरूपमा जारी गरेको समुदायमा आधारित पुनःस्थापनासम्बन्धी निर्देशिका,
  • २२ जुन २०१२ को दिगो विकासको लागि राष्ट्रसंघीय सम्मेलनले अवलम्बन गरेको दस्तावेज,
  • एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका लागि अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रलगायत जीवनका अन्य विभिन्न पक्षहरूमा समान पहुँच प्राप्त गर्न धेरै चुनौती छन् भन्ने तथ्य,
  • एसिया तथा प्रशान्त क्षेत्रमा द्रुतगतिमा बढिरहेको वृद्धावस्थाका कारण अपाङ्गता भएका व्यक्तिहरूको संख्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको तथ्य,
  • विपद्का अवस्थाहरूमा अन्य व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरू बढी प्रभावित हुने गरेका छन् र यस एसिया प्रशान्त क्षेत्रमा विगत तीन दशकयता विपद्का घटना धेरै भएका छन् भन्ने तथ्य,
  • अपाङ्गता भएका व्यक्तिहरूप्रति विभेदपूर्ण व्यवहार र नकारात्मक परम्परागत सोच अझै विद्यमान रहेका छन् भन्ने तथ्य, र
  • भौतिक संरचना, सार्वजनिक यातायात, ज्ञान, सूचना तथा सञ्चारमा पहुँच बढाउन आधुनिक प्रविधिको प्रयोगलगायत अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन र संरक्षणका लागि अन्य धेरै अवसर उपलब्ध छन् भन्ने तथ्य ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search