Skip to content
Main header of NFDN
Phone +977-1-4231159Hours Mon - Fri: 9AM - 5PM
Facebook FacebookTwitter Twitter
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • केन्द्रीय बोर्ड
    • प्राविधिक कार्यालयहरू
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response
logo of nfdn

चौथो अपेक्षित परिणाम : सामाजिक सुरक्षालाई बलियो बनाउने

Home / Articles / चौथो अपेक्षित परिणाम : सामाजिक सुरक्षालाई बलियो बनाउने
November 29, 2019
Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email

एसिया तथा प्रशान्त क्षेत्रमा सामाजिक सुरक्षा औपचारिक क्षेत्रमा काम गर्ने कामदार र कर्मचारीका लागि गरिने सामाजिक बीमामा मात्र सिमित छ । यस क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रमहरूले ठूलो जनसंख्यालाई समेट्न सकेको छैन । त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा पछि परेका छन् । त्यसैले देशहरूले अपाङ्गता भएका व्यक्तिहरू सामाजिक सुरक्षाका कार्यक्रमहरूबाट समान आधारमा लाभान्वित भएका छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्ने छ । अर्थात, त्यस्ता कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच पुर्‍याउनुपर्ने छ । अझ अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा आत्मनिर्भर भएर बाँच्न सहयोग पुग्ने व्यक्तिगत सहयोगी, दौंतरीबाट लिने परामर्शलगायतका सेवा धान्नसक्ने मूल्यमा उपलब्ध छैनन् । सामाजिक सुरक्षाका कार्यक्रमहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि समाजमा अरूसरह सहभागी हुनका लागि त्यतिकै जरुरी छन् ।

प्रगति मापन गर्ने सूचक

मुख्य सूचक

४.१.    अन्य व्यक्तिको तुलनामा सरकारले प्रदान गरेका स्वास्थ्य स्याहारसम्बन्धी सेवा वा कार्यक्रमहरू प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरूको संख्या ।

४.२.    सामाजिक सुरक्षा, सामाजिक बीमा र सामाजिक सहयोग कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेटिएको अवस्था ।

४.३.    सरकारी लगानीमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वनिर्भर जीवन बिताउन आवश्यक पर्ने व्यक्तिगत सहयोगी, दौंतरीबाट लिने परामर्शलगायतका अन्य विभिन्न कार्यक्रम उपलब्ध भएको ।

सहायक सूचक

४.४.    सरकारले लगानी वा लागू गरेका स्वास-प्रस्वाससम्बन्धी स्याहार कार्यक्रमहरू र अन्य स्याहारसम्बन्धी कार्यक्रमहरूको संख्या ।

४.५.    राष्ट्रियरूपमै समुदायमा आधारित पुनःस्थापना कार्यक्रम उपलब्ध भएको ।

४.६.    अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य बीमा उपलब्ध भएको ।

४.७.    सहयोग र सहायक सेवाहरू नपाउने अपाङ्गता भएका व्यक्तिहरूको संख्यामा आएको कमी ।

लक्ष्य

लक्ष ४. (क) :सबै प्रकारका स्वास्थ्य सेवालगायत पुनःस्थापनासम्बन्धी सेवामा सबै अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउने ।

लक्ष ४. (ख) : सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्ने ।

लक्ष ४. (ग) : व्यक्तिगत सहयोगी र दौँतरीबाट हुने परामर्श जस्ता सेवालाई सशक्त र प्रभावकारी बनाउने ताकि गम्भीर र बहु-अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायमा स्वनिर्भर भएर बाँच्न सहयोग पुगोस् ।

Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2022 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • केन्द्रीय बोर्ड
    • प्राविधिक कार्यालयहरू
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
Search