Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

तेस्रो अपेक्षित परिणाम : भौतिक संरचना, सार्वजनिक यातायात, ज्ञान, सूचना र सञ्चारमा पहुँच बढाउने

November 29, 2019

समावेशी समाजभित्र अपाङ्गता भएका व्यक्तिहरूका अधिकार उपलब्ध गराउन भौतिक संरचनाहरू, सार्वजनिक यातायातको उपयोग, सूचना तथा ज्ञान र सञ्चारमा समान पहुँच पुर्‍याउने कुरा एउटा महत्वपूर्ण पूर्वशर्त हो । बाटोघाटो, सार्वजनिक स्थल, खेल्ने ठाउँ, पार्क, बजार, विद्यालय, सरकारी भवन र कार्यालयदेखि मानिसहरूले दैनिकरूपमा विभिन्न प्रयोजनका लागि उपयोग गर्ने सबै भौतिक संरचनालगायत सार्वजनिक यातायात, सूचना तथा सञ्चारका साधन, माध्यम र प्रणालीहरू सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि र समाजका अन्य सबै मानिसले समानरूपमा उपयोग गर्न मिल्ने र सक्नेगरी बनाइनुपर्नेछ । यस्ता सबै संरचना र प्रणालीमा सबैलाई पहुँच सुनिश्चित गर्न तिनीहरूको योजना निर्माण, नक्सा तयारी, नक्सा पास, ढाँचा तयार गर्ने, बनाउनेदेखि निरन्तर मर्मत तथा सम्भार गर्नेसम्मका काम अपाङ्गता भएका व्यक्तिलगायत सबैलाई सहज हुनेगरी बनाइएको छ कि छैन भनी प्रभावकारी जाँच र निरन्तर अनुगमन गरिनेछ । अपाङ्गता भएका व्यक्तिहरूका लागि आफ्नो दैनिक जीवनका कामहरूमा परनिर्भरता घटाउन र आफ्नै निर्णयमा स्वनिर्भर जीवन बाँच्न सहायक सामग्री र सम्बन्धित सहयोग/सेवाहरूको उपलब्धता पनि पूर्वशर्त हो । यस्ता सहायक सामग्रीहरूको उत्पादन, वितरण र यससम्बन्धी अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गरिनेछ ।

प्रगति मापन गर्ने सूचक

मुख्य सूचक

३.१   देशका राजधानीमा सबैका लागि पहुँचयुक्त भएका सरकारी भवनहरूको संख्या ।

३.२   सबैका लागि पहुँचयुक्त अन्तर्राष्ट्रिय विमानस्थलहरूको संख्या ।

३.३   सरकारी टेलिभिजनमा समानान्तररूपमा दैनिक सांकेतिक भाषामा समेत दिइने समाचारको संख्या ।

३.४   पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा स्वीकार गरिएको मापदण्ड पूरा गरेका वेबसाइटहरू र सबैका लागि पहुँचयुक्त हुनेगरी राखिएका सार्वजनिक दस्तावेजहरूको संख्या ।

३.५   आवश्यकता अनुसार सहायक सामग्री प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरूको संख्या ।

सहायक सूचक

३.६   अपाङ्गता भएका विज्ञहरू समेतको सहभागितामा पहुँचको अवस्थाको प्रभावकारी जाँच र अनुगमन गर्ने कार्यक्रमहरू भएको ।

३.७   अन्तर्राष्ट्रियरूपमा स्वीकार गरिएको मापदण्ड अनुसार सदस्य देशहरूले पनि अवरोधमुक्त वातावरण निर्माण गर्न आवश्यक पर्ने वाध्यकारी कानुनी व्यवस्था र प्राविधिक मापदण्डहरू निर्धारण गरेको र सो मापदण्ड अनुसार योजना तथा नक्साहरू पास गर्ने, स्वीकृति दिने र त्यसै अनुसार काम भए/नभएको अनुगमन गर्ने प्रभावकारी निकायसमेत भएको ।

३.८   साङ्केतिक भाषाका दोभाषेको संख्या ।

३.९   अन्तर्राष्ट्रियरूपमा स्वीकार गरिएको मापदण्ड अनुसार सदस्य देशहरूले सूचना तथा सञ्चारसम्बन्धी सेवाहरू (उदाहरणका लागि वेबसाइट) अपाङ्गता भएका व्यक्तिहरूका लागि अवरोधमुक्त बनाउन आवश्यक पर्ने वाध्यकारी कानुनी व्यवस्था र प्राविधिक मापदण्डहरू निर्धारण गरेको र सो मापदण्ड अनुसार काम भए/नभएको अनुगमन गर्ने प्रभावकारी निकायसमेत भएको ।

लक्ष्य

लक्ष ३.(क):  सर्वसाधारणका लागि खुला गरिएका सबै भौतिक संरचना अपाङ्गता भएका व्यक्तिहरूले पहुँच प्राप्त गर्न सक्ने वा सहज तरिकाले उपयोग गर्न सक्नेगरी बनाउने ।
लक्ष ३.(ख): सार्वजनिक यातायात सेवाहरू अपाङ्गता भएका व्यक्तिलगायत सबैका लागि प्रयोग गर्न मिल्ने र पहुँच प्राप्त गर्न सक्ने बनाउने ।
लक्ष ३.(ग): सबैका लागि भनी उपलब्ध गराइएका सूचना तथा सञ्चारका सेवाहरू अपाङ्गता भएका व्यक्तिलगायत अरू सबैले सहजै उपयोग गर्न मिल्ने र मैत्रीपूर्ण हुनुपर्नेछ ।
लक्ष ३.(घ): सहायक सामग्री पाउनुपर्ने तर हालसम्म नपाएका अपाङ्गता भएका व्यक्तिहरूको संख्याको अनुपात आधाले कम गर्ने । अर्थात, त्यस्ता व्यक्तिहरूको कूल जनसंख्याको कम्तीमा आधा संख्यालाई सहायक सामग्रीहरूमा पहुँच पुर्याउने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search