धारा २० : हिँडडुल गर्न पाउने

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अन्यसरह स्वतन्त्र र स्वनिर्भर भएर हिँडडुल गर्न मिल्ने वातावरण बनाउन सक्दो प्रयास गर्नेछन् । यसका लागि निम्न लिखित कुरा समेत गर्नेछन्ः हिँडडुलका लागि स्वनिर्भर हुन आवश्यक पर्ने सबै सहयोगहरू दिने । यस्ता सहयोग र सेवाहरू उनीहरूले चाहे जस्तो तरिकाका वा उनीहरूको आवश्यकता अनुसार हुनुपर्छ । यसका लागि सहयोगी सामग्री वा हिँडडुलका…

धारा १९ : स्वनिर्भर वा आफ्नो निर्णयमा जीवन बाँच्न पाउने र समुदायमा बस्न पाउने

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह आफ्नो निर्णय र छनौटमा आफ्नै समुदायमै जीवन बाँच्न पाउने अधिकार छ भन्ने कुरा स्वीकार गर्छन् र तल उल्लेख गरिएका कुराहरू समेत सुनिश्चित गर्नेछन्ः अन्यसरह अपाङ्गता भएका व्यक्तिले कहाँ र कसको साथमा बस्ने भन्ने बरेमा स्वतन्त्र निर्णय गर्न पाउँछन् । उनीहरूलाई कुन खास तोकिएको ठाउँमा बस्न बाध्य पार्न पाइँदैन, जस्तैः…

धारा १८ : एक ठाउँबाट अर्को ठाउँमा जाने, घुमफिर गर्न पाउने र राष्ट्रियता परिवर्तन गर्न पाउने

अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह आफ्नै देशभित्र वा बाहिर एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्ने वा आवत जावत गर्न पाउने पूरा अधिकार हुनेछ । उनीहरूलाई अन्य व्यक्तिसरह राष्ट्रियता रोज्ने अधिकार हुनेछ । यस बाहेक अरू निम्न अधिकारहरू पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि देशहरूले सुनिश्चित गर्नुपर्छः कहाँ बस्ने, कहाँ सर्ने भन्ने विषयमा अरूसरह निर्णय लिन पाउने,…

धारा १६ : नराम्रो व्यवहार, हिंसा, अनुचित प्रयोग र शोषण हुनेछैन

देशहरूले अपाङ्गता भएका व्यक्तिलाई घरभित्र र बाहिर दुवै ठाउँमा हिंसा र शोषणमा पर्न वा अनुचित प्रयोगको शिकार हुनबाट जोगाउन आवश्यक नियम र कानुनहरू निर्माण गरी लागू गर्नै पर्छ । यसो गर्दा महिला वा पुरूष भएकै कारणबाट हुने हिंसाका कुरालाई समेत ध्यान दिनुपर्छ । त्यो कामका लागि आवश्यक व्यवस्था मिलाउने, कानुन बनाउने, कर्मचारीलगायत सबैलाई शिक्षा तथा…

धारा १५ : अमानवीय यातना दिन र अमानवीय व्यवहार गर्न नपाइने

अपाङ्गता भएका व्यक्तिलाई यातना दिन वा कुनै पनि प्रकारको अमानवीय व्यवहार गर्न वा अपमान गर्न पाइँदैन । अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र सहमति नभएसम्म जवरजस्ती उनीहरूमाथि कुनै पनि प्रकारको वैज्ञानिक प्रयोगहरू, जस्तैः औषधिमूलोको अनुसन्धान आदि गर्न पाइँदैन । औषधि उपचारका नाममा उनीहरूलाई कुनै पनि प्रकारको प्रयोग जबरजस्ती भोग्न बाध्य गराउन पाइँदैन । अरू व्यक्तिहरूसरह नै अपाङ्गता…

धारा १४ : स्वतन्त्र र सुरक्षित रहन पाउने

न्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूले पनि स्वतन्त्रता र सुरक्षाका सबै अधिकारहरू उपयोग गर्न पाउने कुरा देशहरूले सुनिश्चित गर्नुपर्छ । अपाङ्गता भएकै कारणले कुनै व्‍यक्तिलाई थुनामा राख्न वा उसका व्यक्तिगत स्वतन्त्रताहरू खोसेर राख्न पाइँदैन । अर्थात, उसलाई हिँडडुल गर्न, विचार राख्ने, अन्यसरह अवसरहरू लिने जस्ता स्वतन्त्रताहरूबाट अलग राख्न पाइँदैन । तर, कानुनले कुनै विशेष कारण वा…

धारा १३ : न्याय पाउने

अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह न्यायका लागि अदालतमा जाने अधिकार हुन्छ । अरूलाई अदालत लैजाने वा अन्य व्यक्तिसरह अदालतमा के भइरहेको छ भन्ने थाहा पाउने र त्यसमा भाग लिने समान अधिकार हुन्छ । अपाङ्गता भएका व्यक्तिहरू अन्यसरह साक्षी बस्न पाउँछन् । यस्ता अधिकारको प्रयोग गर्न र कानुनी सेवा लिन कुनै प्रकारको विशेष वा थप सहायता…

धारा १२ : कानुनद्वारा समान व्यवहार गरिने

कानुनका अगाडि अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह समानरूपमा पूर्ण व्यक्तिको मान्यता दिने कुरा देशहरू स्वीकार गर्छन् र यसलाई सुनिश्चित गर्छन् । आफूलाई अन्याय पर्दा वा अन्य विभिन्न परिस्थितिहरूमा अरू व्यक्तिहरूसरह अपाङ्गता भएका व्यक्तिहरूले आफूले चाहेको बेलामा कानुनले तोकेका अधिकार र व्यवस्थाहरूको समानरूपमा प्रयोग गर्न पाउँछन् । यस्ता व्यवस्था र अधिकारहरूको प्रयोगमा उनीहरूलाई कुनै रोकावट, अवरोध…

धारा १० : बाँच्न पाउने अधिकार

हरेक व्यक्तिलाई बाँच्न पाउने अधिकार हुनेछ र अपाङ्गता भएका व्यक्तिलाई समेत यो अधिकार छ । अपाङ्ता भएका व्यक्तिहरूलाई अरू मानिसहरू जत्तिकै बाँच्ने अधिकार छ भन्ने कुरा सबै देशले स्वीकार्नुपर्छ र यसलाई निश्चित गर्नुपर्छ ।

धारा ९ : सबै ठाउँमा अरूसरह पुग्न सकिने वा भौतिक सेवा सुविधा र सञ्चार सेवा सजिलै उपयोग गर्न पाउने

१‍‌. अरू मानिसहरूसरह अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर भएर बाँच्न सक्ने र दैनिक जीवन चलाउन सक्ने बनाउन वरिपरिका भौतिक सेवा सुविधा, यातायात र सञ्चारका प्रणालीहरू देशहरूले अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न मिल्ने गरी बनाउनुपर्छ । अपाङ्गता भएका व्यक्तिहरूले सजिलैसँग यस्ता सेवा सुविधा प्रयोग गर्न पाएका छन् कि छैनन्, प्रयोग गर्न पाएका छैनन् भने के कुराले…