Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा १६ : नराम्रो व्यवहार, हिंसा, अनुचित प्रयोग र शोषण हुनेछैन

November 28, 2019

देशहरूले अपाङ्गता भएका व्यक्तिलाई घरभित्र र बाहिर दुवै ठाउँमा हिंसा र शोषणमा पर्न वा अनुचित प्रयोगको शिकार हुनबाट जोगाउन आवश्यक नियम र कानुनहरू निर्माण गरी लागू गर्नै पर्छ ।

यसो गर्दा महिला वा पुरूष भएकै कारणबाट हुने हिंसाका कुरालाई समेत ध्यान दिनुपर्छ । त्यो कामका लागि आवश्यक व्यवस्था मिलाउने, कानुन बनाउने, कर्मचारीलगायत सबैलाई शिक्षा तथा चेतना दिनेलगायतका उपाय अपनाउनुपर्छ । यसो गर्दा उमेर, लिङ्ग र अपाङ्गताको प्रकारले पर्ने फरकलाई ध्यान दिनुपर्छ ।

देशहरूले अपाङ्ता भएका व्यक्तिहरूमाथि हुने हिंसा, दुर्व्यवहार र अपमानका घटनाहरूको पहिचान गर्न र रोक्नका लागि सबै उपाय अपनाउनुपर्छ र यस विषयमा जनता र आफ्ना सम्बन्धित निकायका कर्मचारीलाई शिक्षित बनाउनुपर्छ ।

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने शोषण र हिंसा रोक्न गरिएका सबै व्यवस्था राम्रोसँग कार्यान्वयन भएका छन् कि छैनन् भनेर राम्रोसँग अनुगमन गर्नुपर्छ । उनीहरूले प्राप्त गर्ने सेवाहरूमा पनि त्यस्तो किसिमको शोषण हुनबाट रोक्नुपर्छ र यस्तो शोषण नभएको निश्चित गर्नुपर्छ ।

देशहरूले शोषणमा परेका अपाङ्गता भएका व्यक्तिहरूलाई उमेर र लिङ्ग अनुकूल हुनेगरी आवश्यक र उचित सहयोग र सहायता दिनुपर्छ । उनीहरूलाई सुरक्षित राख्नुपर्छ र शोषण र हिंसाका कारणले असामान्य अवस्थामा पुगेका व्यक्तिलाई पुनः पहिलेकै जस्तो सामान्य अवस्थामा आउन आवश्यक सहयोग गर्नुपर्छ ।

देशहरूले शोषणका घटनाको खोजी गर्ने र पत्ता लगाउने उपयुक्त बाटाहरू निर्माण गर्नुपर्ने छ र शोषकलाई अदालतमा उभ्याउने सुनिश्चित गर्नुपर्छ ।

शोषण र हिंसाका घटनाहरू रोक्ने, हुन नदिने वा भएकालाई न्याय दिने कामममा महिला र बालबालिकामाथि हुने शोषण र हिंसालाई देशहरूले विशेष ध्यान दिनुपर्छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search