Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा १२ : कानुनद्वारा समान व्यवहार गरिने

November 28, 2019

कानुनका अगाडि अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह समानरूपमा पूर्ण व्यक्तिको मान्यता दिने कुरा देशहरू स्वीकार गर्छन् र यसलाई सुनिश्चित गर्छन् ।

आफूलाई अन्याय पर्दा वा अन्य विभिन्न परिस्थितिहरूमा अरू व्यक्तिहरूसरह अपाङ्गता भएका व्यक्तिहरूले आफूले चाहेको बेलामा कानुनले तोकेका अधिकार र व्यवस्थाहरूको समानरूपमा प्रयोग गर्न पाउँछन् । यस्ता व्यवस्था र अधिकारहरूको प्रयोगमा उनीहरूलाई कुनै रोकावट, अवरोध वा वाधा नहुने कुरा देशहरूले सुनिश्चित गर्नुपर्छ ।

यस्ता कानुनले तोकेका अधिकार, सेवा र व्यवस्थाहरूको प्रयोग गर्न अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै विशेष सहयोग चाहिएमा वा विशेष व्यवस्था गर्नुपर्ने भएमा देशहरूले अनिवार्यरूपमा गर्नुपर्छ ।

कानुनी सेवा र कानुनले दिएका अधिकारहरू प्रयोग गर्दा व्यक्तिको आवश्यकता, इच्छा र चाहनालाई सम्मान गरिनुपर्छ । अपाङ्गताको अवस्थालाई पनि ध्यान दिइनुपर्छ । कुनै पनि प्रकारको अनुचित दवावमा पार्न पाइँदैन ।

अपाङ्गता भएका व्यक्तिहरूले अन्यसरह आफ्नो नाममा सम्पत्ति राख्न, विभिन्न पेशा व्यवसाय गर्न, बैंकमा खाता खोलेर कारोवार गर्न, आफ्नो कमाइ कहाँ कसरी खर्च गर्ने भन्ने कुराको निर्णय आफैँ गर्न, ऋण लिन, अपुताली पाउनेदेखि लिएर धितो बन्धक जस्ता सबै कारोवारमा समान अधिकार छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search