Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा ९ : सबै ठाउँमा अरूसरह पुग्न सकिने वा भौतिक सेवा सुविधा र सञ्चार सेवा सजिलै उपयोग गर्न पाउने

November 28, 2019

१‍‌. अरू मानिसहरूसरह अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर भएर बाँच्न सक्ने र दैनिक जीवन चलाउन सक्ने बनाउन वरिपरिका भौतिक सेवा सुविधा, यातायात र सञ्चारका प्रणालीहरू देशहरूले अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न मिल्ने गरी बनाउनुपर्छ । अपाङ्गता भएका व्यक्तिहरूले सजिलैसँग यस्ता सेवा सुविधा प्रयोग गर्न पाएका छन् कि छैनन्, प्रयोग गर्न पाएका छैनन् भने के कुराले अवरोध गरेको छ भनेर त्यसको पहिचान गर्नुपर्छ । देशहरूले निम्न लिखित कुराहरूलाई अपाङ्गता भएका व्यक्तिहरूले समेत समानरूपमा उपयोग वा प्रयोग गर्न मिल्नेगरी बनाउनुपर्छ ।

  • विद्यालय, बस्ने घरहरू, अस्पतालहरू, सरकारी कार्यालय, बाटो र ठूला सडक, यातायातका साधनहरू,
  • विद्युतको प्रयोग गरेर लिने सेवाहरू, आपत-विपद र महामारी पर्दा दिइने सेवाहरू,
  • सार्वजनिक ठाउँमा राखिने वा सबै जनताका लागि सरकारले दिने सूचनाहरू ।

२. यसबाहेक अरू निम्न लिखित काम पनि गर्नुपर्छ ।

  • सर्वसाधारण सबैले उपयोग गर्नेगरी खुला गरिएका सबै सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरूले समेत समानरूपमा उपयोग गर्न मिल्नेगरी बनाउन आवश्यक निर्देशिका र मापदण्डहरू निर्धारण गर्ने र लागू गर्ने,
  • सर्वसाधारणका लागि भनेर निजी क्षेत्रले निर्माण गर्ने वा उपलब्ध गराउने सेवा सुविधाहरू पनि अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग वा उपयोग गर्न मिल्ने बनाउन देशहरूले निजी क्षेत्रलाई समेत यस विषयमा ध्यान पुर्‍याउन लगाउने,
  • अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक ठाउँमा सेवा सुविधा र अवसरहरू लिनलाई के कस्ता वाधा र अवरोधहरू छन् भन्ने बारेमा र तिनलाई कसरी हटाउने भन्ने बारेमा विभिन्न सरोकारवालाहरूलाई तालिम दिने र सिकाउने,
  • सर्वसाधारण सबैले प्रयोग गर्न मिल्नेगरी बनाइएका घर-भवनहरू भित्र ब्रेलमा वा सबैलाई पढ्न र बुझ्न सजिलो हुनेगरी विभिन्न प्रकारका चित्र वा सङ्केतमा सूचनाहरू राख्ने,
  • यस्ता ठाउँहरूमा दृष्टिबिहीनहरूका लागि बाटो देखाउँने, बहिराहरूका लागि साङ्केतिक भाषाका दोभाषे र सहयोगीहरू उपलब्ध गराउने,
  • इन्टरनेट, कम्प्युटर प्रविधि र अन्य विभिन्न प्रकारका सूचना लिने र सञ्चार गर्ने साधन र प्रणालीहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच पुर्‍याउन आवश्यक उपाय गर्ने,
  • यदि कसैले अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत सहज हुनेगरी सूचना प्रणाली र सञ्चार सेवाको विकास गर्न खोज्छ वा गर्छ भने त्यस्तो निकाय वा व्यक्तिलाई प्रोत्साहन गर्ने,
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज हुनेगरी वरिपरिको वातावरणलाई विकास गर्न र सञ्चार तथा सूचना प्रणालीको विकास गर्न सहयोग गर्ने प्रविधिको उत्पादन र प्रवर्द्धन गर्ने ।

सबैका लागि खुला गरिएका सेवा सुविधा भनेको के हो ?

सबैका लागि खुला गरिएका वा सर्वसाधारण सबैले उपयोग गर्न मिल्नेगरी खुला गरिएका सेवा सुविधा भन्नाले मनोरञ्जन गर्न जाने पार्क, नाचघर, सिनेमा हल, बगैँचा, सार्वजनिक शौचालय, खेल मैदान, सभा-सम्मेलनहरू गर्ने ठाउँ, सबै सरकारी कार्यालयहरू, होटेल, बजार वा किनमेल गर्ने ठाउँहरू, सडक, अस्पताल, बैङ्कहरू, विद्यालय, क्यापस, विश्वविद्यालय, मठ मन्दिर, तालिम दिने ठाउँहरू, यातायातका साधन, टेलिफोन सेवा, टेलिभिजन सेवा, इन्टरनेट सेवा, सार्वजनिक धारा आदि हुन् ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search