धारा ३० : चाडबाड मनाउन पाउने र खेलकुद तथा मनोरञ्जनमा भाग लिन पाउने
अन्य व्यक्तिहरूसरह जतिसक्दो धेरै अपाङ्गता भएका व्यक्तिहरूको पनि आफ्नो संस्कृति, चाडबाड मान्न पाउने, खेलहरू खेल्न पाउने र मनोरञ्जन गर्न पाउने अधिकार छ । देशहरूले यो कुरा निश्चित गर्न तल लेखिएका कामहरू गर्नेछन्ः संस्कृति, चाडबाड र मनोरञ्जनका लागि किताब वा पत्रपत्रिका आदि पढ्नका लागि पुस्तकालय सबै अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न सक्ने हुनुपर्छ । टेलिभिजनमा आउने…