Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा ३० : चाडबाड मनाउन पाउने र खेलकुद तथा मनोरञ्जनमा भाग लिन पाउने

November 28, 2019
  • अन्य व्यक्तिहरूसरह जतिसक्दो धेरै अपाङ्गता भएका व्यक्तिहरूको पनि आफ्नो संस्कृति, चाडबाड मान्न पाउने, खेलहरू खेल्न पाउने र मनोरञ्जन गर्न पाउने अधिकार छ ।
  • देशहरूले यो कुरा निश्चित गर्न तल लेखिएका कामहरू गर्नेछन्ः
  • संस्कृति, चाडबाड र मनोरञ्जनका लागि किताब वा पत्रपत्रिका आदि पढ्नका लागि पुस्तकालय सबै अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न सक्ने हुनुपर्छ ।
  • टेलिभिजनमा आउने कार्यक्रम सबै अपाङ्गता भएका व्यक्तिले हेर्न र बुझ्न मिल्ने बनाउनुपर्छ ।
  • सिनेमा हल र नाटक देखाउने वा नाचगान गर्ने ठाउँहरू अपाङ्गता भएका व्यक्तिहरू सहजै पुग्नसक्ने र उपयोग गर्नसक्ने बनाउनुपर्छ ।
  • संग्रहालयहरू अपाङ्गता भएका व्यक्तिहरूले सजिलै जान सक्ने गरी बनाउनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिलाई कवि-कलाकार हुने, आफ्नो सांस्कृतिक क्षमता देखाउने र समाजका लागि योगदान गर्ने बराबर मौका दिनुपर्छ ।
  • नियम र कानुनले अपाङ्गता भएकाहरूका लागि किताब वा सिनेमा जस्ता कुराहरू पहुँचयुक्त हुनुपर्ने कुरामा कुनै बाधा गर्ने छैनन् ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई आफूले सिर्जना गरेका कला र कृतिहरूमा आफ्नो बौद्धिक अधिकार प्राप्त गर्न कुनै कानुनले रोक्न पाउँदैन ।
  • बहिरा संस्कृति र अन्य संस्कृति समान हुनेछन् र बहिराहरूको सांकेतिक भाषाले भाषाको मान्यता पाउनुपर्छ ।
  • साधारण खेलकुदहरूमा सहभागी हुन अपाङ्गता भएका व्यक्तिहरूका लागि सजिलो वातावरण बनाउनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि खेल्न सजिलो र उपयुक्त हुने खेलकुदको विकास गर्ने, आयोजना गर्ने गर्नुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूसमेत सहभागी भएर खेल्न मिल्ने खेलहरूको विकास गर्ने, आयोजना गर्ने र त्यसलाई प्रचार गर्ने गर्नुपर्छ ।
  • मनोरञ्जनस्थल र पर्यटकहरूका लागि निर्माण गरिने ठाउँहरूमा अपाङ्गता भएका व्यक्तिहरू सजिलैसँग जान सक्ने हुनुपर्छ ।
  • विद्यालयभित्र हुने विभिन्न प्रकारका खेलकुद, मनोरञ्जनका क्रियाकलापहरू, अतिरिक्त क्रियाकलाप र विभिन्न प्रतियोगिताहरूमा अपाङ्गता भएका बालबालिकाको बराबर सहभागिता र पहुँच सुनिश्चित गर्ने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search