राष्ट्रिय अपाङ्ग महासँघ नेपाल १५औँ साधारण सभाका तस्बिरहरू

रुपान्तरण चौमासिक पत्रिकाको २०७१ अंक ०१ मा प्रकासित राष्ट्रिय अपाङ्ग महासँघ नेपाल १५औँ साधारण सभाका तस्बिरहरू Picture of NFDN 15th AGM राष्ट्रिय अपाङ्ग महासँघ नेपालको १५औँ साधारण सभाका तस्बिरहरू There are 7 images in this folder                                      …

अगाडी र पछाडीका कभर तस्बिरहरू

रुपान्तरण चौमासिक पत्रिकाको २०७१ अंक ०१ को अगाडी र पछाडीका कभरमा प्रकासित तस्बिरहरू यहाँ प्रकासित गरिएको छ। Rupantaran 207201 Cover Photos Pictures published in cover pages (both front and back) of Rupantaran Issue 2072 01 are posted below. There are 6 images in this folder

नेपालमा होचा पुड्काहरूको अवस्था

सुन्दरी मिश्र नेपालमा सामान्य मानिसहरूको भन्दा कम उचाइ भएका वा शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाहरूको जस्तो कोमल र अपरिपक्‍व शारीरिक बनावट भएकाहरूलाई होचा पुड्का मानिस भनेर चिन्ने गरिन्छ । नेपाल होचा पुड्का संघको विधानमा र नेपाल सरकारको नियममा पनि यसरी नै परिभाषा गरिएको छ । नेपाल सरकारले ४ फुट वा ४७ इन्च उचाइसम्मका व्यक्तिलाई…

बेवास्ताको केन्द्रमा श्रवण-दृष्टिविहीनता

मदन महर्जन नेपाल सरकारले २०६३ को राजपत्रमा स्पष्टरूपमा परिभाषित गरेपछि श्रवण-दृष्टिविहीन अपाङ्गतालाई छुट्टै प्रकारको अपाङ्गताको वर्गीकरणमा पारिएको छ । व्यक्तिले सुन्न र देख्न नसक्ने अवस्था नै श्रवण-दृष्टिविहीनता भएको अपाङ्गता हो । अन्तर्राष्ट्रिय तथ्याङ्क अनुसार १० हजारमा १ जना श्रवण-दृष्टिविहीनता भएका व्यक्ति पर्छन् । नेपालमा पनि २५ सयदेखि ३ हजार जनासम्म त्यस्ता व्यक्ति रहेको अनुमान गर्न सकिन्छ…

साङ्केतिक भाषाको सरकारी मान्यता र त्यसको आवश्यकता

दीपावली शर्मा साङ्केतिक भाषा आम मानसिकता अनुसार आवाजविहीन दृश्य भाषाको रूपमा परिचित होला तर आजको वैज्ञानिक तथा आविष्कारको युगमा अपाङ्गता भएका व्यक्तिहरूको बुझाई प्रस्ट छ कि साङ्केतिक भाषा सुनाइ र बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सञ्चारका लागि पहिलो भाषा हो, जुन बहिराहरूको दैनिक जीवन यापनमा सुन्ने र बोल्ने भाषासरह प्रयोग हुन्छ । यसमा हात र औँलाहरूको…

डाउन सिन्ड्रोम: समस्या र न्यूनीकरण

डा. ललिता जोशी डाउन सिन्ड्रोम सामान्यतया देखिने एउटा मानवीय अवस्था हो, जो क्रोमोसोम २१ को एक बढी प्रतिलिपि पूरा वा टुक्राका रूपमा हुनाको कारणले हुन्छ । सामान्यतया हरेक कोषिकामा यो आनुवंशिक फरक गर्भधारणदेखि नै हुन्छ र डाउन सिन्ड्रोम भएका मानिसलाई बच्चा गर्भमा विकास भइरहँदा, बाल्यावस्था र वयस्क जीवनभरि समेत प्रभाव पारिरहन्छ । लक्षण वा विशेषताको एउटा समूह,…

शारीरिक पुनःस्थापना परिवारबाटै किन ?

देवकला पराजुली अपाङ्गता रहर वा इच्छा होइन । यो बाध्यता हो र यथार्थ हो । कुनै जात, धर्म, लिङ्ग वा क्षेत्रविशेष भनेर यो तोकिएको हुँदैन । जसलाई पर्‍यो पर्‍यो, सार्न वा साट्न मिल्दैन तर बाड्न भने सकिन्छ । अनुभूति गर्न सकिन्छ र सेवा, सुविधा र पहुँचमा अवसर दिन सकिन्छ । अथवा, दया र कृपाभन्दा केही…

अटिजम: पहिचान र उपचार

डा. सुनिता मलेकू अमात्य हाम्रो देशमा विभिन्न जातजाति, धर्म र संस्कृति छन् । अपाङ्गतामा पनि धेरै प्रकार र त्यसमा पनि विविधता छ । हामी अपाङ्गता भन्नेवित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं र सामान्यतया त्यस्ता व्यक्तिहरूको सरलै पहिचान पनि गर्छौं । तर हामीले यो बुझ्नु जरुरी छ कि सबै अपाङ्गता हेर्नेवित्तिकै बुझ्न र पहिचान गर्न सकिंदैन…

भकभकेपन: भ्रम र वास्तविकता

सञ्जयकुमार झा भकभकेपन एक प्रकारको स्वर तथा बोलीसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिहरू बोल्दा बीचमा अड्‍किने वा एउटै अक्षर वा शब्दहरू दोहोर्‍याउने गर्छन् । यो समस्या सामान्यतया कुनै पनि उमेरमा देखा पर्ने भए पनि धेरैजसो बाल्यकालमा बोली र भाषाको विकास सुरु हुने बेलामा देखा पर्ने गर्छ । यो समस्या केटीहरूमा भन्दा केटाहरुमा चारगुणा…

नाता खोज्दै नदीहरू

– नरबहादुर लिम्बू “तेह्रथुमे” सङ्कल्पसँगै उम्रिएर सुदूर लक्ष्यसँगै लहसिएर उ केवल ओरालो बग्छ दक्षिणतिर उर्लन्छ मात्र नामको स्वतन्त्रता मात्र आभासको निर्बन्धता छातीमा च्यापी धङ्गधङ्गीका बुढा बकैनाका रुखहरू जरैबाट उखेल्दै भङ्गालैपिच्छे अँगालो थपेर खोल्सा र कुलेसाहरूलाई स्नेहको चुम्मन बाँड्दै मथिङ्गलहरू सोहोरेर कलुषितताहरूको डङ्गुर उधिन्दै उ आत्मीयता खोज्दैछ उ आफ्नो हराएको नाता पहिल्याउँदैछ । सिमित स्वतन्त्रतामा बाँच्न…