Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा २७ : काम, रोजगारी वा जागिर, स्वरोजगारी गर्न पाउने

November 28, 2019

अन्य व्यक्तिसरह नै अपाङ्गता भएका व्यक्तिहरूको पनि काम गरेर खान पाउने अधिकार छ । यस अन्तर्गतः

  • श्रम बजारमा आफूलाई उपयुक्त लागेको र स्वतन्त्ररूपमा मनपरेको काम रोजेर गर्न पाउने, र
  • खुला, समानरूपमा समावेशी हुनसक्ने र पहुँचयुक्त वातावरणमा काम गर्न पाउने अधिकारसमेत पर्छ ।

 

यसबाहेक देशहरूले अपाङ्गता भएका व्यक्ति र काम गर्ने क्रममा अपाङ्गता भएका व्यक्ति दुवैको काम गरेर खान पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक कानुनहरू समेत बनाएर तल उल्लेखित कामहरू गर्नुपर्छः

  • कानुन बनाएर अपाङ्गता भएका व्यक्तिलाई समान व्यवहार गर्ने र सम्मानित काममा लगाएको सुनिश्चित गर्ने,
  • नियुक्ति, सरुवा, बढुवा, वृत्तिविकास, तलब तथा सुविधा आदिमा अपाङ्गताका आधारमा गरिने भेदभावको अभ्यास र व्यवहारलाई कानुन बनाएर रोक्ने,
  • अपाङ्गता भएका व्यक्तिहरूको समान कामका लागि समान ज्याला पाउने, सुरक्षित ठाउँमा काम गर्न पाउने, दुराचार र दुर्व्यवहारबाट सुरक्षा पाउने, गुनासाहरूको सुनुवाइ हुने र काम गर्ने ठाउँ अपाङ्गतामैत्री हुने अधिकार कानुन र नीति बनाएर निश्चित गर्ने,
  • अरू व्यक्तिहरूसरह नै मजदुर संघ/संगठनमा आबद्ध हुने अधिकार अपाङ्गता भएका व्यक्तिहरूको पनि रहने निश्चित गरिनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो कामसँग सम्बन्धित कार्यक्रम र तालिमहरूमा जान र सक्रियरूपमा सहभागी हुन पाउने कुराको निश्चित हुनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि काम खोज्ने, काम पाउने, काममा बहाल रहने, काममा फर्कनेलगायत श्रम बजारमा अन्य अवसरहरू खोज्ने कुरामा मद्दत गर्ने,
  • अपाङ्गता भएका व्यक्तिलाई आफैं व्यवसाय सुरु गर्न र आवश्यक मद्दत गर्ने,
  • अपाङ्गता भएका कामदारलाई सरकारी कार्यालयहरू र सेवाहरूमा काम दिने,
  • निजी कम्पनीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई जागिर दिन लगाउने र त्यसका लागि आवश्यक मद्दत गर्ने,
  • काम गर्ने ठाउँहरू अपाङ्गता भएका व्यक्तिहरूका निमित्त उपयुक्त र मैत्रीपूर्ण भएको सुनिश्चित गर्ने,
  • रोजगारदाताहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई काममा मौका दिनका लागि उत्साहित गर्ने खालका योजना, नीति र कार्यक्रमहरू लागू गर्ने,
  • देशहरूले बिनाज्याला अपाङ्गता भएका व्यक्तिलाई दास वा बँधुवा बनाएर काम लगाइने छैन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ र यस्तो कार्यलाई कानुन बनाएरै रोक्नुपर्छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search