Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा २८ : राम्रो स्तरको जीवन बाँच्न पाउने ।

November 28, 2019

अपाङ्गता भएका व्यक्ति र तिनको परिवारलाई अन्यसरह राम्रो स्तरको जीवन र बसोवासको व्यवस्था र सामाजिक सुरक्षाको बराबर अधिकार रहने छ र त्यसमा आवश्यकता अनुसार निरन्तर थप सुधारको पनि अधिकार हुनेछ । यस अन्तर्गत पुग्नेगरी खानेकुरा, लत्ताकपडा, वास र सफा पिउने पानीसमेत पर्छन् र यी कुरा अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै किसिमको भेदभाव नगरी उपलब्ध गराउनुपर्छ ।

यसबाहेक देशहरूले अन्य निम्न कुराहरू गर्नुपर्छः

  • अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूलाई पनि स्वच्छ पिउने पानी पाउने व्यवस्था (पहुँच) गरिनुपर्छ । यस्तो पहुँच प्राप्त गर्न आवश्यक उपकरणलगायत अन्य सहयोग गर्नुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरू, त्यसमा पनि विषेश गरी बालिका र केटी (किशोरी) हरू, वृध्द/वृध्दाहरूका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । देशहरूले गरिबी घटाउनका लागि गर्ने कामहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेत समावेश गरेर गर्नुपर्छ ।
  • गरीब अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहुलियत वा छूट, राहत सेवा, आर्थिक सहयोग दिनुपर्छ ।
  • सरकार वा निजी क्षेत्रबाट निर्माण वा सञ्चालन गरिने बसोवाससम्बन्धी कार्यक्रम र योजनाहरूमा, सबैलाई बस्नका लागि भनेर निर्माण गरिने घरहरू आदिमा अपाङ्गता भएका व्यक्तिहरूको समेत सहज पहुँच सुनिश्चित गनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूले पनि अन्य व्यक्तिहरू जस्तै जागिर सकिएपछिको पेन्सन प्राप्त गर्ने बराबर अवसर हुनुपर्छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search