Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा २४ : शिक्षा लिन पाउने

November 28, 2019

सबै अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा (पढ्न, लेख्न, तालिम लिन) पाउने अधिकार हुनेछ र यो कुरा देशहरूले सुनिश्चित गर्नेछन् । अरू व्यक्तिसरह सबै अपाङ्गता भएका व्यक्तिहरूले समानरूपमा शिक्षा लिन पाउने अधिकार सुनिश्चित गर्न देशहरूले तल उल्लेखित कामहरू गर्नुपर्छः

  • देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अरूसरह मुलधारका विद्यालय, कलेज वा शैक्षिक संस्थामा गएर पढ्न पाउने अवसर सुनिश्चित गर्नुपर्छ ।
  • अपाङ्गता भएकै आधारमा कसैलाई पनि कुनै पनि प्रकारको शिक्षा लिन पाउने अधिकारबाट अलग्याइने छैन ।
  • अपाङ्गता भएका व्यक्तिहरूले अन्यसरह नै स्थानीय विद्यालय वा शैक्षिक संस्थामा गएर राम्रो शिक्षा लिन पाउनेछन् ।
  • प्राथमिक वा माध्यमिक शिक्षा नि:शुल्क प्राप्त गर्न पाउनेछन् ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालयमा अन्यसरह विभिन्न गतिविधिहरूमा समावेश हुन वा सहभागी हुन, सिक्न र पढ्न आवश्यक पर्ने सबै सहयोगहरू हरसम्भव उपलब्ध गराइनेछ ।
  • विद्यालय वा शैक्षिक संस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई सिक्न, पढ्न मद्दत गर्ने ब्रेल लिपि, अन्य बैकल्पिक लिपि, साङ्केतिक भाषा, अन्य उपयुक्त सञ्चारका माध्यमहरू, हिँडडुल गर्न सिकाउने तालिम, दौँतरीबाट सिक्ने कला र अन्य आवश्यक परामर्शहरूलाई सहज बनाउने,
  • दृष्टिविहीन, बहिरा, श्रवण-दृष्टिविहीन र त्यसमा पनि विशेष गरेर बालबालिकाहरूलाई सिक्न मद्दत हुने उपयुक्त भाषा र तरिका अपनाउने,
  • अपाङ्गताको प्रकृति, गम्भीरता र अवस्था अनुसार सिकाइ आवश्यकता पहिचान गरेर त्यस्ता आवश्यकता अनुसार शिक्षा दिने व्यवस्था गर्ने,
  • मानिसहरूलाई साङ्केतिक भाषा सिकाउनु पर्ने र यसलाई बहिरा समुदायको भाषाको रूपमा विकास गर्नुपर्ने,
  • शिक्षकहरूसँग अपाङ्गता भएका व्यक्तिहरूको समेत सिकाइ आवश्यकता बुझेर शिक्षा दिनसक्ने सही सीप भएको निश्चित गर्नुपर्छ । त्यसका लागि शिक्षकहरूलाई उपयुक्त तालिम र प्रशिक्षणहरूको व्यवस्था गर्ने र यस्ता प्रशिक्षणहरूमा अपाङ्गतासम्बन्धी चेतना र ज्ञान, अपाङ्गता भएका व्यक्तिहरूसँग सञ्चार गर्ने तरिका, भाषा, माध्यम वा उपायहरू, सञ्चारसम्बन्धी प्रविधिहरू, शिक्षण प्रविधि, बैकल्पिक उपायहरू जस्ता विषयवस्तु समावेश गर्ने,
  • अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य शिक्षा लगायत प्रौढ शिक्षा, व्यावसायिक तथा सीपमूलक शिक्षा आदि दिन उपयुक्त सहयोग र अनुकूलता प्रदान गर्नुपर्छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search