धारा १६ : नराम्रो व्यवहार, हिंसा, अनुचित प्रयोग र शोषण हुनेछैन

देशहरूले अपाङ्गता भएका व्यक्तिलाई घरभित्र र बाहिर दुवै ठाउँमा हिंसा र शोषणमा पर्न वा अनुचित प्रयोगको शिकार हुनबाट जोगाउन आवश्यक नियम र कानुनहरू निर्माण गरी लागू गर्नै पर्छ । यसो गर्दा महिला वा पुरूष भएकै कारणबाट हुने हिंसाका कुरालाई समेत ध्यान दिनुपर्छ । त्यो कामका लागि आवश्यक व्यवस्था मिलाउने, कानुन बनाउने, कर्मचारीलगायत सबैलाई शिक्षा तथा…

धारा १५ : अमानवीय यातना दिन र अमानवीय व्यवहार गर्न नपाइने

अपाङ्गता भएका व्यक्तिलाई यातना दिन वा कुनै पनि प्रकारको अमानवीय व्यवहार गर्न वा अपमान गर्न पाइँदैन । अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र सहमति नभएसम्म जवरजस्ती उनीहरूमाथि कुनै पनि प्रकारको वैज्ञानिक प्रयोगहरू, जस्तैः औषधिमूलोको अनुसन्धान आदि गर्न पाइँदैन । औषधि उपचारका नाममा उनीहरूलाई कुनै पनि प्रकारको प्रयोग जबरजस्ती भोग्न बाध्य गराउन पाइँदैन । अरू व्यक्तिहरूसरह नै अपाङ्गता…

धारा १४ : स्वतन्त्र र सुरक्षित रहन पाउने

न्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूले पनि स्वतन्त्रता र सुरक्षाका सबै अधिकारहरू उपयोग गर्न पाउने कुरा देशहरूले सुनिश्चित गर्नुपर्छ । अपाङ्गता भएकै कारणले कुनै व्‍यक्तिलाई थुनामा राख्न वा उसका व्यक्तिगत स्वतन्त्रताहरू खोसेर राख्न पाइँदैन । अर्थात, उसलाई हिँडडुल गर्न, विचार राख्ने, अन्यसरह अवसरहरू लिने जस्ता स्वतन्त्रताहरूबाट अलग राख्न पाइँदैन । तर, कानुनले कुनै विशेष कारण वा…

धारा १३ : न्याय पाउने

अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह न्यायका लागि अदालतमा जाने अधिकार हुन्छ । अरूलाई अदालत लैजाने वा अन्य व्यक्तिसरह अदालतमा के भइरहेको छ भन्ने थाहा पाउने र त्यसमा भाग लिने समान अधिकार हुन्छ । अपाङ्गता भएका व्यक्तिहरू अन्यसरह साक्षी बस्न पाउँछन् । यस्ता अधिकारको प्रयोग गर्न र कानुनी सेवा लिन कुनै प्रकारको विशेष वा थप सहायता…

धारा १२ : कानुनद्वारा समान व्यवहार गरिने

कानुनका अगाडि अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह समानरूपमा पूर्ण व्यक्तिको मान्यता दिने कुरा देशहरू स्वीकार गर्छन् र यसलाई सुनिश्चित गर्छन् । आफूलाई अन्याय पर्दा वा अन्य विभिन्न परिस्थितिहरूमा अरू व्यक्तिहरूसरह अपाङ्गता भएका व्यक्तिहरूले आफूले चाहेको बेलामा कानुनले तोकेका अधिकार र व्यवस्थाहरूको समानरूपमा प्रयोग गर्न पाउँछन् । यस्ता व्यवस्था र अधिकारहरूको प्रयोगमा उनीहरूलाई कुनै रोकावट, अवरोध…

धारा ११ : आपतकालको अवस्था

लडाइँ, आतङ्कवादी हमला, बाढी, पहिरो, भूकम्प, महामारी जस्ता खतरनाक र आपतकालका बेलामा अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह नै सुरक्षित हुन पाउने अधिकार छ । तसर्थ, यस्तो बेलामा देशहरूले अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा र संरक्षणका लागि विशेष उपायहरू अपनाउनुपर्छ ।

धारा १० : बाँच्न पाउने अधिकार

हरेक व्यक्तिलाई बाँच्न पाउने अधिकार हुनेछ र अपाङ्गता भएका व्यक्तिलाई समेत यो अधिकार छ । अपाङ्ता भएका व्यक्तिहरूलाई अरू मानिसहरू जत्तिकै बाँच्ने अधिकार छ भन्ने कुरा सबै देशले स्वीकार्नुपर्छ र यसलाई निश्चित गर्नुपर्छ ।

धारा ९ : सबै ठाउँमा अरूसरह पुग्न सकिने वा भौतिक सेवा सुविधा र सञ्चार सेवा सजिलै उपयोग गर्न पाउने

१‍‌. अरू मानिसहरूसरह अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर भएर बाँच्न सक्ने र दैनिक जीवन चलाउन सक्ने बनाउन वरिपरिका भौतिक सेवा सुविधा, यातायात र सञ्चारका प्रणालीहरू देशहरूले अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न मिल्ने गरी बनाउनुपर्छ । अपाङ्गता भएका व्यक्तिहरूले सजिलैसँग यस्ता सेवा सुविधा प्रयोग गर्न पाएका छन् कि छैनन्, प्रयोग गर्न पाएका छैनन् भने के कुराले…

धारा ८ : मानिसहरूलाई अपाङ्गताका बारेमा सूचना, जानकारी दिने र समाजमा चेतना बढाउने ।

अपाङ्गताका बारेमा जनमानसमा चेतना फैलाउन, सही जानकारी गराउन र सूचना दिन देशहरूले तल उल्लेख गरिएका कामहरू गर्नुपर्छः अपाङ्गता भएका व्यक्तिहरूले के कस्ता अधिकारहरूको उपयोग गर्न पाउँछन् भन्ने बारेमा परिवार र समाजमा जानकारीहरू गराउने, अपाङ्गता भएका व्यक्तिहरूका लागि हेला र अपमान जनाउने परम्परादेखि चल्दै आएका व्यवहार, शब्दहरू र उनीहरूलाई हानी हुने खालका काम र व्यवहारहरूलाई निषेध…

धारा ७ : अपाङ्गता भएका बालबालिकाको अधिकार

देशहरूले अपाङ्गता भएका बालबालिकाहरूले अन्य बालबालिकाले जस्तै सबै हक अधिकार उपयोग गर्न पाउँछन् भन्ने कुरा स्वीकार्नुपर्छ र उनीहरूलाई ती सबै अधिकार उपयोग गर्न दिन सबै उपाय अपनाउनुपर्छ । अपाङ्गता भएका बालबालिकालाई अन्य बालबालिकासरह समान हैसियत दिनुपर्छ र समान व्यवहार गर्नुपर्छ । अपाङ्गता भएका बालबालिकाहरूका लागि कुनै पनि काम गर्दा वा निर्णय लिँदा के गर्दा उनीहरूको…