Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा ८ : मानिसहरूलाई अपाङ्गताका बारेमा सूचना, जानकारी दिने र समाजमा चेतना बढाउने ।

November 28, 2019

अपाङ्गताका बारेमा जनमानसमा चेतना फैलाउन, सही जानकारी गराउन र सूचना दिन देशहरूले तल उल्लेख गरिएका कामहरू गर्नुपर्छः

  • अपाङ्गता भएका व्यक्तिहरूले के कस्ता अधिकारहरूको उपयोग गर्न पाउँछन् भन्ने बारेमा परिवार र समाजमा जानकारीहरू गराउने,
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि हेला र अपमान जनाउने परम्परादेखि चल्दै आएका व्यवहार, शब्दहरू र उनीहरूलाई हानी हुने खालका काम र व्यवहारहरूलाई निषेध गर्न, रोक्नका लागि सूचना र जानकारीहरू गराउने,
  • अपाङ्गता भएका व्यक्तिहरूको समाजमा इज्जत र सम्मान बढाउने खालका जानकारी र चेतना फैलाउने,
  • सबैलाई अपाङ्गता भएका व्यक्तिहरूले के कस्ता कार्य गर्न सक्छन् भनेर देखाउने छन्,
  • अपाङ्गता भएका व्यक्तिहरूले गरेका राम्रा र उदाहरणीय कामहरूका बारेमा सबैलाई जानकारी दिने,
  • अपाङ्गतासँग सम्बन्धित नकारात्मक विचारहरूलाई हटाउने र सकारात्मक कुराहरूको मात्र प्रचार गर्ने,
  • अपाङ्गता भएका व्यक्तिहरूको सीप र क्षमतालाई स्वीकार गर्ने र विभिन्न काम र श्रम गर्न मौकाहरू दिने,
  • विद्यालयमा पढ्ने सबै बालबालिकालाई अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका बारेमा सिकाउने र उनीहरूलाई हेला गर्नु हुँदैन र सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गराउने,
  • अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सञ्चार माध्यमहरूबाट सही ढंगबाट प्रस्तुत गर्ने/गराउने,
  • अपाङ्गतासम्बन्धी चेतना जगाउने कामहरूलाई व्यापक रूपमा फैलाउने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search