प्रेश विज्ञप्ती
०७९/०८०/४८
संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । जनगणना २०६८ का अनुसार नेपालमा ७९,३०७ जना बहिरा व्यक्तिहरुले हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरूमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकिरहेका छैनन् । सांकेतिक भाषाको पर्याप्त विकासको कमीले शिक्षा, रोजगारी, सहभागिता, तालिम, स्वास्थ्य सेवा जस्ता आधारभूत अधिकारहरूबाट वहिरा व्यक्तिहरु बञ्चित छन् । नेपालमा नेपाली सांकेतिक भाषाको सुरूवात भएको लगभग ३ दशक हुन लाग्दा पनि यसको अपेक्षाकृत विकास र प्रसार हुन सकेको छैन । नेपालको संविधान २०७२ मा बहिरा व्यक्तिहरूले सांकेतिक भाषामा सिक्न, शिक्षा लिन र संचार गर्न पाउने हकको कार्यान्वयनका लागि भाषाको विकास र प्रवर्द्धनमा नगण्य प्रयास भएको छ । संचारको बृहत क्षेत्रलाई सिमित शब्द भण्डार र संकेतबाट पुरा गर्न नसक्दा बहिरा नागरिकहरू ठुलो विभेदमा परेका छन् । तसर्थ आज परेको यो सांकेतिक भाषा दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार नेपाल लगायत विश्वभरिका बहिरा व्यक्ति र वहाँहरूको संचारमा सहयोग गर्ने सबै व्यक्ति तथा निकायहरूप्रति प्राप्त उपलब्धीहरूप्रति गर्व गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ । अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको कार्यान्वयनको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघीय सिआरपिडी समितिले नेपाल सरकारकालाई गरेको सिफारिशको कार्यान्वयन भए मात्र साच्चै सांकेतिक भाषा दिवसको सार्थकता हुनेछ । साथै नेपालमा सांकेतिक भाषालाइ वृहत र व्यापक बनाउँदै यसलाई राष्ट्रिय मान्यता प्रदान गर्न यसको विकास र प्रसारको लागि तत्काल संस्थागत पहल सुरू गर्न सरकारसँग माग गर्दछ ।
धन्यवाद !
मिति २०७९ असोज ७ गते
राजु बस्नेत
महासचिव