अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण

२०७९ साल, चैत १६ गते, अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन १५ जिल्लामा समपन्न गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको…

सरल भाषा सम्बन्धी बौद्धिक अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय सेमिनार

२०७९ साल माघ २० गतेका दिन  बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूले काठमाडौमा पढ्न वा बुझ्न सरल भाषा सम्बन्धी राष्ट्रिय सेमिनार आयोजना गरे । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित परियोजना “हामीलाइ पनि समावेश गर” अन्तर्गत गठन गरिएको बौद्धिक अपाङ्गता भएका यूवाहरूको एक समुह “सरल भाषा सम्पादन समुह” ले उक्त कार्यक्रमको आयोजना गरेको हो…

आगामी तिन बर्षकालागी महासंघको ‍कार्यदिशा

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य नेतृत्वको नवनिर्वाचित कार्यसमितीले आगामी ३ वर्षको लागि सँस्थाको कार्यदिशा तयार गरेको छ । यस कार्यदिशालाई डाउनलोड गरेर वा यसै वेभसाईट मार्फत पनि पढ्न सकिन्छ । डाउनलोड लिङ्क कार्यदिशाको पूर्णपाठ वेबसाईटको यसै पृष्ठबाट समेत पढ्न सकिन्छ । निम्न अनुसार रहेका विभिन्न शिर्षकमा थिचेर, कार्यदिशाको सो खण्ड पढ्न सकिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्धनको लागि “अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस” सन १९९२ देखि मनाउन थालिएको हो । यो दिवस हरेक डिसेम्बरको ३ तारिखमा मनाइन्छ । नेपालमा पनि यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो । हरेक बर्ष नेपाल  सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व, राष्ट्रिय अपाङ्ग…

समावेशी शिक्षाका लागि नेपालगञ्ज घोषणा पत्र २०७९

अपाङ्गता भएका वालबालिकाहरुको समावेशी शिक्षाका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत अपाङ्गताको क्षेत्रमा काम ११ वटा संस्थाका १४ वटा संस्थाका ३४ जना  प्रतिनिधिहरुको तीन दिने कार्यशाला होटेल सेन्टर प्लाजा कोहलपुर बाँकेमा सम्पन्न भएको छ ।

२१औँ वार्षिक साधारण सभा तथा ९औँ माहाधिवेशनमा भाग लिने सदस्य संस्थाहरुको नामावली

उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७९ भाद्र २२ को निर्णय अनुसार महासंघको ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा नेपालगञ्जमा आयोजना हुन गइरहेको विदितै छ । उक्त महाधिवेशन तथा वार्षिक साधारण सभामा भाग लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) को परिच्छेद ३ को दफा ९ अनुसार अनुसार योग्यता पुगेका सम्पूर्ण…

अपाङ्गता मैत्री बिद्युतीय मतदान मेशिन उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सूचना ।

अपाङ्गता मैत्री बिद्युतीय मतदान मेशिन उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सूचना । पृष्ठभूमी यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्बिनी प्रदेश बाँके जिल्लाको नेपालगञ्जमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१औँ साधारणसभा तथा ९ औँ महाअधिवेशन हुनगैरहेको र उक्त महाअधिवेशनबाट महासंघको नयाँ संघीय कार्यसमितिको निर्वाचन समेत हुने भएको हुनाले मुख्य गरेर निर्वाचनको…

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशन सम्बन्धी सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ अधिवेशन सम्बन्धी सूचना राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशन यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्विनी प्रदेश, बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरिएको हुनाले महासंघको विधानको परिच्छेद ३ को  दफा ९ अनुसार अनुसार नवीकरण, आवद्धता…

हार्दिक शुभकामना

मिति २०७९/०५/१५ गते प्रजातन्त्रको पुनर्थापना पश्चात् जारी नेपाल अधिराज्यको संविधान २०४७ ले सुनिश्चित गरेका अधिकार प्रयोग गर्दै अपांगता क्षेत्रका तत्कालीन अभियन्ता र समाजसेवी सवैको पहलमा श्री निर्मल कुमार देवकोटाको नेतृत्वमा बिक्रम संवत् २०५० साल भाद्र १५ गते राष्ट्रिय अपांग महासंघ नेपालको स्थापना भइ यस संस्थाले अपाङ्गता भएका व्यक्तिको अधिकार र हितको लागि निरन्तर काम गरेको…