अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको शुभकामना सन्देश

संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखी अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सम्मान गर्दै संसारभरि हरेक वर्ष मनाउने गरिएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको आज हामी २९औँ सृङ्खलामा आइपुगेका छौँ । “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने मुल राष्ट्रिय नारा र Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19 भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यस वर्षको दिवस विभिन्न गतिविधि सहित मनाइँदै छ । तसर्थ यस महत्वपूर्ण घडीमा सम्पूर्ण नेपाली तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, सेवा प्रदायक, अपाङ्गता भएका व्यक्तिको हक अधिकारको लागि लागि परेका सरकारी निकाय, राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, साझेदार निकाय, नागरिक समाज, पत्रकार वुद्धिजीवी, नीजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कोभिड सेचतना सम्बन्धी सचेतनात्मक रेडियो सन्देशहरु

बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजा Covid -19 Response , Bridging (TO 16)  अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदै आइरहेको छ । 

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७  नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।

सहायक सामग्रीहरूमा भन्सार छुट (Free Customs Charges for Assistive Devices)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सहायक सामग्री जस्तै : ह्विलचियर, बैसाखी, कृत्रिम खुट्टा, सेतो छडी, बहिराहरूका लागि चाहिने…

सहायक सामग्रीहरू प्रदान गर्ने (Distribution of Assistive Devices)

(नीति तथा कार्ययोजनामा उल्लेखित व्यवस्था) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सामग्रीहरू राज्यबाटै अधिकारका रूपमा पाउने प्रावधान रहेको छ । सुविधाका…

स्थानीय स्तरमा बजेटको व्यवस्था (Provisions for Budget Allocation in Local Level)

(स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा वार्षिक नीति तथा कार्यक्रम मार्फत् निरन्तरता दिइएको ) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूको हित र विकासका लागि…

अपाङ्गता भत्ताको व्यवस्था (Provisions for Disability Allowances)

(कानुनमा उल्लेखित एवं वार्षिक नीति तथा कार्यक्रम मार्फत निरन्तरता दिइँदै आएको) सुविधा : नेपाल सरकारले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि र अति…

आवास तथा जग्गाको व्यवस्था (Provision for Shelter and Land)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : घरजग्गा तथा आवास नभएका अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यले सो व्यवस्था मिलाइदिनसक्ने प्रावधान छ । सुविधाका हकदार नेपाल…

अनाथालय तथा सुस्त मनस्थिति केन्द्रको स्थापना तथा सञ्चालन (Establishment of Orphanage and Center of Persons with Intellectual Disability)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : आवश्यकताअनुसार सुस्त मनस्थिति केन्द्रहरू तथा अनाथालयहरूको व्यवस्था राज्यले गरिदिने कानुनी प्रावधान रहेको छ । सुविधाको हकदार : नेपाल…