अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमको तालिका

अन्तर्राष्ट्रिय नाराः Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19
राष्ट्रिय मुल नाराः “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता”  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा संचालन गरिने विभिन्न सप्ताहव्यापी कार्यक्रमको तालिका

अपाङ्गता भएका व्यक्तिहरुको २९औं अन्तर्राष्ट्रिय दिवसको नारा सम्बन्धमा

अपाङ्गता भएका व्यक्तिहरुको २९औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तय भएका नाराहरुः अन्तर्राष्ट्रिय नारा “Building Back Better: toward a disability-inclusive, accessible, and sustainable post-COVID-19 World”…

Vacancy: Program Assistant in Provincial Office

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking qualified personnel for the following position to work in its office at Butwal (Lumbini Province)

डि पि ओ प्रतिनिधिहरुका लागि “समावेशी कोविड-१९ प्रतिकार्य व्यवस्थापन” तालिम!

विश्वमा फैलिरहेको कोविड-१९ महामारीलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महसंघ नेपालको आयोजनामा पाँच दिने “समावेशी कोविड-१९ प्रतिकार्य व्यवस्थापन” तालिम असोज २६ गते सफलता पुर्वक…

 अन्तर्राष्ट्रिय  मस्तिष्क पक्षघात दिवस सम्बन्धी प्रेश विज्ञप्ती

मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यस बाट प्रभावित भएको देखिन्छ l मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिएको तथ्य अहिले पनि हाम्रासामु देखिन्छन् l  

कोभिड सेचतना सम्बन्धी सचेतनात्मक रेडियो सन्देशहरु

बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजा Covid -19 Response , Bridging (TO 16)  अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदै आइरहेको छ । 

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको प्रमुख आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूको अध्यक्षतामा, मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिव लगायत विभिन्न प्रतिनिधिज्यूहरु, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष ज्यूहरु,महासंघका देशैभरीका आवद्ध अपाङ्गता क्षेत्रका संघसंस्थाहरु, अपाङ्गताका वर्गीय महासंघ र सदस्य संस्थाहरु स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका साझेदार सस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत गैरसरकारी संघ सस्थाहरु, विभिन्न संचारकर्मी ज्यूहरु गरी ३०० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रेश विज्ञप्ती

जीवनका विविध पक्षहरूमा सहभागी हुन, सिक्न, काम गर्न र दैनिक जीवन संचालन गर्न मानव जीवनमा संचारको ठूलो महत्व हुन्छ । संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । बहिरा व्यक्तिहरूको लागि एक आपसमा संचार गर्न र सुन्ने समुदायसँग संचार गर्न सांकेतिक भाषाको प्रयोग गर्छन् । तर हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरू आबाजमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकेका छैनन् ।

राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सवाल विषयक अन्तरकृया कार्यक्रम

“मेरो गणना मेरो सहभागीता” भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र केन्द्रीय तथ्याकं बिभागको संयुक्त अयोजनामा माइराइट नेपालको सहयोगमा राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गताका भएका व्यक्तिहरूको सवाल  बिषयमा छलफल बृहत अन्तर्कृया कार्यक्रम  भर्चुअल माध्यमबाट मिति २६ भाद्र २०७७  मा सम्पन्न भएको थियो ।  केन्द्रिय तथाङ्क विभागबाट महानिर्देशक श्री नेविन लाल श्रेष्ठ ज्यूको अध्यक्षता संचालित यस बृहत अन्तर्कृया कार्यक्रममा विभागका कर्मचारी, युएनफपीए, युएनका प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय, प्रादेशिक पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा कर्मचारी, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष, दश वर्गीय स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र अपाङ्गता क्षेत्रमा सक्रिय रूपमा कार्यरत अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरु र पत्रकारहरु गरी १३९ जनाको सक्रिय सहभागितामा रहेको थियो ।