राष्ट्रिय अपाङ्ग महांसघ नेपाल गण्डकी प्रदेशको २०७७/०७८ सम्म नवीकरण भएका र २०७८ श्रावन देखि २०७८ पौष १४ सम्म नयाँ आबद्ध र पुन आवद्ध भएका सदस्य संस्थाहरुको लागि जारी गरिएको सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकि प्रदेश कार्य समितिको मिति २०७८ पौष १३ गते पोखरामा बसेको ११औँ पूर्ण बैठकले यस समितिको दोस्रो अधिवेशन आगामि पौष २९ र ३० गते पोखरामा आयोजना गर्ने निर्णय गरेको कुरा जानकारि गराउन चाहन्छौँ। उक्त अधिवेशनका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५० पांचौँ सम्सोधन २०७४ को दफा ११ को उपदफा १ (क) अनुसार संस्थाबाट एक जना महिला र एक जना पुरुष प्रतिनिधि, पत्र प्राप्त भए पश्चात बसेको कार्य समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थाको आधिकारिक लेटर प्याडमा अध्यक्ष वा सचिवले हस्ताक्षर गरेको पत्र, प्रतिनिधिको अपाङ्गता परिचय पत्रको प्रतिलिपि र २ प्रति फोटो र प्रतिनिधि फाराम भरि आगामि पौष २५ गते भित्र महासंघ गण्डकी प्रदेश कार्यालय तेर्सापट्टि पोखरा वा gandaki@nfdn.org.np मा पठाइदिनु हुन अनुरोध गरिन्छ । २५ गते भन्दा पछाडि प्राप्त प्रतिनिधिलाइ अधिवेशनमा सहभागि गराइने छैन ।
दुवै जना प्रतिनिधिहरू पुरुष भएको खण्डमा १ जनालाइ मात्र मान्यता दिइनेछ तर दुवै जना महिला प्रतिनिधि भएको खण्डमा भने दुवै जना प्रतिनिधिको रूपमा सहभागि गराइनेछ ।
सहयोगिको हक मा अति आवश्यक पर्ने व्यक्तिको अवस्था हेरेर मात्र उपलब्ध गराइनेछ ।
प्रतिनिधिको व्यवस्था
१. ५१% भन्दा माथि अपाङ्गता भएका व्यक्तिहरु कार्यसमितिमा भएको संस्था – १ जना प्रतिनिधि
२. १००% अपाङ्गता भएका व्यक्तिहरु कार्यसमितिमा भएको संस्था – २ जना प्रतिनिधि (महिला द्वारा संचालित संस्था बाहेक अन्य संस्था बाट २ जना मध्य १ महिला अनिवार्य )
३. ५१% भन्दा कम अपाङ्गता भएका व्यक्तिहरु कार्यसमितिमा भएको संस्था – १ जना पर्यवेक्षक
कार्यक्रम विवरण
दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभा कार्यक्रम
२०७८-०९-२९
१ बजे प्रतिनिधिहरूको आगमन | १ बजे देखि ३ बजे सम्म प्रतिनिधि प्रमाणीकरण |
३ बजे अधिवेशन उद्घाटन कार्यक्रम | |
२०७८-०९-३०
बिहान ८ बजे बन्दसत्र सुरु | ११ बजे निर्वाचन कार्यक्रम प्रारम्भ |
प्रस्तावहरु
- प्रगति प्रतिवेदन तथा भावि कार्यक्रम छलफल र अनुमोदन
- आर्थिक प्रतिवेदन तथा अनुमानित आय व्यय विवरण छलफल र अनुमोदन
- लेखा परिक्षक नियुक्ति सम्बन्धमा।
- कार्य समितिको निर्वाचन सम्बन्धमा। \
फारम यहाँ डाउनलोड गर्नुहोलाः