अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रेस बैठक
अन्तर्राष्ट्रीय अपाङ्गता दिवस प्रत्येक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकाशमा उनीहरुको समावेशिताका लागि कार्य गर्न मनाइन्छ।
२९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा महिला, बालबालिका र वरिष्ठ नागरिक मन्त्रालयले मंसिर १७ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडीएन) सँगको समन्वयमा एक भर्चुअल प्रेस बैठक आयोजना गर्यो । जूम प्लेटफर्ममा सन्चालित प्रेस बैठकमा राष्ट्रिय मिडिया, अपाङ्गता भएका व्यक्तिहरुको संस्था, संघीय र प्रादेशिक समितिका पदाधिकारीको उपस्थिति थियो। प्रेस बैठकमा महासचिव राजु बस्नेतले अपाङ्गता क्षेत्रमा वर्षौंको उपलब्धीमा प्रकाश पार्दै अपाङ्गताका मुद्दाहरूलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
उक्त्त बैठकमा संचारकर्मीहरुले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडीएन) को अपाङ्गता समावेशी अभियान, न्युन प्रतिनिधित्वका साथै अङ्ग ह्रास भएका समूहहरूको उत्थान गर्ने योजना, र आगामी जनगणना २०७८ (२०२१) मा वाशिंगटन समूहले तयार पारेको छोटो प्रश्नावलीको प्रयोगको बारेमा चासो ब्यक्त गरे।
महासचिवले जोड दिनुहुँदै “आवाजको शक्ति” लाई कमजोर पार्न सकिदैन र अपाङ्गता भएका व्यक्तिहरुको सवालमा उनिहरुकै नेतृतवलाई जोड दिइयो भने उनिहरुको सशक्तीकरण र दिगो विकास हुन्छ भन्ने कुरा राष्ट्रिय, अन्तर राष्ट्रिय सन्जालमा कुरा राख्दै आएको बताउनु भयो । आगामी राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता समावेशी तथ्याङ्कको आवश्यकता सम्बन्धी बुझाइमा जोड दिइएको, बिषयगत प्रतिबेदनको प्रस्तुतिकरणमा प्रभाव पार्न निरन्तर जारी रहेको बताउनु भयो।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले आफ्नो मन्तब्यको क्रममा अपाङ्गता मुद्दाहरू उठाउनमा मिडियाको भूमिकालाई जोड दिए । उनले अपाङ्गता अप्रत्याशित हो र जीवनको जुनसुकै उमेरमा पनि हुन सक्दछ भन्नेमा जोड दिए, अपाङ्गता भएका व्यक्तिहरुलाई परिवार समुदायको अभिन्न अङ्गको रूपमा लिनुपर्दछ। विकास एजेन्डामा अपाङ्गतालाई मुख्य प्रवाहमा प्राथमिकताका साथ राख्नु पर्दछ ।
यसबाहेक, एनएफडीएनले अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अन्तर्गत २ डिसेम्बरदेखि १० डिसेम्बरसम्म नौ दिने कार्यक्रमको राष्ट्रिय नाराः “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता” साथ उत्सव मनाउने छ । एफडीएनले मुख्य मुद्दाहरूमा सचेतना जगाउन डिजिटल प्लेटफर्म मार्फत कार्यक्रमहरू श्रृंखला बद्ध रुपमा आयोजना गर्नेछ ।
The International Day of Persons with Disabilities (IDPD) is annually observed on 3 December to promote the full and equal participation of persons with disabilities and to take action for the inclusion of persons with disabilities in all aspects of society and development.
To commemorate the 29th International Day of Persons with Disabilities, a virtual press meet was organized on 2 December by Ministry of Women, Children and Senior Citizen in coordination with NFDN. National media, Organization of Persons with Disabilities, NFDN Federal and provincial bearers attended the virtual press meet. During the press meet, General Secretary Raju Basnet, highlighted the achievements made over the years in the disability sector and detailed the disability issues to be addressed collectively.
Media persons raised concern regarding NFDN’s disability inclusive efforts, plans to uplift under-represented impaired groups, and on the usage of Washington Group Questionnaire in the upcoming census 2078 (2021).
General Secretary emphasized that, “power of voice” cannot be underestimated and enhancing voice of persons with disabilities on issues concerning them is empowering and more sustainable. Regarding disability inclusive data, he explained NFDN’s relentless effort to influence disability-disaggregated data and production of thematic report in the upcoming census.
NFDN President Mitra Lal Sharma, during his final remarks reiterated Media roles in raising awareness on disability issues. He emphasized that, disability is unpredictable and can happen at any age, persons with disabilities should be taken as a part of family, society. Mainstreaming disability in development agenda should be a priority.
Furthermore, NFDN will mark the celebration with a nine-day programme from 2 December to 10 December under the international theme: “Building back better: towards an inclusive, accessible and sustainable post COVID-19 world” by, for and with the persons with disabilities”. NFDN will organize a series of events utilizing digital platform to raise awareness on cross cutting issues.
Banner of press meetPRESS_MEET_IDPD_2 Dec 2020