Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

‘मलाई गणना गर, समावेश गर’ अभियानको परिचय

December 11, 2019December 11, 2019

Nir Shrestha

Count Me, Include Me अर्थात् ‘मलाई गणना गर, समावेश गर’ अभियान अपाङ्गता भएका युवाको सक्रियता र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको समन्वयमा राष्ट्रियरूपमा सुरु गरिएको छ । देशका सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र पहुँच स्थापित गराउनु यस अभियानको प्रमुख उद्देश्य रहेको छ ।

मुलुकका सबै स्थानीय, प्रादेशिक र केन्द्र सरकारका साथै तिनका मातहत सबै निकायमा अनि गैर सरकारी तथा निजी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच तथा सहभागिता स्थापित गराई उनीहरूका अधिकार तथा सवालहरूलाई स्थापित गराउने वातावरण सिर्जना गर्नु यस अभियानको दीर्घकालीन लक्ष्य रहेको छ ।

मानव अधिकारसम्बन्धी विश्वव्यापि घोषणापत्र होस् वा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि होस् अनि संयुक्त राष्ट्रसङ्घ (UN) द्वारा अनुमोदन भई विश्वभरि कार्यान्वयनमा रहेको २०३० एजेन्डा होस्, सबैको मूल मर्म भनेको  सबै मानव समान हुन् र कसैलाई पनि कुनै पनि आधारमा पछाडि पार्नु हुन्न भन्ने नै हो ।

यी सबैको पक्षधर राष्ट्र  बनेको नेपालमा भने अपाङ्गता भएका व्यक्तिहरूको स्थिति भने अझै नाजुक रहेको छ । यस अघि गरिएका आन्दोलन, पैरवी तथा वकालतबाट केही सकारात्मक उपलब्धि हासिल भए पनि सङ्घीयताको उदयसँगै आएको राज्यको नयाँ पुनःसंरचनाका कारण प्राप्त उपलब्धिहरू गुम्ने स्थिति सिर्जना भएको छ ।

विक्रम संवत २०६८ को जनगणनाले नेपालमा करिब १.९४ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको कुरा जनाएको थियो भने WHO ले करिब १५ % व्यक्तिहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता  रहेको पाइएकाे छ, जुन दुवै कुरा हाम्रा लागि स्वीकार्य छैन । वास्तविक तथ्याङ्कको अभावकै कारण आज सरकारी नीति तथा कार्यक्रम र बजेटदेखि लिएर गैरसरकारी तथा निजी क्षेत्रबाट सञ्चालन हुने हरेक कार्यक्रममा अपाङ्गता वर्ग छुटिरहेको छ ।

यही तीतो सत्यलाई गम्भीर चिन्तन मनन गर्दै अब हुने राष्ट्रिय जनगणना (२०७८) मा अपाङ्गता भएका व्यक्तिहरूको यथार्थ र खण्डीकृत विवरण ल्याउने वातावरण सिर्जना गर्न मलाई गणना गर, समावेश गर भन्ने अभियान सुरु गरिएको हो । विभिन्न चरणको छलफल, बैठक र अन्तक्रियापछि सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई समेटेर तयार भएको दलले गत जेठ महिनादेखि याे अभियान सुरु गरेको हो ।

अहिलेसम्म शिक्षा विभाग, केन्द्रीय तथ्याङ्क विभाग, बुढानीलकण्ठ, कीर्तिपुर, तारकेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकामा याे अभियानको पहिलो चरण पूरा भइसकेको छ, जहाँ अभियान दलले आफ्ना मुद्दा र सवाल उठान गर्ने तथा सामान्य जानकारी लिने काम गरेकाे छ ।

यसै अभियानलाई अनुसरण गर्दै प्रदेश तहमा पनि प्रदेशस्तरीय अपाङ्ग महासङ्घहरूले विभिन्न कार्यक्रम सुरु गरिसकेका छन् । साथै, अभियानलाई राष्ट्रव्यापीरूपमा लैजान अपाङ्गताका क्षेत्रमा काम गरिरहेका सङ्घ-संस्थाले यस नारालाई अङ्गीकार गर्न थालेका छन् ।

यस अभियानलाई अनुसरण गर्दै सरकारले यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको राष्ट्रिय नारा नै ‘मलाई गणना गर, समावेश गर’ भन्ने तय गरेको छ, जुन याे अभियान सुरु भएपछिको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो ।

यस अभियानलाई बृहतरूपमा औपचारिक ढङ्ले अगाडि बढाउन आगामि मङ्सिर १५ गते राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय तथा प्रादेशिक कार्यसमितिले एकसाथ दीप प्रज्वलन गरी अभियानको औपचारिकरूपमा उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि याे अभियान औपचारिक ढङ्गबाट अगाडि बढ्ने छ ।Picture of a Count Me campaign Activity

निष्कर्षमा भन्नुपर्दा ‘मलाई गणना गर, समावेश गर’ अभियानकाे प्रमुख उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुलाई सबै ठाउँमा गणना गरियोस् र समावेश गरियोस् भन्ने हो ।

युवाको सोच, जोश र जाँगरका साथै अग्रजहरूको साथ, सहयोग र हौसलाबाट सुरु भएको याे अभियानले आज सकारात्मक दिशातिर आफ्नो पाइला लम्काइरहेको छ, जसबाट युवाले चाहेमा जुन कुरा पनि सम्भव छ भन्ने प्रमाणित गर्छ ।

यस अभियानलाई मूर्तरूप दिन सबै क्षेत्रबाट सकारात्मक सहयोग र साथ हुनु भने नितान्त आवश्यक छ ।

परिवर्तनको नारा बोकेर हिँडिरहेका परिवर्तनका शक्ति युवा, निरन्तर वकालत र पैरवी गरिरहने अधिकारकर्मी, सरकार, गैरसरकारी निकाय, नागरिक समाजका साथै सर्वसाधारण नागरिकको सहभागिता र साथ रहेमा यो अभियान गन्तव्यमा पुग्ने कुरामा दुईमत छैन ।

(लेखक “मलाई गणना गर, समावेश गर” नामक युवा अभियानका अभियन्ता हुनुहुन्छ ।)

(यो लेख रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ मा प्रकासित भएको हो । यस अंकका अन्य लेखहरू हेर्न यहाँ थिच्नुहोस्।)

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search