पहुँचयुक्त बन्दैछन् जाँते गा.वि.स.का सार्वजनिक संरचनाहरू
जानकारी
जाँते गा.वि.स. का सरकारी तथा गैरसरकारी निकायका भवनहरु रयाम,ढोकाका चुकुल हरु अपाङ्गता मैत्रि थिएन ।अपाङ्गता भएका बालबालिकाहरु बिद्यालयहरु पढन जाँदा एक आर्का कोठामा हिडडुल गर्न असहज भईराखेको थियो । स्थानिय गा.वि.स,स्वास्थ्य चौकी तथा अन्य निकायमा सेवा सुविधा लिन बाट वञ्चित भएको थियो स्थानिय स्तरका विभिन्न सरकारी निकायका भवनहरुको अपाङ्गता मैत्रि सञरचना बारे अनुगमन गरी जाँते गाविसका सरकारी भवनहरु अवस्था वारे अधारभुत सर्वेक्षण गरियो । विभिन्न सरोकारवाला निकायहरु संग विभिन्न चरणमा औपचारिक तथा अनौपचारिक बैठक,छलफल गरि अपाङ्गता मैत्रि रयाम, ढोकाको चुकुल, जस्ता भौतिक निर्माण कार्यमा अनुमानित खर्च मांग गरि एन.एल.आर को सहयोगमा र एन.एफ.डि.यन को सहकार्यमा अपाङ्गता मैत्रि भौतिक पुर्वधार निर्माण कार्य गर्न आर्थिक सहयोग गरिका थियो ।
स्थानिय स्तरका विभिन्न सरकारी निकायहरु विद्यालय,स्वास्थ्य चौकी,गा.वि.स का भवनका रयाम,ढोकाका चुकुल, अपाङ्गता मैत्री तयार भएको छन । अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा लिनमा सहज पुगेको छन ।अपाङ्गता भएका बालबालिकालाई पढाई लगायत एक अर्का कोठामा घुमफिर तथा सेवा सुविधा लिन वतावरण सृजना भएको छन ।अपाङ्गता भएका व्यक्तिहरुले आफुले चाहिएको तथा गर्न खोजिएको कुराहरु सेवा प्रदायक प्रमुख सँग भेट गरि राख्न सकिराखेको छन ।