Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

अपाङ्गता अधिकारको क्षेत्रमा भएका पछिल्ला उपलब्धि र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नेतृत्व

December 29, 2019December 29, 2019

सम्पादकीय

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई अधिकारका दृष्टिकोणबाट व्याख्या गर्दै यसका बारेमा समुदाय, अपाङ्गता भएका व्यक्ति र विभिन्न सरोकारवालालाई सुसूचित गराई राज्यका कानुन, नीति र कार्यक्रमहरूमा सुनिश्चित गर्न राष्ट्रिय अपाङ्ग महासङ्घको नेतृत्वदायी, समन्वयकारी र अभिभावकको भूमिका निकै महत्वपूर्ण रहेको छ । विशेष गरेर अपाङ्गतासम्बन्धी नीति निर्माण र तिनको कार्यान्वयनमा राज्यलाई जिम्मेवार बनाउन, दबाब सिर्जना गर्न र अपाङ्गताको अधिकारमुखी अवधारणालाई स्थापित र संस्थागत गर्न महासङ्घले निकै राम्रा कामहरू गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई उनीहरूको वास्तविक जीवनमा उतार्न अरूको तुलनामा यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि नीतिगत तहमा हासिल उपलब्धि निकै महत्वपूर्ण छन् ।

महासङ्घले गरेको सफल नेतृत्वको ज्वलन्त नमूना भनेको पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिका राजनीतिक अधिकारहरूलाई नेपालको संविधानमा समेट्नका लागि गरेको अथक प्रयास र त्यसबाट हासिल उपलब्धि हो । महासङ्घको पहल र नेतृत्व अनि सदस्य संस्था र अधिकारकर्मीहरूको साथमा भएका विभिन्न आन्दोलन, पैरवी, अन्तरक्रिया, संवाद, धर्ना र शान्तिपूर्ण प्रदर्शन जस्ता प्रयासको फलस्वरूप नेपालको नयाँ संविधानमा अपाङ्गता भएका व्यक्तिहरूले पनि समावेशी सिद्धान्तका आधारमा समानुपातिक तथा प्रत्यक्ष दुवै प्रणाली अन्तर्गत विधायिकामा प्रतिनिधित्व गर्न पाउने प्रावधान सुनिश्चित भएको छ  र यो कुनै चानचुने उपलब्धि पक्कै होइन ।

महासङ्घले केही वर्ष यता आफ्नो संस्थागत संरचनाका साथै मानव स्रोत व्यवस्थापनलाई बढीभन्दा बढी व्यावसायिक र पारदर्शी बनाउँदै लगेको छ भने आफ्ना गतिविधिमा सदस्य संस्थाहरूको स्वामित्व र पहुँचमा निकै उल्लेख्य वृद्धि गरेको छ । आफ्नो आधिकारिक वेबसाइटलाई पहुँचयुक्त र बढीभन्दा बढी सूचनामूलक बनाएका कारण पछिल्लो समयमा महासङ्घका गतिविधिहरूका बारेमा सदस्य संस्थाहरूलाई जानकारी र अपाङ्गतासम्बन्धी विभिन्न सूचनामा सरोकारवालाहरूको पहुँच निकै बढेको छ । महासङ्घले यस कामका लागि चारैतिरबाट राम्रो प्रशंसा पनि पाएको छ । महासङ्घले आफ्नो फेसबुक पेजमार्फत अपाङ्गता भएका व्यक्ति र सदस्य संस्थाहरूसँग नजिक हुने प्रयत्न गरिरहेको छ ।

पछिल्लो समयमा महासङ्घले आफ्ना पैरवी, जनचेतना, दबाबमूलक कार्यक्रमहरू, आन्दोलन र शान्तिपूर्ण अभियानहरूमा सदस्य संस्थाहरूको सहभागिता र सहकार्यलाई निकै राम्रोसँग प्रदर्शन गर्न सकेको छ भने परियोजनाका क्रियाकलापहरूलाई सकेसम्म जिल्लाकेन्द्रित गर्ने प्रयास गरेको छ । हाल महासङ्घले सञ्चालन गरेका प्राय अधिकांश परियोजनामा केन्द्रमा गरिने जन-वकालतका कामबाहेक सबै महासङ्घका क्षेत्रीय निकाय, जिल्ला समिति र सदस्य संस्थाहरूमार्फत जिल्लामा कार्यान्वयन हुनेगरेका छन् । विगत तीन वर्षमा परियोजनाका साना ठूला गरी विभिन्न क्रियाकलापले झण्डै ४० जिल्लालाई समेटेको तथ्याङ्कले देखाउँछ । यसबाट एकातिर समुदायस्तरमा रहेका अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् भने अर्कोतिर सदस्य संस्थाहरूको क्षमता विकास भएको छ ।

विपद् व्यवस्थापनमा कम अनुभव भएको संस्था भए पनि गत वैशाख १२ र २९ को विनाशकारी भूकम्पले पारेको प्रभाव कम गर्न र भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्न महासङ्घ भूकम्प आएको भोलिपल्टैबाट तयार भयो । भूकम्प जानेबित्तिकै प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई राहत र उद्धारमा पहुँच पुर्‍याउन सरकार र सरोकारवालाहरूलाई खवरदारी गर्ने र विभिन्न सरोकारवालासँग समन्वय गरी सम्बन्धित ठाउँमा राहत सामग्री पुर्‍याउने दुवै काममा महासङ्घ लागिपर्‍यो । प्रभावित ९ जिल्लाका १००० जनाभन्दा बढी भूकम्प पीडित अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारलाई महासङ्घले प्रत्यक्षरूपमा आफैँले विभिन्न प्रकारका राहत सामग्री पुर्‍यायो । आफ्ना सदस्य संस्था र जिल्लामा रहेका अधिकारकर्मीहरूलाई संलग्न गराई जिल्लामा भूकम्पका कारण अप्ठ्यारो परिस्थितिमा परेका अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरी युनिसेफ र सीबीएमसँगको साझेदारीमा तत्काल राहत पुर्‍याउने काममा १७ वटा जिल्लामा जिल्ला सम्पर्क व्यक्ति र स्वयंसेवकहरू नियुक्त गरी काम गर्दै आएको छ । हालसम्मको तथ्याङ्क अनुसार १६०० भन्दा बढी भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सरोकारवालाहरूसँग समन्वय गरी तत्काल उपलब्ध गराउनुपर्ने सेवाहरूमा पहुँच पुर्‍याइसकिएको छ । यसैगरी केन्द्रीय स्तरमा नेपाल सरकारले गरेको भूकम्पपछिको आवश्यकता मूल्याङ्कन (Post Disaster Need Assessment) मा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हकवालाको रूपमा समावेश गराइएको छ, जसको फलस्वरूप पुनर्निर्माण र पुनःस्थापनाका काममा अपाङ्गताका सवालहरू समावेश गराउन एउटा सहज वातावरण तयार भएको छ ।

महासङ्घले आफ्नो संस्थाका प्रशासनिक गतिविधि, आर्थिक पारदर्शितामा ल्याएको सुधार, छलफल र संवादमा ल्याएको खुलापन, कर्मचारी छनौटमा ल्याएको व्यावसायिक तथा समावेशी शैलीका कारण अन्तर्राष्ट्रिय छवि अझ उच्च हुनुका साथै साझेदारहरूमा महासङ्घसँग काम गर्ने थप उत्साह विकास भएको छ । अपाङ्गताका आधारमा कुनै पनि प्रकारको विभेद नगरी दक्ष, सकारात्मक सोच र सिर्जनात्मक क्षमता भएका व्यक्तिहरूसँग काम गर्न र उनीहरूलाई मौका प्रदान गर्न महासङ्घ सधैँ खुला र सहयोगी बनेको छ । तर, यति हुँदाहुँदै पनि यी उपलब्धिहरूलाई निरन्तरता दिने, अझै परिष्कृत एवं दिगो बनाउने र नियम, कानुन, कार्यविधि र प्रणालीहरूलाई थप दरिलो र प्रभावकारी बनाउने काम भने अझै बाँकी छ । यस्ता काम गर्न महासङ्घको नेतृत्व समूह निकै दूरदर्शी, क्षमतावान र समन्वयकारी हुनु जरूरी छ । भ्रम र झुठो आश्‍वासनको खेति गर्दै व्यक्तिगत लोकप्रियता वा सानो समूहको निहित स्वार्थबाट अभिप्रेरित, विकासका नयाँ आयामहरूलाई आत्मसात गर्न नसक्ने, संस्थागत नेतृत्व र व्यवस्थापनका नयाँ र परिष्कृत विधिहरूलाई प्रयोग गर्न नजान्ने, संवाद र सहकार्यमा खुलापन नभएको नेतृत्वले यस्ता उपलब्धिहरूलाई संस्थागत गर्न सक्दैन । तसर्थ, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि सधैँ आशाको केन्द्रको रूपमा रहने यस महासङ्घले ज्ञान, सीप, दक्षता, सूचना, प्रविधि र प्रतिष्पर्धाको आजको युगमा नेतृत्वलाई सोहीरूपमा सक्षम बनाउन थप प्रयासहरू त्यतिकै गर्नु जरूरी छ । अन्यथा, यस्ता उपलब्धि पानीको फोका झैँ फुटेर कुनै पनि बेला नष्ट हुन सक्छन् किनभने बनाउन जति मेहनत भत्काउन गर्नुपर्दैन ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search