प्रेस विज्ञप्ती
मिति: २०८०/०५/२४ गते
प्रेस विज्ञप्ती
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय नव निर्वाचित कार्यसमिति २०७९ मंसिरमा निर्वाचित भए पाश्चात राष्ट्रिय अपाङ्ग महासंघ प्रति बिभिन्न समयमा बिभिन्न व्यक्तिहरुले सामाजिक संजाल मार्फत धम्कि र महासंघको गरिमा माथि आंच आउने अभिव्यक्ति दिइएको पाईएको हुँदा महासंघको गम्भीर ध्यानाकर्षित भएको छ । एउटा स्वन्तत्र,स्वावलम्बी र स्वाभिमानी संस्था प्रति अनर्गल आरोप लगाउनु आफैमा गम्भीर विषय हो । महासंघको वर्तमान कार्य समितिसँग असहमति राख्न पाइन्छ । प्रत्यक्ष भेटघाट गरेर सल्लाह सुझाव दिन कोहि कसैले रोकेको छैन । यस्तो अवसर हुँदा हुदै महासंघको प्रतिष्ठामाथि सामाजिक संजाल मार्फत हिलो छ्याप्ने अधिकार कोहि कसैलाई छैन । प्रचलित नेपालको संविधान राष्ट्रिय अपाङ्ग महासंघको विधान र निर्वाचित कार्यसमितिको निर्णय विपरित जो कसैले पनि जहाँ कहिँ अनावश्यक कुरा गर्न हुदैन भन्ने बारेमा महासंघ पूर्ण सचेत छ । महासंघलाई बदनामित गर्न खोज्ने र निर्वाचित कार्यसमितिलाई असफल बनाउन दुष्प्रयास गर्ने कसैलाई पनि राष्ट्रिय अपाङ्ग महासंघ संघीय कार्यसमितिले माफी दिन सक्दैन । पटक पटक महासंघमाथि धावा बोल्ने, महासंघको निर्णयलाई अवमुल्यन गर्ने, महासंघका केहि संघिय पदाधिकारीहरु र कर्मचारीहरुलाई आफ्नो प्रभावमा पारि व्यक्तिगत स्वार्थ सिद्द गर्ने व्यक्तिहरु कसरि अपाङ्गता अधिकारकर्मी हुन सक्छन ? आफुलाई सर्वे सर्बा ठान्ने र महासंघलाई कमजोर मान्नेहरुलाई अपाङ्ग अधिकारकर्मी भन्न मिल्दैन । लोकतान्त्रिक अभ्यास गर्ने अधिकार नेपालको संविधान र संघ संस्था सम्बन्धि ऐन २०३४ ले प्रदान गरेकै छ । कुनै काल खण्डमा पराजित भएको कारणले बिष बमन गर्ने नाममा सिंगो महासंघको प्रतिष्ठामा आँच पुर्याउन हुदैन महासंघ सबै अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय छाता संगठन हो । पछिल्लो समयमा महासंघले गरेको निर्णयलाई प्रभावित पार्न अभिव्यक्ति दिने, निर्णय गर्नु पुर्व सामाजिक संजालमा आफ्नो धाराणा राख्ने अधिकार कसैलाई छैन । विगतको कार्य समितिले गरेका निर्णयहरुलाई पनि अवैधानिक भन्ने अधिकार कसैलाई छैन । सामाजिक संजाल मार्फत आफ्नो अभिव्यक्ति सम्प्रेषण गरेर अपाङ्गता विज्ञ बन्न खोज्नु आफैमा अल्प ज्ञानता हो । महासंघले गरेको निर्णयमा असहमत राखी कानुनी उपचार खोज्नुलाई महासंघले स्वाभाविक ठान्दछ । सामाजिक संजालमा बेतुकका कुरा गरेर अपाङ्गता भएका व्यक्तिहरुमाथि भ्रम सिर्जना गरि आफ्नो स्वार्थ सिद्द गर्नेहरुसँग सचेत रहन महासंघले सबै शुभ चिन्तक अपाङ्ग अधिकारकर्मी र सदस्य संस्थाहरु प्रति हार्दिक अपिल गर्दछ । अनर्गल प्रचारलाई विस्वास नगर्न सत्य तथ्यको खोजि गर्न सम्पूर्ण सचेत जागरुक अपाङ्गता भएका दाजुभाई तथा दिदि बहिनीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
रमेश पोख्रेल
प्रवक्ता
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल