जिल्ला सम्पर्क व्यक्तिहरु तथा महिला दौतरी परामर्शदाताहरुका लागि एकदिने भर्चुअल तालिम सम्पन्न

मिति २०७८, वैशाख २७ गते सोमबार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा, टेकुको समन्वय तथा विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयको सहयोगमा संचालित संयुक्त पहलमा संचालित हो हामी सक्छौं–अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा अपाङ्गता–समावेशी कोभिड १९ प्रतिकार्य परियोजनाको लुम्बिनी प्रदेश स्थित १२ वटै जिल्लाका १२ जिल्ला सम्पर्क व्यक्तिहरु र १२ महिला दौंतरी परामर्शदाताहरुलाई कोभिड १९ को समयमा आईपर्ने अपाङ्गता महिला, महिला युवा तथा किशोरी अपाङ्गता भएका व्यक्तिहरुको समस्या तथा सवालहरुलाई भर्चुअल सहायता कक्षको माध्ममबाट भर्चुअल विज्ञहरुहरुको पुल मार्फत परामर्श तथा सहयोग उपलब्ध गराउनका लागि क्षमता अभिबृद्धि गर्ने उद्येश्यले भर्चुअल अभिमुखीकरण तालिमको आयोजना भएको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७७ साल चैत्र १८ गते वुधवार सामाजिक विकास समिति, कर्णाली प्रदेशको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुर्नस्थापना सेवामा पहुँच अभिवृद्दी बिषयक अन्तरक्रिया सम्पन्न भएको छ।  कार्यक्रममा कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका समस्या, चुनौति, नितिगत बाधाहरु तथा सरकारी तवरबाट भोग्नु परेका अफ्ठायाराहरुको बारेमा छलफल गरिएको…

VACANCY ANNOUNCEMENT

National Federation of The Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking qualified personnel for the following position to work in the districts where the project is being implemented.

समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम चितवनमा सम्पन्न

मिति २०७७ साल चैत्र ८ – १० गतेसम्म राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र  माइराईट नेपालको सहकार्यमा  अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघसंस्थाहरुमा क्रियाशिल रहनुभएका सातै प्रदेशका ३९ जना महिला सहित ७९ जना दशै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु र अभिभावकहरुलाई  समावेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) प्रदान गरेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २० औँ साधारणसभा चितवनको भरतपुरमा सम्पन्न

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले २०७७ साल चैत्र ७ गते चितवनमा अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय भेला तथा संस्थाको २० औँ साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाकै क्रममा देशभरिबाट उपस्थित महासंघका सदस्य संस्थाका प्रतिनिधिहरूको भेलाको अवसर पारी महासंघले अपाङ्गता भएका व्यक्तिका जल्दा बल्ला सवालहरूमा छलफल गरि २० बुँदे चितवन घोषणापत्र समेत जारी गरेको छ । देशभरीबाट महासंघमा…

“पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त” सम्बन्धी पोखरा र सुर्खेतमा दुईदिने तालिम

२०७७ साल चैत २ गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम चैत १ आइतबारदेखि सुरु भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सिबिएमको साझेदारीमा कार्यान्वयन भईरहेको “हामीलाई पनि समावेश गर” नामक परियोजना अन्तर्गत यस तालिम आज २०७७ साल चैत २ मा सम्पन्न भएको छ…

पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम

मिति : २०७७,  फागुन  १९ र २० गते अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनर्स्थापना सम्बन्धि २ दिने अभिमुखिकरण लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ। पुनर्स्थापना सेवा एकीकृत गर्न स्थानिय तहको नीति, योजना र बजेटमा वकालत गर्न क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य तथा पुर्नस्थापनाको बारेमा साझा धारणा निर्माण गर्ने…

अन्तरकृयात्मक कार्यक्रम: पहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ र राष्ट्रिय भवन संहिता (आर्किटेक्चरल कोड २०६) को संशोधन

पहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ र राष्ट्रिय भवन संहिता (आर्किटेक्चरल कोड २०६) को संशोधन सम्बन्धी छलफल गर्न “संवाद कार्यक्रम: नेपालमा पहुँचयुक्तता सम्बन्धी मापदण्डको संशोधन” आयोजना गरियो। काठमाडौंमा १४ जना प्रादेशिक सरकारी प्रतिनिधिहरु (पहुँचयुक्तता सम्बन्धी निर्णयकर्ता र प्राविधिक व्यक्तिहरू) लाई भेला गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सीबीएमको साझेदारीमा यस कार्यक्रमको…

Vacancy Announcement

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following position to work in its province offices and federal office:

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरूमा छलफल!

नेपालको व्यवस्थापिका संसद द्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६ को कार्यान्वयनको लागि गठित संयुक्त राष्ट्रसंघीय सी. आर.पी.डी. समितिले नेपाल सरकारलाइ २०१८ को मार्चमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरू माथि मिति २०७७  फाल्गुण  ५  गते राष्ट्रिय सभाका माननीय सदस्यहरु संग छलफल गरियो l  संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम  र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय राम नारायण बिडारी लगायत १७ जना माननीय सदस्यहरुको उपस्थिति रहेको थियो l